Thursday, May 28, 2026

Fact Check

Fact check: के काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ ।
तथ्य: काने झारको पात चपाउँदा टन्सिलको समस्या निको हुन्छ भन्ने दाबी वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन । 

टन्सिलको समस्यासँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुने दाबी गरिएको छ ।  

Prem Kshetri नामक फेसबुक पेजमा पोस्ट गरिएको छोटो भिडियोमा  काने झारको तस्बिर पोस्ट गरिएको छ । साथै उक्त भिडियोमा जोडिएको अडियोमा भनिएको छ-  

‘साथीहरु हेर्नुहोस् त, यो काने झारको बिरुवा हो । यो भर्खर-भर्खरै निस्किने बेला भएको छ । यो फैलिन्छ, लहरा भएर फैलिन्छ यो । यसको फूल पनि फल्छ । यदि तपाईलाई टन्सिल भएको छ भने यो अचुक औषधी हुन्छ यो काने झार । यसको एउटा पात लिनुहोस् अनि अलिकति डाठ पनि लिनु होला यसलाई मजाले चपाउनु र निलिदिनु, तपाईंले दिनमा एक पटक खाएर हेर्नुहोस् । तीन दिनसम्म खानु, तीन दिनपछि तपाईको टन्सिल चट निको बनाउँछ ।’

त्यस्तै Uddhav_ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पनि काने झारको तस्बिर पोस्ट गरिएको छ । साथै तस्बिरसँगै ‘टन्सिलको अचुक घरेलु ‍औषधी काने झार’ लेखिएको छ । 

तथ्यजाँच/प्रमाणीकरण

काने झार (Cyanotis Cristata) पोथ्रा वर्गमा पर्ने जडीबुटी झार हो । यो एशिया र अफ्रिकाका विभिन्न क्षेत्रमा पाइन्छ । काने झारलाई विभिन्न उद्देश्यका लागि परम्परागत चिकित्सा उपचारमा प्रयोग गर्ने गरिन्छ । यसको पात र डाँठहरूमा बायोएक्टिभ यौगिकहरू हुन्छन्, जसमा एन्टि-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यी विशेषताहरूलाई छालाको समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या र अन्य रोगहरूको उपचारमा प्रयोग गर्न सकिन्छ । 

टन्सिलको समस्या (टन्सिलाइटिस) भनेको टन्सिल सुन्निएको अवस्था हो । भाइरल वा ब्याक्टेरियाको संक्रमणले गर्दा टन्सिल सुन्निने, घाँटी दुख्ने, खानेकुरा निल्न गाह्रो हुने र ज्वरो आउने जस्ता लक्षणहरू देखा पर्छन् । 

बोट-बिरुवामा पाइने एन्टि-इन्फ्लेमेटरी गुणहरूले घाँटीमा सूजन कम गरेर राहत प्रदान गर्न सक्छन् । यद्यपि, यसले तीन दिनमा टन्सिलाइटिस निको पार्न सक्न भन्ने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाण भेटिएन । टन्सिलाइटिसको समस्या निको पार्न चिकित्सकीय उपचार आवश्यक पर्छ । 

त्यस्तै टन्सिलको समस्या निको पार्नका लागि ब्याक्टेरिया संक्रमणलाई सामाधान गर्न एन्टिबायोटिक्स आवश्यक हुनसक्छ । अर्कोतर्फ हेल्थकेयर पेशेवरहरूसँग परामर्श नै नगरी घरेलु तथा प्राकृतिक उपचारहरूमा मात्र भर पर्दा थप जटिलता उत्पान्न हुनसक्छ । 

निष्कर्ष

काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ भन्ने दाबी वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन । टन्सिलको समस्या निको पार्नका लागि प्रमाणित चिकित्सा उपचारको आवश्यक पर्दछ । घरेलु तथा प्राकृतिक उपचारहरूमा मात्र भरपर्दा अवस्था झनै जटिल हुनसक्छ ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, researchgate.net, January 2013
रिसर्च लेख, ncbi.nlm.nih.gov, August 8, 2023


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage