Thursday, December 11, 2025

Fact Check

Fact Check: दैनिक मसला प्रयाेग गर्दा मधुमेहको औषधि खानै नपर्ने गलत दाबी 

banner_image

Claim

image

Fact

image

दाबी: अदुवा, लसुन, दालचीनी, मेथी र ल्वाङ जस्ता मसला दैनिकरुपमा प्रयाेग गरे मधुमेह रोगीले औषधि सेवन गर्नु नपर्ने दाबी । 
तथ्य: मसला वा जडिबुटीको प्रयोगले मात्रै रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ भन्ने आशयको दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् । 

मधुमेह रोगसँग सम्बन्धित एउटा समाचार सामग्री फेला परेको छ । उक्त समाचारमा अदुवा, लसुन, दालचीनी, मेथी र ल्वाङ जस्ता मसला दैनिकरुपमा प्रयाेग गरे मधुमेह रोगीले औषधि सेवन गर्नु नपर्ने दाबी गरिएको छ । 

SutraNews नामक समाचार पोर्टलमा मानव स्वास्थ्यसँग सम्बन्धित सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा केही मसलाहरुको सूची राखिएको छ र ती मसलाका सम्भावित फाइदाहरू उल्लेख गरिएको छ । साथै ‘यी मसला दैनिक प्रयाेग गरेमा मधुमेहमा औषधि खानुपर्दैन’ भन्ने शीर्षकलाई हाइलाइट गरिएको छ ।

तथ्यजाँच/प्रमाणीकरण

अदुवा, लसुन, दालचीनी, मेथी र ल्वाङ जस्ता ‘मसला दैनिक प्रयाेग गरेमा मधुमेहमा औषधि खानुपर्दैन’ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् । मसला वा जडिबुटीले मात्रै रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने एवं मधुमेहको औषधिलाई प्रतिस्थापन गर्न सक्दैन ।

शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण लामो समयसम्म रगतमा चिनीको मात्रा बढिरहेको अवस्थालाई मधुमेह रोग भनिन्छ । मधुमेहको समस्या बढेपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने, तौल घट्ने जस्ता लक्षणहरू देखिन्छन् । औषधि, आहार, व्यायाम र जीवनशैली परिवर्तनमार्फत् मधुमेहबाट निम्तिने जटिलताहरूलाई व्यवस्थापन गर्ने गरिन्छ ।

अदुवा, लसुन, दालचीनी, मेथी र ल्वाङ जस्ता मसलाको प्रयोगले मधुमेह व्यवस्थापनमा केही सम्भावित फाइदा प्रदान गर्न सक्छन् । उपलब्ध केही अध्ययनहरूमा (ncbi.nlm.nih.gov, pubmed.ncbi.nlm.nih.gov, sciencedirect.com) यसबारे जिकिर गरिएको छ पनि उक्त जानकारीलाई उल्लेख गरिएको छ । यद्यपी, मधुमेह रोगका लागि मसलाहरु प्रयोगको प्रभावकारिता र मधुमेह व्यवस्थापनमा यसको प्रभावबारे थप अनुसन्धान हुन बाँकि छ । उल्लेखित दाबीसहितको सामग्रीमा मधुमेह रोगको उपचारको बारेमा भ्रामक वा गलत जानकारीको प्रचार गरिएको पाइयो । जसमा आवश्यक चिकित्सा हेरचाहलाई बेवास्ता गर्न सुझाव दिएको छ । 

उल्लेखित दाबीसहितको सामग्रीबारे हामीले डा.शालिन नागोरीसँग परामर्श गर्‍यौँ । दाबीबारे उनी भन्छिन्,‘मधुमेह व्यवस्थापनको लागि स्वास्थ्य सेवा पेशेवरहरूको मार्गदर्शनमा औषधि, आहार, व्यायाम र जीवनशैली परिमार्जनको आवश्यकता पर्दछ, जडिबुटीले मात्रै रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मधुमेहको औषधिलाई प्रतिस्थापन गर्न सक्दैन । केही जडीबुटीहरूले फाइदाहरू प्रदान गर्न सक्छन् तर तिनीहरू निर्धारित औषधिको विकल्प होइनन् ।’

निष्कर्ष

अदुवा, लसुन, दालचीनी, मेथी र ल्वाङ जस्ता मसलाको दैनिक प्रयाेगले मधुमेहको औषधिलाई प्रतिस्थापन गर्ने दाबी गलत छ । मसला वा जडिबुटीको प्रयोगले मात्रै रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् । मधुमेह व्यवस्थापनको लागि स्वास्थ्य सेवा पेशेवरहरूको मार्गदर्शनमा औषधि, आहार, व्यायाम र जीवनशैली परिमार्जनको आवश्यकता पर्दछ । 

नतिजा : गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, sciencedirect.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage