Thursday, May 28, 2026

Fact Check

Fact Check: बिहानै उठेर हिँड्दा डिप्रेसन निको हुन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: बिहानै उठेर घुम्ने र हिँड्ने गर्नाले डिप्रेसन समस्या निको हुने दाबी ।
तथ्य: मर्निङ वाकले डिप्रेसन व्यवस्थापन गर्नका लागि सहयोग पुर्‍याउन सक्छ तर यसले डिप्रेसन नै निको हुन्छ भन्नु भ्रामक छ । 

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको लेख फेला परेको छ । उक्त लेखमा बिहानै उठेर घुम्ने र हिँड्ने गर्नाले डिप्रेसन समस्या निको हुने दाबी गरिएको छ । साथै उक्त लेखमा डिप्रेसनको औषधि खाइरहेको छ भने औषधि छाडेर दौडँदा औषधि खाए बराबरको काम गर्ने पनि जानकारी दिइएको पाइयो ।

Nagariknews.nagariknetwork.com मा ‘मर्निङ वाकले अवसाद निको पार्छ’ भन्ने शिर्षकको एउटा लेख प्रकाशित गरिएको छ । उक्त लेखको सुरुवाती अंश यस्तो छ- ‘नेदरल्यान्ड्सका शोधकर्ताहरूले पछिल्लो समय गरेको एउटा अनुसन्धानले बिहानै उठेर जो घुम्न निस्कन्छ, उसको अवसाद निको हुने देखाएको छ। निको नै हुने त होइन, तर कसैले अवसादको औषधि खाइरहेको छ भने उसले औषधि छाडेर दौडँदा खाए बराबरको काम गर्ने अनुसन्धाताहरूको दाबी छ ।’

मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबीसहितको लेख अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत सामग्रीको तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

बिहानको समयमा हिँड्नु वा दौडनुले डिप्रेसन निको हुन्छ भन्ने दाबी गलत छ । अनेक कारणहरूबाट सृजत एक जटिल मानसिक स्वास्थ्य अवस्था हो- डिप्रेसन । विहानको समयमा हिँड्ने वा दौडने जस्ता शारीरिक क्रियाकलापले डिप्रेसनका लक्षणहरू व्यवस्थापन गर्नका सहयोग गर्नसक्छ तर यो नै पूर्ण उपचार होइन । 

डिप्रेसनको निदानका लागि प्राय: स्वास्थ्य उपचार, जीवनशैली परिवर्तन र केही अवस्थामा औषधिको प्रयोग गर्ने गरिन्छ । मनोचिकित्सा (वार्तालाप थेरापी), साथी-परिवारवाको साथ तथा औषधी लगायतका माध्यमबाट व्यक्तिको विशेष आवश्यकताहरू अनुरूप डिप्रेसनको उपचार सम्भव छ । 

विहानको समयमा दौडने वा हिँड्ने लगायतका व्यायामले डिप्रेसन व्यवस्थापन गर्नका लागि सहयोग पुर्‍याउन सक्छ । तर, व्यायामको प्रभावकारिता व्यक्ति अनुसार फरक हुन सक्छ र यो एक ग्यारेन्टी उपचार होइन ।

डिप्रेसनसँग लडिरहेका व्यक्तिहरूले मानसिक स्वास्थ्य पेशेवरहरूबाट परामर्श गर्नु आवश्यक छ । जसले उनीहरूले झेलिरहेको विशेष परिस्थितिका लागि सबैभन्दा उपयुक्त र प्रभावकारी उपचार योजना निर्धारण गर्न सक्छन् । व्यायामले मात्रै डिप्रेसनलाई निको पार्न सक्छ भन्ने दाबी एक जटिल अवस्थाको सरलीकरण मात्र हो ।

निष्कर्ष

बिहानको समयमा हिँड्नु वा दौडनुले डिप्रेसन निको हुन्छ भन्ने दाबी गलत छ । मर्निङ वाकले डिप्रेसन व्यवस्थापन गर्नका लागि सहयोग पुर्‍याउन सक्छ तर यसले डिप्रेसन नै निको हुन्छ भन्नु भ्रामक छ । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, health.harvard.edu
स्वास्थ्य जानकारी, nhs.uk
रिसर्च लेख, health.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage