Saturday, December 13, 2025

Fact Check

Fact Check: माधवकुमार नेपालको इडिटेड तस्बिर सामाजिक संजालमा फैलियो, क्रिश्चियन पादरी भएको भ्रामक दाबी 

Written By Aakash Chhetri
Oct 31, 2023
banner_image

Claim

image

Fact

image

दाबी: माधवकुमार नेपालले लगाएको कोटमा क्रस/ईद्भास अंकित चिन्ह, क्रिश्चियनको पादरी । 
तथ्य: पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको एउटा तस्बिरलाई इडिट गरी क्रस/ईद्भास चिन्ह राखिएको पाइयो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्बन्धित दाबीसहितका पोस्ट सामाजिक संजालमा फेला परेका छन् । पूर्व प्रधानमन्त्री नेपाल क्रिश्चियन पादरी भएको दाबी गरिएको छ ।

DURGA CHHETRi नामक टिकटक आइडीमा माधवकुमार नेपालको एउटा तस्बिर पोस्ट गरिएको छ । उक्त तस्बिरमा माधवकुमार नेपालले कोट लगाएका छन् र कोटमा क्रस/ईद्भास अंकित चिन्ह देकिन्छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘जसले धर्म बेच्यो, देश बेच्यो, संसद बेच्यो, आफ्नै सरकार बेच्यो, आफ्नै घरमा आगो झोस्यो, क्रिश्चियनको पादरी । हेर्नुहोस् कोटमा चिन्ह ।’

एक महिनाअघि पोस्ट गरिएको उक्त तस्बिरसहितको दाबीमाथि १४ सयभन्दा बढीले रियाक्ट गरिसकेका छन् भने करिब डेढ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, यही किसिमका दाबीसहितका सामग्री अन्य सामाजिक संजालमा पनि फेला परेका छन् ।

Inaruwa, Sunsari नामक फेसबुक पेसमा पनि माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास चिन्ह देखिएको तस्बिर पोस्ट गरिएको छ । तस्बिरसहितको पोस्टमा माधवकुमार नेपालको कोटतर्फ संकेत गर्दै लेखिएको छ- आफैँ सिलाउनुभाको हो कि विदेशबाटै आको हो नेता ज्यू?

नेपालको प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई धार्मिक आधारमा विवादित बनाइनु अत्यान्तै संवेदनशील देखिन्छ । माधवकुमार नेपाल पादरी हुन् त ? उनको कोटमा देखिने क्रस/ईद्भासको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्‍यौँ । 

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा फैलाइएको तस्बिरमा माधवकुमार नेपालले लगाएको कोटमा क्रस/ईद्भास अंकित चिन्ह देख्न सकिन्छ । दाबीका अन्य आधार पनि यही दृश्यमै आधारित रहेका छन् । त्यसैले तस्बिरमै केन्द्रीत रहेर जाँच सुरु गर्‍यौँ । 

जाँचका क्रममा सबैभन्दा गुगनलमा ‘माधवकुमार नेपाल’ नामलाई सर्च गर्‍यौँ । पहिलो क्लिकको टपमा नेपालसमय डटकमसञ्चारकर्मी डटकम ले प्रकाशित गरेका तस्बिर फेला परे ।

डिजिटल मिडियामा फेला परेका तस्बिर र माथि उल्लेखित दाबीसहितको पोस्टमा देखिएको तस्बिर एउटै छन् । तर, माधवकुमार नेपालको कोटमा देखिने क्रस/ईद्भास अंकित चिन्ह भने फरक छ ।      

सामाजिक संजालमा पोस्ट गरिएको तस्बिरमा क्रस/ईद्भास अंकित चिन्ह देख्न सकिन्छ ।  तर, गुगल सर्चका क्रममा फेला परेको तस्बिरमा माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास अंकित चिन्ह देखिँदैन । फेला परेको तस्बिर २२ डिसेम्बर २०२० मा sancharkarmi.com नामक अनलाइनमा पोस्ट गरिएको हो । अर्कोर्फ माथि उल्लेखित दाबीसहितको तस्बिरमा २०२१/०८/२९ को मिति राखिएको छ । 

जाँचका क्रममा हामीले तस्बिरको मूल सन्दर्भ खोज्न धेरै प्रयास गर्‍यौँ तर फेला परेन । छेडखानी नगरिएको मूल तस्बिरलाई नेपालका विभिन्न संचार माध्यमले प्रयोग गरेको देखिन्छ । प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने माथि उल्लेखित दाबीसहितको तस्बिर भ्रामक छ । संचार माध्यमहरुले प्रकाशित गरेको तस्बिरलाई इडिटगरी माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास अंकित चिन्ह जोडिएको प्रष्ट भएको छ । दाबीसहितको तस्बिरमा उल्लेख गरिएको मिति (२०२१/०८/२९) पहिल्यै यो तस्बिर खिचिएको थियो ।

 निष्कर्ष

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल क्रिश्चियन पादरी भएको दाबी र माधवकुमार नेपालको कोटमा क्रस/ईद्भास चिन्ह अंकित तस्बिर भ्रामक छन् । नेपालको एउटा तस्बिरलाई इडिट गरी क्रस/ईद्भास चिन्ह राखिएको पाइयो ।  

नतिजा : भ्रामक/इडिटेड

हाम्रा स्रोतहरू

पू.प्र.म. माधवकुमार नेपालको तस्बिर, nepalsamaya
तस्बिर,sancharkarmi, ७ पौष, २०७७


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage