Thursday, May 28, 2026

Fact Check

Fact Check: घोडटाप्रे झारको सेवनले डिप्रेसन निको हुन्छ?

banner_image

Claim

image

Fact

image

दाबी: घोडटाप्रे झार ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधि हो । विहानको समयमा खालीपेट सेवन गर्नुपर्छ ।
तथ्य: घोडटाप्रे झारले डिप्रेसन निको पार्न सक्छ भन्ने दाबी भ्रामक छ । डिप्रेसन एउटा रोग हो र यसको निदानका लागि उचित वैज्ञानिक उपचार आवश्यक पर्दछ ।

मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त पोस्टमा घोडटाप्रे झार (Centella Asiatica Plant) ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधि रहेको दाबी गरिएको छ ।

Lieeeenagrg नामक टिकटक आइडीमा एउटा भिडियो पोस्ट गरिएको छ र उक्त भिडियोमा घोडटाप्रे झारको दृश्य देख्न सकिन्छ । प्रस्तुत भिडियोको थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधी, विहानको समयमा खालीपेट सेवन गर्नुपर्छ ।’ 

डिप्रेसन तथा मानसिक रोगको उपचार भन्दै सामाजिक संजालमा पोस्ट गरिएको प्रस्तुत दाबी संवेदनशील देखिन्छ । उक्त दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

घोडटाप्रे झार (Centella Asiatica Plant) वनस्पतिले डिप्रेसन निको पार्न सक्छ भन्ने भ्रामक गलत छ । उक्त वनस्पतिको सेवनले मात्रै डिप्रेसन निको पार्न सक्दैन, त्यसैले रोग निदानका लागि घोडटाप्रे झारमा मात्रै भरपर्नु हुँदैन ।

घोडटाप्रे झारलाई एशिया एशिया महाद्वीपको मूल जडिबुटी हो । अनेक नामले चिनिने यो वनस्पति स्वास्थ्य लाभको लागि एक परम्परागत औषधि मानिन्छ ।घोडटाप्रे झारले डिप्रेसनका लक्षणहरू न्युनिकरण गर्न मद्दत गर्नसक्छ । 

घोडटाप्रे झारले तनाव हार्मोनहरू घटाएर र मुड नियमनसँग सम्बन्धित न्यूरोट्रान्समिटरहरू बढाएर एन्टीडिप्रेसन्ट-जस्तो प्रभाव पार्न सक्ने उपलब्ध प्रमाणहरूमा उल्लेख छ । विशेषगरी यसले हल्कादेखि मध्यम डिप्रेसन तथा चिन्ता कम गर्नका लागि उपयोगी हुनसक्छ । 

तर, माथि उल्लेखित तथ्यहरु वैज्ञानिक रुपमा पूर्णत: प्रमाणित भएका छैनन् । जाँचका क्रममा धेरै जसो अध्ययनहरूको दायरा सानो छ र ती अध्ययनहरु जनावरहरूमा गरिएको देखिन्छ । तसर्थ, घोडटाप्रे झारको प्रभावकारिता पुष्टि गर्न र यसको पछाडिको संयन्त्र बुझ्न विश्वसनीय मानवीय परीक्षण/अनुसन्धान आवश्यक छ ।

अर्कोतर्फ, घोडटाप्रे झारको सेवनले औषधिसँग अन्तर्क्रिया गर्नसक्छ, जसबाट पेट दुख्ने जस्ता साइड इफेक्टहरू देखा पर्न सक्छन् । कुनैपनि हर्बल पूरक प्रयास गर्नुअघि मानिसहरूले सधैं एक स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नुपर्छ । 

उल्लेखित दाबीका विषयमा हामीले मनोचिकित्सक डा.बिन्द सिंहसँग परामर्श गर्‍यौँ । उनी भन्छिन्,‘डिप्रेसन एउटा रोग हो र यसको उचित उपचार चाहिन्छ । यो विभिन्न कारणले हुन सक्छ, जस्तै परिस्थितिजन्य, आघात, शारीरिक स्वास्थ्य समस्याहरू आदि । डिप्रेसनलाई हस्तक्षेपसहितको उपचार आवश्यक पर्दछ, जसमा औषधि, परामर्श, सकारात्मक विचार, संचार, आदि समावेश हुन सक्छन् ।’

निष्कर्ष

घोडटाप्रे झारले डिप्रेसन निको पार्न सक्छ भन्ने दाबी भ्रामक छ । डिप्रेसन एउटा रोग हो र यसको निदानका लागि उचित वैज्ञानिक उपचार आवश्यक पर्दछ । कुनै वनस्पतिको सेवनले मात्रै डिप्रेसन निको हुन सक्दैन, त्यसैले डिप्रेसन निदानका लागि घोडटाप्रे झारमा मात्रै भरपर्नु हुँदैन ।

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, sciencedirect
रिसर्च लेख, sciencedirect
रिसर्च लेख, frontiersin


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage