Thursday, May 28, 2026

Fact Check

Fact Check: के पिपलको पात र चामल सेवन गर्दा मुटुको अवरोध खुल्छ ?

banner_image

Claim

image

Fact

image

दाबी: ‘पिपलको पातमा चामल राखेर पान जसरी चपाएर खाँदा हार्ट ब्लकेजको समस्या निको हुन्छ ।’
तथ्य: पिपलको पात र चामलको मिश्रणले मुटुको स्वास्थ्यलाई कुनै सकारात्मक प्रभाव पार्न सक्छ भन्ने दाबीलाई कुनै समीक्षा, अध्ययन, अभ्यासले पुष्टि गरेको छैन ।

मुटुमा हुने अवरोध र यसको उपचारबारे तयार पारिएको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा झरेको पिपलको पातमा थोरै चामल राखेर पान जसरी चपाएर सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुने दाबी गरिएको छ । 

Laxmitamang213 इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको भिडियोमा पिपलको बोट देखाइएको छ । साथै भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘मुटुको समस्या भयो, उकाले चढ्दा श्वास बढ्यो भने उल्ले उपचार गर्न काहीँ नगइकन पिपलको झरेको पहेँलो पातमा दुई चिम्टी जति चामल हालेर पान जस्तै चपाउँदै बिहान मर्निङ वाक गर्‍यो भने ३१ देखि ४० दिनमा उसको हटको ब्लकेजहरु खुलेर गइसकेको हुन्छ ।’

तथ्यजाँच/प्रमाणीकरण

दक्षिण एसियाको सांस्कृतिक र धार्मिक परम्परासँग जोडिने पिपलको वैज्ञानिक नाम फिकस रिलिजियोसा (Ficus Religiosa) हो । यो वनस्पतिलाई स्वास्थ्य तथा आध्यात्मिक लाभसँग जोड्ने गरिन्छ ।

तर, पिपलको पातमा चामल राखेर पान जसरी चपाएर खाँदा हार्ट ब्लकेज निको हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् । 

उपचारको प्रभावकारिता पुष्टि गर्नका लागि आधुनिक चिकित्सा कठोर अनुसन्धान र क्लिनिकल परीक्षणहरूमा निर्भर हुने गर्दछ । पिपलको पातले मुटुको स्वास्थ्यलाई कुनै सकारात्मक प्रभाव पार्न सक्छ भन्ने दाबीलाई आजसम्म कुनै समीक्षा, अध्ययन, अभ्यासले देखाएको छैन ।

अर्कोतर्फ चामल एक पौष्टिक खाना हो । तर यसमा मुटुको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने गुणहरू छैनन् । खैरो चामल जस्ता अन्न सहितको सन्तुलित आहारले समग्र मुटुको स्वास्थ्यमा योगदान पुर्‍याउन सक्छन् । पिपलको पातमा चामल राखेर पान जसरी चपाएर खाँदा मुटुको अवरोधमा कुनै असर पर्दैन ।

मुटुमा रगत आपूर्ति गर्ने धमनीहरू साँघुरो वा अवरुद्ध भएपछि मुटुमा अवरोध (हार्ट ब्लकेज) एवं कोरोनरी धमनी रोग (सीएडी) जस्तो समस्या देखापर्छ । सामान्यत: प्लेकको निर्माणको कारणले गर्दा,  बोसो, कोलेस्ट्रोल र अन्य पदार्थहरूको मिश्रणले यस्तो समस्या निम्तिने गर्दछ । 

यसले एनजाइना, हृदयघात र हृदयघात जस्ता अन्य गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । हार्ट ब्लकेजका लागि सामान्यत: जीवनशैली परिवर्तन, औषधि र कहिलेकाहीँ शल्यक्रियाहरू जस्तै एन्जियोप्लास्टी वा कोरोनरी धमनी बाइपास ग्राफ्टिङ्ग (सीएबीजी) बाट उपचार गरिन्छ । 

निष्कर्ष

झरेको पिपलको पातमा थोरै चामल राखेर पान जसरी चपाएर सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ भन्ने दाबी गलत छ । पिपलको पात र चामलको मिश्रणले मुटुको स्वास्थ्यलाई कुनै सकारात्मक प्रभाव पार्न सक्छ भन्ने दाबीलाई कुनै समीक्षा, अध्ययन, अभ्यासले प्रमाणित गर्दैन । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, researchgate.net, July 7, 2018 
रिसर्च लेख, ncbi.nlm.nih.gov, August 17, 2023.


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage