Saturday, December 13, 2025

Fact Check

Fact Check: के घरेलु उपचारले मात्रै छालामा देखिने मुसा हट्छ ?

banner_image

Claim

image

Fact

image

दाबी: मुलापाते नामक झारलाई पिसेर मुसा आएको ठाउँमा लगाउँदा मुसाको समस्या सात दिनमै निको हुने दाबी ।
तथ्य: मुलापाते झारले सात दिनमै सबै प्रकारका मुसाहरू हटाउन सक्छ भन्ने धारणा अप्रमाणित छ । मुसाको समस्या सामधानका लागि भाइरस वा संक्रमित छालाका तहहरूलाई लक्षित गरी उपचार गर्नुपर्दछ ।

छालामा पलाउने स-साना डल्ला (मुसा)सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा मुलापाते नामक झारलाई पिसेर मुसा आएको ठाउँमा लगाउँदा मुसाको समस्या सात दिनमै निको हुने दाबी गरिएको छ ।

Dainik Khabar Mirik Channel – दैनिक खबर मिरिक च्यानल नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिले कुनै वनस्पति समाएका छन् । उक्त भिडियोको थमनेलमा ‘मुसा सात दिनमै च्वाट्टै पार्ने औषधि’ लेखिएको छ । 

साथै भिडियोमा देखिएका व्यक्तिले भनेका छन्- ‘यो चाहिँ मुलापाते, कसैले यसलाई सेतोपाते पनि भनिन्छ । यसको पत्ता सेतो हुन्छ । यसमा निलो फूल फुल्छ । मसिनो बिरबिर मुसा खुट्टामा आउँछ, यसलाई कुटेर, तेल अलिअलि घसेर लगाइदिनाले त्यो क्लियर चट्टै हुन्छ । यसमा दुध आउँछ त्यो पनि लगाउँनू ।’  

 के मुलापाते नामक झारलाई पिसेर मुसा आएको ठाउँमा लगाउँदा मुसाको समस्या सात दिनमै निको हुन्छ त? वास्तविकता पत्ता लगाउँन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

मुलपाते झारको प्रयोगले मुसाको प्रभावकारी उपचार गर्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन् । उद्यपी, मुसाको परम्परागत उपचारहरू प्रायः वनस्पतिमा आधारित अनुप्रयोगहरू हुने गर्दथे तर यसको कुनै क्लिनिकल प्रमाण छैन । 

ह्युमन प्यापिलोमाभाइरस (HPV) को कारणले मानव शरीरमा मुसा देखिन्छ, जसले छालाको बाहिरी तहलाई संक्रमित गर्छ । यसको प्रभावकारी उपचारहरूमा सामान्यत: भाइरसलाई प्रत्यक्ष रूपमा लक्षित गरिन्छ वा संक्रमित छालाका कोशिकाहरूलाई हटाइन्छ ।

भाइरल मुसा हटाउने विधिहरूमा क्रायोथेरापी (फ्रिजिङ), सेलिसिलिक एसिडको प्रयोग र केही अवस्थामा सानो शल्य चिकित्सा आदि समावेश छन् । यी उपचारहरूले भाइरस हटाउन वा संक्रमित छालाको तहहरू हटाउने काम गर्छन् । एचपीभीलाई लक्षित नगरीकन, केवल एक अप्रमाणित विरुवाको पेस्ट मात्रै प्रयोग गर्नाले मुसा प्रभावकारी उपचार हुन सक्दैन ।

मुलापाते झार जस्ता अप्रमाणित उपचारहरू प्रयोगमा ल्याउँदा छालामा जलन हुन सक्ने र प्रभावकारी उपचारमा ढिलाइ हुन सक्छ । संवेदनशील छाला वा एलर्जी भएका व्यक्तिहरूमा प्राकृतिक उपचारले कहिलेकाहीँ प्रतिकूल प्रतिक्रियाहरू निम्त्याउन सक्छ । यदि कसैलाई छालामा मुसाको समस्या देखिएपछि भरपर्दो र सुरक्षित उपचारको लागि स्वास्थ्य सेवा प्रदायकसँग परामर्श गर्न सिफारिस गर्नुपर्छ ।

निष्कर्ष

मुलापाते झारले सात दिनमै सबै प्रकारका मुसाहरू हटाउन सक्छ भन्ने धारणा अप्रमाणित छ । मुसाको समस्या सामधानका लागि भाइरस वा संक्रमित छालाका तहहरूलाई लक्षित गरी उपचार गर्नुपर्दछ । मुलापाते झारको प्रभावकारिता वा एन्टिभाइरल गुणहरू पुष्टि गर्न अनुसन्धान आवश्यक छ । मुसाबाट राहत खोज्नेहरूका लागि स्वास्थ्यकर्मीसँग परामर्श गरी सुरक्षित, प्रमाण-आधारित उपचार विकल्पहरू सुनिश्चित गर्नुपर्दछ । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, sciencedirect.com
रिसर्च लेख, uptodate.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage