Thursday, May 28, 2026

Fact Check

Fact Check: के निःसन्तान वा बाँझोपन समस्यामा दुधे झारले काम गर्छ ? 

banner_image

Claim

image

Fact

image

दाबी: सन्तान नहुने समस्या समाधानका लागि दुधे झारले प्रभावकारी काम गर्ने दाबी ।
तथ्य: बाँझोपन एक जटिल समस्या हो, जोपुरुष र महिला दुवैलाई हुनसक्छ । बाँझोपन समस्याको पूर्ण उपचारको ग्यारेन्टी कुनैपनि उपचारले गर्न सक्दैन । 

निःसन्तान समस्या र घरेलु टिप्स सम्बन्धि दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा सन्तान नहुने समस्या समाधानका लागि दुधे झारले प्रभावकारी काम गर्ने दाबी गरिएको छ ।   

Bihani Update नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा झार वनस्पतिको दृश्य देख्न सकिन्छ । उक्त दृश्यमा देखिएको वनस्पतिलाई दुधे झारको रुपमा चिनाइएको छ । भिडियोको थमनेलमा ‘बाँझोपनको अचुक औषधि’ लेखिएको छ .

साथै भिडियोमा जोडिएको आवाजमा एकजना व्यक्तिले भनेका छन्-

‘कोही मानिसको सन्तान भएन र धेरै पैसा खर्च गर्नुभएको छ भने तपाईंका लागि एउटा सानो टिप्स हेर्नुस् है ! यो तिते झार, दुधे झार पनि भन्छ । यसको जरा ल्याउनुस् र धोइपखाली गरेर, घामको छाँयामा सुकाएर पाउडर बनाउनुस् र खाना पछाडि आधा चम्चा तपाईंले दुई हप्ता खाएर हेर्नुस्, महिला-पुरुष दुबैजनामा जुनै समस्या भएपनि यसले काम गर्नेछ, एकदमै प्रभावकारी भिडियो छ प्रयोग गर्नुस् ल ।’   

तथ्यजाँच/प्रमाणीकरण

दुधे झारका रुपमा चिनाइएको वनस्पति लेक्टुका भिरोसा (Lactuca Virosa) रुपमा परिचित छ । यो वनस्पतिलाई विभिन्न रोगहरुका लागि परम्परागत चिकित्सामा प्रयोग गर्ने गरिएको पाइन्छ । यस झारमा ल्याक्टुकोपिक्रिन र अन्य सेस्किटरपेन ल्याक्टोन जस्ता यौगिकहरू हुन्छन्, जसमा एनाल्जेसिक गुणहरू रहेको विश्वास गरिन्छ।

दुधे झारको प्रयोग परम्परागत रूपमा खोकी र निद्रा गडबडी लगायतका विभिन्न समस्याको उपचारहरूमा प्रयोग गरिन्थ्यो । घरेलु र परम्परागत उपचारमा रूपमा दुधे झारको प्रयोगको इतिहास राम्रो छ तर आधुनिक चिकित्सामा यसले पूर्ण स्वीकृति पाएको छैन । यही कारण यसको  प्रभावकारिता र सुरक्षामा प्रश्न खडा गर्छ, यसमाथि अनुसन्धान जारी छ ।

अर्कोतर्फ प्रजनन स्वास्थ्यमा दुधे झारको भूमिकाबारे थोरै मात्र थोरै मात्र जानकारी दिइएको छ । यसको प्रयोगबाट बाँझोपनको उपचार गर्न सकिन्छ भन्ने दाबी र यसको प्रभावकारितालाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू सीमित छन् ।

बाँझोपन एक जटिल समस्या हो, जोपुरुष र महिला दुवैलाई हुनसक्छ । बाँझोपनको समस्याको पूर्ण उपचारको ग्यारेन्टी कुनैपनि उपचारले गर्न सक्दैन ।

केही प्राकृतिक उपचारहरूले महिनावारी चक्र सुधार गर्न मद्दत गर्न सक्छन् । पुरुषहरूको लागि यस्ता उपचारहरूले शुक्राणुको गुणस्तर र समग्र प्रजनन कार्यलाई सुधार गर्न सक्छन् । यद्यपि, यस्तो उपचार प्राकृतिक दृष्टिकोणहरूको प्रभावकारिता, व्यक्तिगत स्वास्थ्य, जीवनशैली जस्ता कारकहरूको आधारमा भिन्न हुन सक्छ ।

बाँझोपनमा आहार र तनाव व्यवस्थापन जस्ता जीवनशैली परिवर्तनहरू र चिकित्सकीय सल्लाहबाट उत्कृष्ट नतिजाहरू देखिन सक्छन् । प्रजनन समस्याको उपचारका लागि सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न उपयुक्त र सही  मार्गदर्शन खोज्नुपर्छ ।

निष्कर्ष

निःसन्तान वा बाँझोपन समस्या समाधानका लागि दुधे झारले प्रभावकारी काम गर्ने दाबी गलत छ । बाँझोपनको समस्या देखिएपछि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु आवश्यक छ । आधुनिक र वैज्ञानिक व्यावसायिक उपचार र हेरचाहलाई घरेलु विधिले प्रतिस्थापन गर्नुहुँदैन । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, sciencedirect.com
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage