Thursday, December 11, 2025

Fact Check

Fact Check: के मोजिटोले क्यान्सरबाट जोगाउँछ ?

banner_image

Claim

image

Fact

image

दाबी: मोजिटो वनस्पतिको जरालाई चियाको रुपमा सेवन गर्दा रगत शुद्ध पार्ने र क्यान्सर हुनै नदिने दाबी ।
तथ्य: क्यान्सरजस्तो प्राणघातक रोगको रोगथाम र उपचारमा घरेलु टिप्समा मात्रै भर पर्नुहुँदैन । 

क्यान्सरको उपचारमा घरेलु टिप्सको प्रयोगबारे एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा मोजिटो वनस्पतिको जरालाई चियाको रुपमा सेवन गर्दा रगत शुद्ध पार्ने र क्यान्सर हुनै नदिने दाबी गरिएको छ ।

Sushila Dahal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ‘क्यान्सर हुनै नदिने विरुवा’ लेखिएको छ । साथै एकजना व्यक्तिले मोजिटो वनस्पतिबारे व्याख्या गरिएका छन् । 

भिडियोमा ती व्यक्तिले भनेका छन्-   

‘तपाईंहरुलाई पुनः जानकारी गराउन चाहन्छु कि यो मोजिटोलाई साधारण नसम्झिनुहोस् । यो मोजिटोको जरालाई खनेर जरा निकाल्नुहोस् । रातो कलरको हुन्छ है । यसलाई सुकाएर राख्नुहोस्, यस्लाई चिया जस्तो पकाएर खाइराख्नुहोस् । तपाईंको शरीरको सम्पुर्ण रगत शुद्ध हुन्छ र रगत शुद्ध हुनुको के फाइदा हुन्छ भने तपाईंको शरीरमा भएको स्क्रिन डिजिज ठिक हुन्छ । इभन तपाईंको शरीरमा कुनै पनि टुमर, क्यान्सर छ भने पनि तपाईंलाई धेरै नै लाभ दिन्छ । किन भने आयुर्वेदमा क्यानसर सम्बन्धि टुमर जतिपनि औषधि त्यसमा यो महामंजिष्ठादि चलाएको हुन्छ । महामंजिष्ठादि भनेको मोजिटोको जराबाट बनाएको औषधि हो ।’

तथ्यजाँच/प्रमाणीकरण

मोजिटो वनस्पतिको जरालाई चियाको रुपमा सेवन गर्दा रगत शुद्ध पार्ने र क्यान्सर हुनै नदिने दाबी आंशिक रुपमा गलत छ ।  

मोजिटो वनस्पतिलाई कोलोकासिया एस्कुलेन्टा वा तारो पनि भनिन्छ । मोजिटो एक विशिष्ट प्रजाति हो, जसलाई आकर्षक सजावटी पातहरूका लागि चिनिन्छ । साथै केही संस्कृतिहरुमा यसलाई पाक उपयोग र औषधीय जडिबुटीका रुपमा प्रयोग गरिन्छ । यो वनस्पति तातो, आर्द्र अवस्थाहरूमा फस्टाउँछ र यो बढ्नको लागि प्रशस्त मात्रामा आर्द्रता चाहिन्छ ।

मोजिटोको बिरुवा (कोलोकासिया एस्कुलेन्टा) लाई सामान्यत: यसको खानयोग्य ट्युबरका लागि चिनिन्छ, विभिन्न अध्ययनहरूले यसमा ट्युमर प्रतिरोधी गुणहरू हुने बताइएको छ । मोजिटोमा धेरै बायोएक्टिभ यौगिकहरू हुन्छन्, जसले एन्टिक्यान्सर, एन्टि-इन्फ्लेमेटरी, र इम्युनोमोड्युलेटरी प्रभावहरू देखाउन सक्छन् । 

मोजिटोको जरालाई चियाका रुपमा सेवन गर्दा प्राकृतिक यौगिकहरूको कारणले क्यान्सरसँग लड्न मद्दत गर्ने केही संकेत देखाउँछन् । मोजिटोकझ एक्स्ट्र्याक्टले क्यान्सर कोशिकाहरूको विकासलाई अवरोध गर्न सक्छ र प्रतिरक्षा प्रणाली सहयोग पुर्‍याउन सक्छ भन्ने अध्ययनहरूले देखाएका छन् ।

यद्यपि, क्यान्सरको लागि चिकित्सा उपचारको विकल्पमा कुनैपनि घरेलु उपचारलाई प्रयोग गर्नु हुँदैन । नयाँ उपचारहरू प्रयास गर्नु अघि सधैँ स्वास्थ्य सेवा पेशेवरसँग सल्लाह लिनुपर्छ । 

निष्कर्ष

मोजिटो वनस्पतिको जरालाई चियाको रुपमा सेवन गर्दा रगत शुद्ध पार्ने र क्यान्सर हुनै नदिने दाबी आंशिक रुपमा गलत छ । क्यान्सरजस्तो प्राणघातक रोगको रोगथाम र उपचारमा घरेलु टिप्समा मात्रै भर पर्नुहुँदैन ।   

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov 
वनस्पति जानकारी, missouribotanicalgarden.org


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage