Thursday, May 28, 2026

Fact Check

Fact Check: के धतुरोको दाना र तोरीको तेलको प्रयोगले पक्षाघात भएको अंग ठिक हुन्छ?

banner_image

Claim

image

Fact

image

दाबी: धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी ।
तथ्य: धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गलत छ । 

पक्षाघात समस्यासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गरिएको छ ।

Nu Hang Rai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा धतुरोको बोटको दृश्य जोडिएको छ । उक्त भिडियोमा भनिएको छ

‘यो धतुरो हो तपाईंले देख्नु हुँदैछ । यो जहाँ पायो त्यतै प्रयोग नगर्ने हो । यसलाई खान त पटक्कै  हुँदैन । यो धतुरो हो, यो निकै विषाक्त हुन्छ । यसलाई बाहिरी रुपमा प्रयोग गर्न सकिन्छ, त्यो बारे भनिरहेकोछु । यसको जुन फल हुन्छ त्यो फललाई निकाल्नुहोस्, त्यसको भित्र दाना हुन्छ त्यसलाई सुकाएर कुट्नुहोस् सुकाएर कुटिसकेपछि एक्दमै पेवर तोरीको तेलमा यसको धुलोलाई खार्नुहोस् । खारिसकेपछि तपाईंको जहाँ पनि नचलने अंग प्यारालाइसिस भएको छ, त्यसमा यसले बाक्लो गरेर मालिस गर्नुभयो भने तपाईको अंग यसले पुर्ण रुपमा चलाउन सक्छ ।’

तथ्यजाँच/प्रमाणीकरण

धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गलत छ । 

धतुरो सोलानेसी (Solanaceae) परिवारमा वर्गीकरण गरिएको पोथ्रा  वनस्पति हो । हलुसिनोजेनिक गुणहरूको लागि परिचित धतुरोको बोटमा धेरै दानाहरु भएका स्पाइकी फल्छन् । धतुरोलाई परम्परागत चिकित्सा र आध्यात्मिक अभ्यासहरूमा प्रयोग गर्ने गरिएको छ ।

केही परम्परागत रुपमा औषधिको प्रयोग बाहेक धतुरो वनस्पति यसको विषाक्तता र सम्भावित खतराका लागि प्रसिद्ध छ ।

धतुरोमा एट्रोपिन, स्कोपोलामाइन र हायोसायमाइनसँगै अत्याधिक एल्कलोइड पाइने भएकाले यो अत्याधिक विषाक्त हुन्छ । ​​यी यौगिकहरूले स्नायु प्रणालीलाई असर गर्नुका साथै गम्भीर शारीरिक तथा मनोवैज्ञानिक प्रभावहरू निम्त्याउन सक्छन् । धतुरोको विषाक्तता धेरै नै डरलाग्दो हुन्छ, किनभने यसको थोरै मात्राले पनि गम्भीर प्रतिक्रियाहरू निम्त्याउन सक्छन् ।

धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लेप लगाउँदा पक्षाघात भएको अंग चल्न थाल्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्य-स्रोत फेला परेनन् ।

निष्कर्ष

धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी गलत छ । धतुरोमा एनाल्जेसिक मांसपेशीमा आराम दिने गुणहरू भएपनि यसले पक्षाघात भएको अंगमा कुनैपनि सकारात्मक प्रभाव पार्दैन ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, sciencedirect.com
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2012 Dec 2


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage