Wednesday, May 27, 2026

Fact Check

Fact Check: के मुलापातेको रस सेवन गर्दा मूत्र समस्या निको हुन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: लापाते/लामपाते झारको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी ।
तथ्य: मुलापाते/लामपाते झारको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी आंशिक रुपमा गलत छ ।

मूत्र समस्यासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा मुलापाते/लामपातेको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी गरिएको छ ।  

Durga Dhakal नामक फेसबुक पेजमा पोसट गरिएको भिडियोमा मुलापाते/लामपाते भन्दै एउटा झारको दृश्य जोडिएको छ । उक्त भिडियोको थमनेलमा ‘मूत्र सम्बन्धी समस्या समाधान मुलापाते/लामपाते’ लेखिएको छ । 

त्यस्तै दाबीसहितको भिडियोमा एक महिलाको आवाज पनि सुन्न सकिन्छ । उक्त अडियोमा भनिएको छ- ‘मूत्र सम्बन्धि समस्या छ भने यो मुलापाते, कतैकतै यसलाई लामपाते पनि भनिन्छ । यसलाई जरै समेत उखालेर ल्याउने, त्यसपछि सफा खाने पानीले मज्जासँग पखाल्नुपर्नेहुन्छ । यो एकदमै राम्रो औषधी हो । यो हाम्रो घर वरिपरी सजिलैसँग पाइन्छ, छिप्पिसकेपछि यसको फूल पनि फुल्छ । यसको सेवन गर्नाले मूत्र सम्बन्धी समस्याको एकदमै राम्रो अचुक औषधी हुन्छ ।…’  

तथ्यजाँच/प्रमाणीकरण

मुलापाते/लामपाते झार (Taraxacum Officinale) मा हल्का मूत्रवर्धक गुणहरू हुने गरेको केही अध्ययनहरूमा उल्लेख छ । यद्यपि, यसको मूत्रवर्धक प्रभाव फार्मास्युटिकल मूत्रवर्धक वा अन्य हर्बल विकल्पहरू भन्दा धेरै नै कम शक्तिशाली छ । यो आफैँमा मूत्र समस्या वा स्वास्थ्य सुधार गर्ने ग्यारेन्टी सामधान होइन । 

२०२४ मा प्रकाशित एउटा अध्ययनले मुलापाते/लामपाते झारको प्रयोगले मूत्र उत्पादन बढाउन मद्दत गर्ने तथ्य पत्ता लगाएको छ । यद्यपी, यसको फाइदाहरूको पूर्ण दायरा बुझ्न थप अनुसन्धान आवश्यक छ ।

अर्कोतर्फ मूत्राशयको संक्रमण वा मृगौला रोग जस्ता महत्त्वपूर्ण मूत्र समस्याहरूको निदानका लागि घरेलु उपचारमा मात्रै भर पर्नु हुँदैन । मूत्र समस्या इन्फेक्सन (UTIs) रोकथाम वा उपचारमा मुलापाते/लामपाते झारको प्रयोग प्रभावकारी हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै बलियो प्रमाण छैन । UTIs सामान्यतया ब्याक्टेरियाको कारण निम्तिने गर्दछ र चिकित्सकद्वारा निर्धारित एन्टिबायोटिक नै यसको उपचार हो ।

अधिकांश मानिसहरूका लागि मुलापाते/लामपाते झारको उचित उपभोग सुरक्षित हुन्छ । यसलाई चियाको रूपमा वा हर्बल उपचारमा प्रयोग गरिन्छ । तर, यसको प्रयोगले साइड इफेक्ट जस्ता समस्या पनि निम्त्याउन सक्छ ।

मुलापाते/लामपाते झारले रगत पातलो पार्ने औषधिहरू (जस्तै वारफेरिन) र डायरेटिक्ससँग अन्तरक्रिया गर्न सक्छ । त्यसैले यदि तपाइँ कुनै पनि प्रिस्क्रिप्शन ड्रग्समा हुनुहुन्छ भने यसलाई प्रयोग गर्नुअघि आफ्नो डाक्टरसँग परामर्श लिनु आवश्यक छ ।

अर्कोतर्फ मुलापाते/लामपाते झारको सेवनले एलर्जी प्रतिक्रिया वा पाचन असुविधा निम्त्याउन सक्छ । यसलाई सेवन गरेपछि छालामा दागहरू, पेट दुखाइ वा असामान्य लक्षणहरू जस्ता कुनै समस्याहरू अनुभव भयो भने यसको प्रयोग रोक्न र स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु उत्तम हुन्छ ।

मूत्र संक्रमणको उपचारमा डाक्टरहरूले सामान्यत: एन्टिबायोटिकहरू लिन सुझाव दिन्छन् । मिर्गौला स्वास्थ्यको लागि हाइड्रेटेड रहनु, सन्तुलित आहार खानु र मधुमेह वा उच्च रक्तचाप जस्ता अन्तर्निहित अवस्थाहरू व्यवस्थापन गरिन्छ ।

निष्कर्ष

मुलापाते/लामपातेको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी आंशिक रुपमा गलत छ । मुलापाते/लामपाते झारमा हल्का मूत्रवर्धक गुणहरू हुने गरेको केही अध्ययनहरूमा उल्लेख छ । तर यसको मूत्रवर्धक प्रभाव फार्मास्युटिकल मूत्रवर्धक वा अन्य हर्बल विकल्पहरू भन्दा धेरै नै कम शक्तिशाली छ । 

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
रिसर्च लेख, bnrc.springeropen.com
रिसर्च लेख, nccih.nih.gov
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage