Thursday, December 11, 2025

Fact Check

Fact Check: कमल थापाले भाषण गरेको भिडियोमा विवादित गीतको अंश जोडियो

Written By Aakash Chhetri
Sep 18, 2024
banner_image

Claim

image

Fact

image

दाबी: कमल थापा देखिने भिडियोमा ‘बाहुन छेत्री मुर्दावाद्’ भनिएको अडियो सुन्न सकिन्छ ।
तथ्य: विवादित गीतको नारालाई फरक सन्दर्भको भिडियोमा जोड्दा भ्रामक सन्देश प्रवाह भएको पाइयो ।

पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै उक्त भिडियोमा ‘बाहुन छेत्री मुर्दावाद्’ भनिएको अडियोसमेत जोडिएको छ ।

Dinesh Kami नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नारा लगाइरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोमा ‘बाहुन छेत्री मुर्दावाद्’ भनिएको अडियोसमेत सुन्न सकिन्छ । भिडियोको क्याप्सनमा लेखिएको छ- ‘होइन के भन्छ राप्रपा’

१७ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १ हजार ७ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको भिडियोलाई १ हजार ५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । 

प्रस्तुत तथ्यांकले दाबीसहितको भिडियो द्रुत गतिमा सामाजिक संजालमा फैलिरहेको देखाउँछ । के कमल थापाले ‘बाहुन छेत्री मुर्दावाद्’ भन्ने नारा लगाएका हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा कमल थापा भाषण गरिरहेको अवस्थामा देखिएका छन् । भिडियोलाई सरसर्ती हेर्दा अध्यक्ष थापा कुनै प्रदर्शनमा सहभागि भएको जस्तो देखिन्छन् । त्यसैले सबैभन्दा पहिला हामीले कमल थापासँग सम्बन्धित सामाजिक संजाल खाताहरुको जाँच गर्‍यौँ ।      

जाँचका क्रममा कमल थापाको आधिकारिक फेसबुक पेज Kamal Thapa मा पोस्ट गरिएका भिडियोहरु नियाल्यौँ । जाँचको नतिजास्वरुप १४ मार्च २०२४ मा लाइभ गरिएको भिडियो फेला पर्‍यो, जसमा कमल थापाले भाषण गरिएका छन् ।

प्रस्तुत भिडियोमा कमल थापाले ‘हिन्दू राष्ट्र कायम गर’, ‘जनता आउ राजा ल्याउ’, ‘जनता राजा मिलेर देश बचाउ’ लगायतका नारा लगाएका थिए ।

फेला परेको यो पुरानो भिडियो र दाबीसहित सामाजिक संजालमा हालसालै पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ । 

थप जाँचका क्रममा हामीले ‘कमल थापा’ ‘नारा’ लगायतका वाक्यांशलाई विभिन्न सामाजिक संजालमा सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप Nepal Press फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । १४ मार्च २०२४ मा पोस्ट गरिएको भिडियोमा पनि कमल थापाले माथि उल्लेखित नारा लगाएको सुनिन्छ । तर, लाइभ भिडियोमा कमल थापाले ‘बाहुन छेत्री मुर्दावाद्’ भन्ने नारा लगाएका छैनन् ।

यही सन्दर्भको समाचार Janaaastha संचार माध्यममा प्रकाशित भएको पाइयो । १ चैत २०८० मा प्रकाशित समाचार अनुसार विभिन्न मागसहित राप्रपा नेपालको युवा संगठनले काठमाडौँको त्रिपुरेश्वरदेखि भद्रकालीसम्म जुलुस निकालेको थियो । सोही र्‍यालीको समापन गर्दै कमल थापाले सम्बोधन गरेका थिए ।

कमल थापाले सम्बोधन गरिरहेको भिडियोमा फरक सन्दर्भ र सामग्रीको अडियो जोडिएको पाइयो । जाँचका क्रममा हामीले ‘नेपाली हाम्रो जात’ बोलको गीतमा ‘बाहुन छेत्री मुर्दाबाद’ भन्ने नारा लगाइएको दृश्य र अडि‍यो रहेको जानकारी फेला पार्‍यौँ ।

Onlinekhabar मा प्रकाशित समाचार अनुसार नारासहितको दृश्यका कारण ‘नेपाली हाम्रो जात’ बोलको गीत विवादमा परेको थियो । उक्त समाचार अनुसार ‘बाहुन छेत्री मुर्दाबाद’ भन्ने नारासहितको दृश्यलाई हटाएर ‘जातिवाद मुर्दावाद’ राखिएको हो ।

D.R Sujan नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘नेपाली हाम्रो जात’ बोलको गीतमा अहिले ‘बाहुन छेत्री मुर्दाबाद’ भन्ने नारा सुन्न सकिँदैन । 

​​निष्कर्ष

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘हिन्दू राष्ट्र कायम गर’, ‘जनता आउ राजा ल्याउ’, ‘जनता राजा मिलेर देश बचाउ’ लगायतका नारा लगाएको भिडियोमा ‘बाहुन छेत्री मुर्दाबाद’ भन्ने नारा जोडिएको पाइयो । विवादित गीतको नारालाई फरक सन्दर्भको भिडियोमा जोड्दा भ्रामक सन्देश प्रवाह भएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, Onlinekhabar 
भिडियो, D.R Sujan 
फेसबुक पेज, Kamal Thapa
भिडियो, Nepal Press
समाचार, Janaaastha


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage