Thursday, May 28, 2026

Fact Check

Fact Check: काँचो प्याजको सेवनले मधुमेह र पत्थरी निको हुन्छ?  

banner_image

Claim

image

Fact

image

दाबी: काँचो प्याजको सेवनबाट मधुमेह रोग, पत्थरी लगायतका समस्या निको हुन्छन् ।
तथ्य: काँचो प्याजको सेवनले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र पत्थरी लगायतका समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने वैज्ञानिक अनुसन्धान सीमित छन् ।

मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सुझाव फेला परेको छ । काँचो प्याजको सेवनबाट मधुमेह रोग, पत्थरी लगायतका समस्या निको पार्न सकिने दाबी गरिएको छ ।

Lokaantar संचार माध्यममा प्रकाशित स्वास्थ्य टिप्समा काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट निको पार्ने दाबी गरिएको छ । उक्त टिप्सको एउटा अंश यस्तो छ-

‘भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ । यहाँ हामी प्याजले निको पार्ने चार रोगको चर्चा गर्दैछौं ।’

तथ्यजाँच/प्रमाणीकरण

मानव शरीरले ग्लुकोज प्रशोधन गर्न बाधा पुगिरहेको अवस्थलाई मधुमेह रोगसँग जोड्न सकिन्छ । मधुमेहले शरीरमा उच्च रक्तचाप निम्त्याउँछ । तिर्खा बढ्नु, भोक लाग्नु र बारम्बार पिसाब लाग्नु र अन्य शारीरिक समस्या देखिनु मधुमेह रोगका लक्षण हुनसक्छन् ।

मधुमेह रोग मुख्य दुई प्रकारका हुन्छन् । पहिलो प्रकारको मधुमेह एक अटोइम्यून रोग हो, जहाँ शरीरको प्रतिरक्षा प्रणालीले प्यान्क्रियाजमा इन्सुलिन उत्पादन गर्ने कोशिकाहरूलाई आक्रमण गर्दछ । यसको मतलब शरीरले इन्सुलिन उत्पादन गर्न पूरै रोक्ने गर्दछ । दोस्रो प्रकारको मधुमेह इन्सुलिन प्रतिरोध (जब कोशिकाहरू इन्सुलिनप्रति कम प्रतिक्रियाशील हुन्छन्) र प्यान्क्रियाजद्वारा इन्सुलिन उत्पादनमा अवरोध लगायतका कारकहरूको संयोजनबाट निम्तिने गर्दछ ।

अर्कोतर्फ मृगौलामा पत्थरी हुनुका सामान्य कारकहरूमा निर्जलीकरण, पिसाबमा क्याल्सियम, अक्सालेट वा युरिक एसिडको उच्च मात्रा, गाउट वा मधुमेह जस्ता चिकित्सा अवस्थाहरू हुन् । यसको उपचारमाएन्टिबायोटिक्स, डाययुरेटिक्स जस्ता केही औषधिहरू प्रयोग गर्न सुझाव दिइन्छ ।

अर्कोतर्फ प्याजको सेवन मृगौलाको पत्थरीका लागि उपयोगी कि हानिकारक भन्ने विषयमा केही विवादास्पद जानकारीहरू फेला परेका छन् । अर्कोतर्फ फलफूल र तरकारीहरूमा समावेश हुने स्वस्थ आहार सामान्यतया समग्र स्वास्थ्यको लागि लाभदायक नै हुन्छन् । तर, काँचो प्याजले मृगौलाको पत्थरीमा प्रत्यक्ष उपचारात्मक प्रभाव पार्छ भनेर सुझाव दिने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन् । मृगौलाको पत्थरीको उपचारमा सामान्यतया जीवनशैली परिवर्तन, आहार परिमार्जन र कहिलेकाहीँ औषधिहरू चलाउने गरिन्छ ।  

माथि उल्लेखित दाबीको विषयमा हामीले आकाश अस्पताल द्वारकाका ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा.शरद मल्होत्रासँग परामर्श गर्‍यौँ ।

उनी भन्छन्,‘खानाले मृगौलाको पत्थरी र कोलेस्ट्रोललाई एक हदसम्म कम गर्न सक्छ । यद्यपि रोगीले यी अवस्थाहरू निको पार्न खानामा मात्रै पूर्ण रूपमा भर पर्नुहुँदैन ।’

त्यसैगरी प्याजले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ भन्ने सीमित वैज्ञानिक प्रमाणहरू छन् । प्याज कम ग्लाइसेमिक इन्डेक्स खानेकुरा हो । यसले रक्त शर्कराको स्तरमा अचानक स्पाइक रोक्न मद्दत गर्दछ । यद्यपि, रक्त शर्करा नियन्त्रणको लागि काँचो प्याजको सम्भावित फाइदाहरू पूर्ण रूपमा बुझ्न प्रयाप्त अनुसन्धान हुन बाँकि नै छ । 

दाबीको विषयमा हामीले मधुमेह रोग विशेषज्ञ डा.रितेश बन्सलसँग पनि परामर्श गर्‍यौँ ।

उनी भन्छन्,‘प्याजमा कम ग्लाइसेमिक इन्डेक्स, कम कार्बोहाइड्रेट सामग्री र एन्टिअक्सिडेन्ट उच्च हुन्छन् । ती सबै चिनी नियन्त्रणको पूरक हुन् । साथै, प्याजमा क्वेर्सेटिन हुन्छ, फ्लाभोनोइड जसले इन्सुलिन संवेदनशीलतालाई सुधार गर्छ, मधुमेह रोगीहरूको लागि एक प्रमुख कारक हो । त्यसैले प्याजले इन्सुलिन जस्तो व्यवहार नगरे पनि चिनीको मात्रा नियन्त्रण गर्न पक्कै पनि सकारात्मक प्रभाव पार्छ ।’

उल्लेखित दाबीको विषयमा हामीले पोषणविद् कामना चौहानसँग परामर्श गर्‍यौँ ।

उनी भन्छिन्,‘काँचो प्याज खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । उचित हेरचाहको अभावमा, अनियमित रक्त शर्कराको स्तरले मृगौला फेल, हृदय जटिलता र मोटोपना निम्त्याउन सक्छ । केही अध्ययनहरूले देखाएका छन् कि काँचो प्याजले हाम्रो रक्त शर्कराको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ किनभने यसमा धेरै फ्लेभोनोइडहरू हुन्छन् जुन एन्टिअक्सिडेन्टको एक वर्ग हो । यसबाहेक प्याजमा फाइबरको मात्रा धेरै हुन्छ, कार्बोहाइड्रेट कम हुन्छ र ग्लाइसेमिक इन्डेक्स पनि हुन्छ । यद्यपि, मानिसहरूले यसलाई उनीहरूको निर्धारित चिकित्सा उपचारको विकल्पका रुपमा प्रयोग गर्नुहुँदैन ।’

प्याज सामान्यत: विभिन्न रोगहरुको उपचारसँग सम्बन्धित छ । तरपनि रगतमा ग्लुकोजको स्तर कायम राख्नको लागि चिकित्सकीय सल्लाह खोज्नु आत्यावश्यक हुन्छ । प्याजको सेवनबाट रगतमा चिनीको मात्रा कायम राख्ने प्रयास गर्दा चिकित्सकीय सल्लाह नलिनु खतरनाक हुन सक्छ । जसले गर्दा अपर्याप्त निगरानी, परिणामहरूको गलत व्याख्या, अनुचित औषधि व्यवस्थापनमा थप जटिलताहरू निम्तिन सक्छन् । यसबाहेक, धेरै मात्रामा काँचो प्याजको सेवनले केही व्यक्तिहरूमा पाचन समस्या पनि निम्तिन सक्छ ।

निष्कर्ष

काँचो प्याजको सेवनले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र पत्थरी लगायतका समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने वैज्ञानिक अनुसन्धान सीमित छन् । स्वास्थ्य खानाले मृगौलाको पत्थरी र कोलेस्ट्रोललाई एक हदसम्म कम गर्न सक्छ । तर, गम्भिर समस्याका लागि औषधीको विकल्पमा खानालाई प्रयोग गर्नुहुँदैन ।

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
तथ्यजाँच, thip.media
रिसर्च लेख, mountsinai.org
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage