Thursday, December 11, 2025

Fact Check

Fact Check: के अपमार्गको जरा र तेलले कानको उपचार गर्छ?

banner_image

Claim

image

Fact

image

दाबी: अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी ।
तथ्य: अपमार्ग वनस्पतिले श्रवण स्वास्थ्यलाई सुधार गर्न सक्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । 

श्रवण समस्या  र बहिरोपना समाधानसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी गरिएको छ ।   

Prem Kshetri नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा बिरुवाको दृश्य जोडिएको छ । साथै भिडियोमा अपमार्ग नामक वनस्पतिलाई ‘कान नसुन्ने बहिराहरुलाई सुन्ने बनाउने बिरुवा’को रुपमा चिनाइएको छ । 

भिडियोमा सुनिने अडियोमा यस्तो भनिएको छ-  यो अपमार्गको विषयमा तपाईंहरुलाई नसुनेको नयाँ नुस्का बताउँदैछु । एकदमै अचुक पनि छ, यसलाई ट्राइ गरेर हेर्नुहोस् । यो अपमार्गको जरालाई लिएर तेलमा मज्जाले डढाउनुहोस् । सर्सुको तेलमा मज्जाले डढाएर कानमा ड्रप चुहाउनुहोस् । जस्तै कान पाकेको पनि सन्चो हुन्छ र यदि कान कम सुन्नुहुन्छ भने बहिरो हुँदै गरेको कानमा पनि यो अपमार्गको जराको तेलमा बनाएर लगाउनु हुन्छ, बिस्तारै बिस्तारै तपाईंको कान पनि फर्किंदै आउँछ । श्रवण शक्ति बढ्दै जान्छ यो अपमार्ग असाध्यै अमृततुल्य औषधि हो ।

तथ्यजाँच/प्रमाणीकरण

अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी  गलत छ ।

दतिवन वा अपमार्ग वनस्पति (Achyranthes Aspera) फूल फुल्ने जडीबुटी बिरुवा हो । यो बिरुवा विभिन्न उद्देश्यका लागि परम्परागत चिकित्सामा प्रयोग गर्ने गरिएको पाइन्छ । यसमा एन्टी-इन्फ्लेमेटरी र एन्टिमाइक्रोबियल गुणहरु पाइन्छन्, जसले सुन्निएको कम गर्न र संक्रमणहरू विरुद्ध लड्न मद्दत गर्न सक्छ । अपमार्ग प्रायः पखाला र पेचिश जस्ता पाचन समस्याहरूलाई सम्बोधन गर्न पनि प्रयोग गर्ने गरिएको पाइन्छ । 

अपमार्ग वनस्पति श्वासप्रश्वास अवस्थाको उपचारमा पनि प्रयोग गरिन्छ । साथै खोकी र घाउहरू सहित छाला सम्बन्धि रोगहरूको उपचारमा समेत यसको प्रयोग गरिन्छ ।  केही संस्कृतिहरूमा अनुष्ठान र आध्यात्मिक अभ्यासहरूमा अपमार्गको महत्त्वबारे व्यख्या गरिएको छ । यद्यपी, यसको प्रभावकारितामा वैज्ञानिक अनुसन्धान अझै जारी छ ।

श्रवण समस्या  र बहिरोपना समाधान गर्नु जटिल विषय हो । तर, हियरिङ एड्स र कोक्लियर इम्प्लान्टहरूले धेरै व्यक्तिहरूमा देखिएको श्रवण समस्यालाई उल्लेखनीय सुधार गरेका छन् । केही अनुसन्धानहरुले श्रवण समस्या र बहिरोपनाका लागि जीन थेरापी र स्टेम सेल उपचारले थप फाइदा गर्ने निष्कर्ष निकालेका छन् ।

अपमार्ग वनस्पतिलाई सम्भावित स्वास्थ्य लाभहरूका लागि परम्परागतरुपमा विभिन्न संस्कृतिहरूमा प्रयोग गर्ने गरिएको पाइन्छ । यो वनस्पतिले श्रवण स्वास्थ्यलाई सुधार गर्न सक्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । 

कानको संक्रमण सामान्यत: ब्याक्टेरिया वा भाइरसको कारणले सुरु हुन्छ । केही जडीबुटीमा एन्टिमाइक्रोबियल गुणहरू हुन सक्छन् तर कानको उपचारमा अपमार्गको जरा र तेलमा मात्र भरपर्नु हुँदैन । 

बुढ्यौली, संक्रमणहरू सहित आनुवंशिक र चर्को आवाज लगायतका कारकहरूले कान सुन्ने क्षमतामा कमि आउन सक्छ । कुनैपनि जडीबुटीहरूले समग्र कानको स्वास्थ्यलाई समर्थन गर्न सक्छन् तर तिनीहरूलाई चिकित्सा हेरचाहको विकल्पका रूपमा हेर्नु हुँदैन । 

अपमार्ग वनस्पतिका केही परम्परागत प्रयोगहरू हुन सक्छन् तर यसको प्रयोगमा सावधानी अपनाउन जरुरी छ । यसको प्रभावकारिता र सुरक्षालाई पूर्ण रूपमा बुझ्न थप अनुसन्धान आवश्यक छ ।  कानको संक्रमण वा श्रवणशक्ति समस्याका लागि योग्य स्वास्थ्य सेवा प्रदायकबाट सल्लाह खोज्नु उत्तम हुन्छ ।

निष्कर्ष

अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी गलत छ । कानमा कुनै समस्या देखिएको छ भने उचित निदान र सुरक्षित तथा उपयुक्त उपचारको लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श लिनु आवश्यक छ ।

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च, researchgate.net
जानकारी, frontiersin.org
जानकारी, tandfonline.com
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage