Saturday, December 13, 2025

Fact Check

Fact Check: के ब्राह्मीको पातलाई महमा मिसाएर सेवन गराउँदा बालबालिकाको स्मरणशक्ति बढ्छ ?

banner_image

Claim

image

Fact

image

दाबी: ब्राह्मी झारका पातलाई महसँग मिसाएर बालबालिकालाई खुवाउँदा स्मरणशक्ति बढ्छ ।
तथ्य: ब्राह्मीका प्रभावहरू पुष्टि गर्न थप उच्च-गुणस्तरको अनुसन्धान आवश्यक छ । 

ब्राह्मी झार र बालबालिकाको स्मरणशक्तिसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा ब्राह्मी झारका पातलाई महसँग मिसाएर बालबालिकालाई खुवाउँदा स्मरणशक्ति बढ्ने दाबी गरिएको छ ।

Yogi Somraj Ji Maharaj नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्तिलाई देख्न सकिन्छ । भिडियोमा ती व्यक्तिले भनेका छन्- 

‘हाम्रो वरिपरी अत्याधिक मात्रामा ब्राह्मी झार छ । ब्राह्मी बुटी भनेर चिनिन्छ आयुर्वेदमा । यसलाई हाम्रो भाषामा कसैले टोप्रे झार भन्छन् भने कसैले घोडताप्रे भन्छन् । यो चाहिँ आयुर्वेदमा ज्वरो आयो भने ज्वरो कम गर्नलाई विशेष गरेर यो चाहिँ मस्तिष्कको क्षमता, मेमोरी बढाउनलाई प्रयोग हुन्छ । यो ब्राह्मी झारको तीन-चारवटा पत्तालाई हामीले पिसेर अलिकति मह मिसाएर वा नपिसेर दातले चपाउन पनि सकिन्छ, यसलाई बच्चालाई खुवाउने गरेमा यसले मेमोरी फ्याटै बढाइदिन्छ, एक्दमै राम्रो गर्छ ।’

तथ्यजाँच/प्रमाणीकरण

ब्राह्मी झारको पातलाई महसँग मिसाएर बच्चालाई सेवन गराउँदा स्मरणशक्ति बढाउँछ भन्ने दाबी वैज्ञानिक प्रमाणहरुबाट प्रमाणित हुँदैन । ब्राह्मीको प्रयोगले बच्चाहरू र वयस्कहरूको स्मरणशक्ति सुधार गर्न मद्दत गर्न सक्ने केही प्रमाणहरू फेला परेका छन् तर ती अनुसन्धानहरु व्यापकरुपमा प्रमाणित छैनन् ।

ब्राह्मी झार (घोडताप्रे) एक प्रकारको जडीबुटी वनस्पति हो, जसलाई सामान्यत: परम्परागत  आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । यसले सम्भावित मानसिक स्वास्थ्य लाभहरु गर्ने विश्वास गरिन्छ । यद्यपी, ब्राह्मी झारको स्वास्थ्य उपयोगिताबारे अझैसम्म वैज्ञानिक अनुसन्धान जारी छ ।

ब्राह्मी मस्तिष्क स्वास्थ्यलाई फाइदा गर्ने, अक्सिडेटिभ तनाव कम गरेर मेमोरी र ध्यान कार्यमा सुधार गर्न सक्ने केही अध्ययनहरूले संकेत गरेका छन् । तरपनि वैज्ञानिक प्रमाणहरू यस विषयमा अझै सीमित छन् । ब्राह्मीका प्रभावहरू पुष्टि गर्न थप उच्च-गुणस्तरको अनुसन्धान आवश्यक छ । 

महसँग ब्राह्मीका पात मिसाएर खानु लाभदायक हुन पनि सक्छ । यद्यपि, यसले बच्चाहरूको मेमोरीमा विशिष्ट र व्यापक प्रभावहरू पार्न सक्ने तथ्य कुनैपनि अध्ययनले प्रमाणित गरेका छैनन् ।

निष्कर्ष

ब्राह्मी झारका पातलाई महसँग मिसाएर बालबालिकालाई खुवाउँदा स्मरणशक्ति बढ्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुबाट प्रमाणित भएनन् । ब्राह्मीका प्रभावहरू पुष्टि गर्न थप उच्च-गुणस्तरको अनुसन्धान आवश्यक छ । 

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov, March 17, 2023
रिसर्च लेख, ncbi.nlm.nih.gov, May 12, 2017 
रिसर्च लेख, ncbi.nlm.nih.gov Jan 19, 2010 


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage