Thursday, May 28, 2026

Fact Check

Fact Check: के तितेपाती डन्डिफोर दागको अचुक औषधिको हो ?

banner_image

Claim

image

Fact

image

दाबी: ‘डन्डिफोरको दागको अचुक दबाइ तितेपाती’ ।
तथ्य: तितेपातीलाई दाग र डन्डिफोरको अचुक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने दाबीलाई समर्थन गर्ने प्रयाप्त प्रमाणहरु फेला परेनन् ।

अनुहारको दाग र डन्डिफोरसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा तितेपातीलाई दाग र डन्डिफोरको अचुक औषधिको रुपमा प्रस्तुत गरिएको छ ।

mahat Sus-Me नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा तितेपाती वनस्पतिको तस्बिर पोस्ट गरिएको छ । तस्बिरसँगै तितेपातीका फाइदाहरुबारे बताइएको एउटा अडियो जोडिएको छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘डन्डिफोरको दागको अचुक दबाइ तितेपाती ।’ 

तथ्यजाँच/प्रमाणीकरण

तितेपाती (Mugwort, Artemisia vulgaris) को प्रयोगले अनुहारको दाग निको पार्छ भन्ने दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण छैनन् । तर, तितेपातीमा एन्टि-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन सक्छन्, जसले छालाको स्वास्थ्यलाई फाइदा पुर्‍याउन सक्छन् ।

तितेपाती युरोप, एशिया र उत्तरी अफ्रिकामा पाइने वनस्पति हो । यसका पातहरु गाढा हरियो रंगका हुन्छन् । तितेपातीलाई परम्परागत तथा घरेलु औषधिमा प्रयोग गर्ने गरिन्छ । तर यसको अधिक प्रयोगमा सावधानी अपनाउनुपर्छ ।

तितेपातीको प्रयोगले छालाको लागि फाइदा गर्छ भन्ने विश्वास गरिन्छ । यसमा एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन्, जसले एक्जिमा र डर्मेटाइटिस जस्ता छालाको समस्यालाई न्युनीकरण पार्न मद्दत गर्दछ । साथै तितेपातीमा हुने एन्टिब्याक्टेरियल गुणहरूले अनुहारको डन्डिफोर कम गर्न र छालालाई सफा बनाउन मद्दत गर्न सक्छ । तितेपातीमा पाइने भिटामिन र खनिजले छालालाई पोषण र हाइड्रेट गर्न सक्छ । तर, यस्ता फाइदाजन्य दाबीहरुलाई प्रमाणित गर्न प्रयाप्त अनुसन्धान हुन बाँकि नै छ ।

अनुहारको दागको उपचार विभिन्न विधिहरू मार्फत् गर्ने गरिन्छ । यसको पूर्ण उपचार दागको प्रकार र गम्भीरतामा निर्भर हुन्छ । जसमा लेजर उपचार, केमिकल पिल, माइक्रोनेडलिङ र सर्जिकल प्रक्रियाहरूले छालाको दागलाई प्रभावकारी रूपमा कम गर्न सक्छन् ।

रेटिनोइड्स, सिलिकन जेल र भिटामिन सी जस्ता सामग्रीहरूसहितको उपचारले पनि दाग निको पार्न र फेड गर्न मद्दत गर्न सक्छ । दागहरू पूर्णत: नहटेपनि यी उपचारहरूमार्फत् दागलाई उल्लेखनीय रूपमा कम गर्न र छालाको बनावट सुधार गर्न सकिन्छ । 

निष्कर्ष

तितेपातीलाई दाग र डन्डिफोरको अचुक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने दाबीलाई समर्थन गर्ने प्रयाप्त प्रमाणहरु फेला परेनन् । तितेपातीमा एन्टि-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन सक्छन्, जसले छालाको स्वास्थ्यलाई फाइदा पुर्‍याउन सक्छन् । तर यसको अधिक प्रयोगमा सावधानी अपनाउनुपर्छ ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

तितेपाती जानकारी, nccih.nih.gov, January 2021
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2020 Sep 25 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage