Saturday, December 13, 2025

Fact Check

Fact Check: लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रसले युरिक एसिड निको हुन्छ? 

banner_image

Claim

image

Fact

image

तथ्य: ‘युरिक एसिडको घरेलु औषधी,१ हप्तामा च्वाट्टै निको ।’
दाबी: लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रस बनाएर प्रत्येक विहान सेवन गर्दा युरिक एसिडको निको हुने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन् ।

युरिक एसिड रोगसँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रस बनाएर प्रत्येक विहान सेवन गर्दा युरिक एसिड जरैबाट निको हुने दाबी गरिएको छ ।

Hindu Darshan नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिलले लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रस बनाएर सेवन गर्दा युरिक एसिड जरैदेखि निको हुने दाबी गरेका छन् । उक्त भिडियोको क्याप्सनमा लेखिएको छ- ‘युरिक यसिडको घरेलु औषधी,१ हप्तामा च्वाट्टै निको ।’

तथ्यजाँच/प्रमाणिकरण

लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रस बनाएर प्रत्येक विहान सेवन गर्दा युरिक एसिड निको हुने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन् । यद्यपी केही प्राकृतिक उपचार र आहार समायोजनले यूरिक एसिडको स्तरलाई व्यवस्थापन गर्न मद्दत गर्नसक्छ । 

युरिक एसिड एक रसायन हो, मानव शरीरमा प्यूरीन नामक पदार्थ विघटित भएपछि युरिक एसिड उत्पन्न हुन्छ । रगतमा यूरिक एसिड घुलेपछि मृगौलामा जान्छ, त्यसपछि यो पिसाबमा उत्सर्जित हुन्छ । रगतमा युरिक एसिडको स्तर उच्च हुँदा यसलाई हाइपरयुरिसेमिया भनिन्छ । यसबाट एक प्रकारको गठिया र मृगौलामा पत्थरी हुनसक्छ । सन्तुलित आहारले युरिक एसिडको स्तरलाई व्यवस्थित गर्न मद्दत गर्छ ।

हाइपरयुरिसेमियाका रुपमा चिनिने उच्च यूरिक एसिड स्तर प्रायः औषधिहरू र जीवनशैली परिवर्तनहरूबाट नै व्यवस्थान गर्नुपर्छ । कम-प्यूरिन आहार, पर्याप्त हाइड्रेशन र चिकित्सकीय उपचार एवं रक्सीको कम खपतमार्फत् उच्च यूरिक एसिड स्तर व्यवस्थापन गर्न सकिन्छ । 

उच्च यूरिक एसिड स्तर वा हाइपरयुरिसेमियाको उपचारमा औषधि, आहार समायोजन र जीवनशैली परिवर्तन लगायतको उपचार विधि अवलम्बन गरिन्छ । एलोप्युरिनोल र फेबक्सोस्ट्याट जस्ता औषधिहरूले युरिक एसिडको उत्पादन घटाउने गर्दछ । त्यस्तै Colchicine and nonsteroidal anti-inflammatory drugs (NSAIDs) गाउट आक्रमणको समयमा दुखाइ र सूजन व्यवस्थापन गर्न प्रयोग गरिन्छ ।

रातो मासु र निश्चित समुद्री खाना जस्ता उच्च प्यूरिन खानेकुराको सेवन सीमित गर्नाले युरिक एसिडको स्तर कम गर्न मद्दत गर्दछ । यसमा रक्सीको (विशेष गरी बियर र स्पिरिट) खपत कम गर्नु आवश्यक छ । फलफूल, सागसब्जी र अन्नजस्ता कम प्युरिनयुक्त खानेकुराहरू नियमित सेवन गर्दा यूरिक एसिड व्यवस्थापन गर्न सहज हुन्छ । युरिक एसिडको स्तर घटाउन र यसका लक्षणहरू कम गर्नका लागि जीवनशैली परिमार्जन, स्वस्थ तौल कायम राख्ने एवं नियमित व्यायाम गर्नुपर्छ । 

निष्कर्ष

फलफूल, सागसब्जी र अन्नजस्ता कम प्युरिनयुक्त खानेकुराहरू नियमित सेवन गर्दा यूरिक एसिड व्यवस्थापन गर्न सहज हुन्छ । तर, लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रस बनाएर प्रत्येक विहान सेवन गर्दा युरिक एसिडको निको हुने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन् ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)



तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage