Thursday, December 11, 2025

Fact Check

Fact Check: के घरेलु उपचारबाटै अल्सरको उपचार गर्न सकिन्छ ? 

banner_image

Claim

image

Fact

image

दाबी: जतिनै पुरानो अल्सरका लागि कालो बनमाराको तीनवटा पात दैनिक खाली पेट सेवन गर्दा सकारात्मक नतिजा आउने दाबी ।
तथ्य: आधुनिक चिकित्सा अनुसन्धानबाट अप्रमाणित उपचार विधिमा मात्र भर पर्दा अवस्था थप जटिल हुनसक्छ । 

अल्सरको समस्यासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा जतिनै पुरानो अल्सरका लागि कालो बनमाराको तीनवटा पात दैनिक खाली पेट सेवन गर्दा सकारात्मक नतिजा आउने दाबी गरिएको छ ।

sudhila dahal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा कालो बनमाराको बोटको दृश्य जोडिएको छ । साथै भिडियोमा जोडिएको आजावमा भनिएको छ- ‘तपाईंको अल्सर छ हैन अल्सर । जतिनै पुरानो अल्सर पनि हेर्नुस्, दैनिक तीन पात खाली पेट खानुहोस्, यो खाइसकेपछि तपाईंहरुले मदिरा लिनु हुदैनन् । लगभग एक महिना खाइसकेपछि तपाईंको नतिजा आफै आउँछ, यसलाई भन्छैँ हामी हैरी धन्यवाद् ।’

तथ्यजाँच/प्रमाणीकरण

पेटको अल्सर वा ग्यास्ट्रिक अल्सर पेटभित्र फैलिने एक किसिमको घाउ हो । अल्सरका घाउहरू सानो आन्द्राको माथिल्लो भागमा पनि देखा पर्न सक्छन्, जसलाई ड्युओडेनल अल्सर भनिन्छ । अल्सरले पेटमा जलन-दुखाइ, वाकवाकी-बान्ता, भोक नलाग्ने र तौल घट्ने लगायतका विभिन्न लक्षणहरू निम्त्याउन सक्छ ।

कालो बनमारालाई परम्परागत रूपमा घरेलु औषधिका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ । तर, चिकित्सकीय सल्लाह बिना अल्सरको निदानका लागि यसको प्रयोगले थप जोखिम निम्त्याउन सक्छ ।

कालो बनमारामा केही औषधीय गुणहरु रहेका छन्, जसले मानव स्वास्थ्यका लागि केही लाभहरु प्रदान गर्न सक्छन् । तर, अल्सर जस्तो समस्याका लागि कालो बनमाराको प्रयोगलाई मात्र प्रथामिकतामा राख्नु हुँदैन ।   

निष्कर्ष

कालो बनमाराको प्रयोगबाट अल्सरको समस्या निको हुन्छ भन्ने दाबी गलत छ । आधुनिक चिकित्सा अनुसन्धानबाट अप्रमाणित उपचार विधिमा मात्र भर पर्दा अवस्था थप जटिल हुनसक्छ । त्यसैले अनुभव प्राप्त चिकित्सकसँगको परामर्शमा मात्रै वैकल्पिक उपचारतर्फ ध्यान दिन आवश्यक छ ।   

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, nhsinform.scot
रिसर्च लेख, nhs.uk


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage