Saturday, December 13, 2025

Fact Check

Fact Check: इकान्तिपुरले नलेखेको स्ट्याटस् फेसबुकमा फैलियो, रबि लामिछानेले निर्दोष देखिएको दाबी

Written By Aakash Chhetri
Jan 4, 2024
banner_image

Claim

image

Fact

image

दाबी: रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको दाबीसँगै कान्तिपुर मिडियाले आफ्ना पोस्टहरुप्रति क्षमा मागेको दाबी । 
तथ्य: इकान्तिपुर मिडियाको कुनैपनि आधिकारिक सामाजिक संजाल खातामा रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको र आफ्ना पोस्टहरुप्रति क्षमा मागेको सन्देश पोस्ट गरिएको छैन । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेसँग सम्बन्धित एउटा पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको दाबीसँगै कान्तिपुर मिडियाले आफ्ना पोस्टहरुप्रति क्षमा मागेको सन्देश दिइएको छ । 

सामाजिक संजाल फेसबुकमा एउटा स्क्रिनसट तस्बिर (फेसबुक पोस्ट जस्तो देखिने) द्रुत गतिमा फैलिरहेको छ । उक्त तस्बिरमा ekantipur मिडियाको लोगो जोडिएको छ, लोगोसँगै दाबीसहितको स्ट्याटस् पनि देख्न सकिन्छ । 

फेसबुक स्ट्याटस् जस्तो देखिने उल्लेखित तस्बिरमा यस्तो देखिएको छ- ‘सहकारी कोषबाट रबि लामिछानेले करोडौँ पैसा नलिएको र उनी निर्दोष देखिएका छन्, अहिलेसम्म गरेका हरेक पोस्टहरुमा हामी क्षमा माग्न चहान्छौँ, धन्यवाद् ।’

के कान्तिपुर मिडियाले सामाजिक संजालमा रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको दाबी गर्दै आफ्ना पोस्टहरुप्रति क्षमा मागेको हो ? प्रस्तुत तस्बिरलाई गुगल लेन्समा सर्च गर्दा अन्य थुप्रै पोस्टहरु फेला परेका छन् ।

यस फैलावटबाट आगामी दिनमा दाबीसहितको तस्बिर झनै द्रुत गतिमा फैलिन सक्ने अनुमान लगाउन सकिन्छ । त्यसैले प्रस्तुत दाबीसहितको तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

पोखरास्थित अमरसिंह चोकमा ७ पुस २०८० आयोजित सभालाई सम्बोधन गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेमाथि खोया प्रहार भयो । घटना घटेको केही समयपछि ekantipur.com ले उक्त घटनासँग सम्बन्धित एउटा समाचार सार्वजनिक गर्‍यो ।

अर्कोतर्फ रबि लामिछानेले भने आफूसँग जोडिएको घटनाका विषयमा लेखिएको समाचारलाई खण्डन गरे । समाचारको प्रतिवाद गर्दै रबि लामिछानेले सामाजिक संजालमा हल्लाखल्ला गरिरहेका थिए । त्यही बेला इकान्तिपुरले समाचारको पुछारमा क्षमायाचनासहितको एउटा नोट पोस्ट गर्‍यो । 

समाचार नोटमा लेखिएको छ- *(प्रस्तुत समाचारमा ‘लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेको’ उल्लेख भएकामा लामिछानेले सहकारीको विषय प्रवेश गर्नुअघि उक्त घटना भएको देखिएको छ । त्यस्तै ‘रानाभाट सूर्यदर्शन सहकारीका बचतकर्ता भएको’ विवरण अहिलेसम्म पुष्टि हुन नसकेकोले यी दुवै प्रसंग क्षमायाचनासहित सच्याइएको छ ।- सम्पादक)

प्रस्तुत सन्दर्भमा सामाजिक संजालमा फेसबुक स्ट्याटस जस्तो देखिने एउटा स्क्रिनसट तस्बिर फेला पर्‍यो । उक्त पोस्टमा रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको दाबीसँगै कान्तिपुर मिडियाले आफ्ना पोस्टहरुप्रति क्षमा मागेको सन्देश दिइएको छ । 

सबैभन्दा पहिले, माथि उल्लेखित दाबीसहितको स्ट्याटसलाई फेसबुकमा भित्र्याउने पोस्ट खोज्नतिर लाग्यौँ । यही क्रममा तस्बिरलाई गुगल लेन्समा सर्च गर्दा Rastriya Swotantra Party – All RSP News नामक फेसबुक पेजमा सोही दाबीसहितको स्ट्याटस-तस्बिर पोस्ट गरिएको पाइयो । 

२९ डिसेम्बर २०२३, रातिको १२:१९ (पीएम) बजे पोस्ट गरिएको उक्त तस्बिरलाई दुई मिनेट मिनेटअघि मात्रै इकान्तिपुरको फेसबुक पेजमा पोस्ट गरिएको जसरी प्रस्तुत गरिएको छ । eKantipur को फेसबुक पेजमा २९ डिसेम्बरमा त्यस्तै कुनैपनि स्ट्याटस पोस्ट गरिएको पाइएन । अर्कोतर्फ  २९ डिसेम्बर रातिको करिब ११ बजेसम्म मात्रै eKantipur को फेसबुक पेज अपडेट थियो ।  

इकान्तिपुरको आधिकारिक फेसबुक पेजमा २९ डिसेम्बर, रातिको १२ बजे कुनै अपडेट गरिएको छैन । अर्कोतर्फ इकान्तिपुरकै स्ट्याटस् जस्तो तस्बिर तयार पारेर भ्रामक सन्देशसहित स्ट्याटसलाई सामाजिक संजालमा फैलाइएको पाइयो । 

निष्कर्ष

इकान्तिपुर मिडियाको कुनैपनि आधिकारिक सामाजिक संजाल खातामा रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको र आफ्ना पोस्टहरुप्रति क्षमा मागेको सन्देश पोस्ट गरिएको छैन । वास्तविक तथ्य र सन्दर्भलाई तोडमोड गरी भ्रामक सामग्री उत्पादन गरेर सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, ekantipur 
फेसबुक पेज, facebook.com/eKantipur


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage