Thursday, May 28, 2026

Fact Check

Fact Check: मेथीलाई उमालेको पानीमा अदुवाको रस र मह राखेर सेवन गर्दा दम रोग निर्मूल हुन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: मेथीसहित उमालेको पानीमा एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ ।
तथ्य: दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार फेला परिसकेको छैन । आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम र रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा दम रोगलाई घरेलु उपचारबाटै निको पार्न सकिने दाबी गरिएको छ ।

Mohan Gurung नामक फेसबुक आइडीमा फेला परेको पोस्टमा एउटा तस्बिरसँगै स्ट्याटस पनि लेखिएको छ । साथै एक चम्चा मेथी एक गिलास पानीमा उमालेर एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुने दाबी गरिएको छ । 

दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘दमको घरेलु उपचार । एक चम्चा मेथी एक गिलास पानीमा उमाल्नुस् । तीन भाग पानी मध्ये एक भाग रहुन्जेल उमाल्नुस् । त्यस्लाई मनतातो अवस्थामा छानेर एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ । स्रोत, प्राचीन जडिबुटी ज्ञान पुस्तक ।’

प्रस्तुत दाबी मानव स्वास्थ्यसँग सम्बन्धित रहेकाले अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

घरेलु उपचारबाटै दम रोगलाई पूर्ण रुपमा निको पार्छ भन्ने दाबी अपूर्ण छ । घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् र दमको तीव्रता एपिसोडहरूको उपचार गर्न सक्दैनन् । अहिलेसम्म दमका  लक्षणहरूलाई नियन्त्रण गर्न सक्ने उपचार मात्रै अस्तित्वमा आएका छन्, जसले रोगी मानिसहरूलाई सामान्य र स्वस्थ जीवन बिताउन मद्दत गर्दछन् । 

दम (Asthma) श्वासप्रश्वासको नलीमा बल्झिने रोग हो, जसबाट श्वासनली साँघुरो र अतिरिक्त फुल्लिने समस्या निम्तिने गर्दछ । यस्तो अवस्थाले मानिसहरूलाई अत्यधिक खोकी लाग्ने र सास फेर्न गाह्रो हुन्छ ।

जाँचका क्रमममा हामीले एनएमसी हेल्थकेयरका पल्मोनोलोजिस्ट डा.मोहम्मद अनासलाई ‘दम पूर्ण रूपमा निको हुने रोग हो ?’ भन्ने प्रश्न गर्‍यौँ । 

हाम्रो प्रश्नको जवाफमा डा.अनासले भने,‘दम रोग पूर्ण रूपमा निको हुने सम्भावना धेरै कम हुन्छ । यो रोगीको शरीरमा झुन्डिरहने आजीवन रोग हो र यसलाई औषधि र स्वस्थ जीवनशैलीले मात्र नियन्त्रण गर्न सकिन्छ । एक पटक पूर्ण रूपमा नियन्त्रण गरेपछि, मानिसहरूले औषधिहरू बन्द गर्न सक्छन् र जीवनशैली परिवर्तनसँगै दमलाई नियन्त्रणको लागि रोगीलाई हेरचाह गर्न सकिन्छ । तर, जीवनमा कुनै समय फेरि दम बल्झियो भने पुन: औषधिहरू आवश्यक पर्दछ ।’ 

हामी उल्लेखित दाबीका विषयमा हामीले डा.कामना ट्याङ्कसँग परामर्श गर्‍यौँ ।

उनी भन्छिन्,‘फलफूल र तरकारीहरू दम रोगको विरुद्धमा स्वास्थ्यकर आहार हुन् । यसमा पोषक तत्व, एन्टिअक्सिडेन्ट, एन्टी-एलर्जी र एन्टि-इन्फ्लेमेटरी गुणहरू हुन्छन् । आहारमा फलफूल र तरकारीहरू लिँदा सूजन र ‘फ्री रेडिकल’लाई कम हुन सक्छ, जसले कोशिकालाई क्षति रोक्छ । तर, स्याउ वा कुनै पनि फलफूल खाँदा दम पूर्णतया निको हुन सक्दैन ।’

दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार अन्वेषण भइसकेको छैन । अहिलेसम्म दमका  लक्षणहरूलाई नियन्त्रण गर्न सक्ने उपचार मात्रै अस्तित्वमा आएका छन्, जसले रोगी मानिसहरूलाई सामान्य र स्वस्थ जीवन बिताउन मद्दत गर्दछन् । यद्यपी, आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम गर्नुको साटो रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । 

भारतस्थित जसलोक अस्पताल एण्ड रिसर्च सेन्टरका पल्मोनोलोजिस्ट डा.सार्थक रस्तोगीले केही घरेलु उपचारबाट दम रोगलाई निकै सीमित हदसम्म मद्दत गर्ने बताउँछन् । घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् र दमको तीव्रता एपिसोडहरूको उपचार गर्न सक्दैनन् ।

निष्कर्ष

मेथीसहित उमालेको पानीमा एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ भन्ने दाबी भ्रामक छ । दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार फेला परिसकेको छैन । आयुर्वेदिक उपचारले दम रोगका लक्षण कम र रोग नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । तर, घरेलु उपचारले दम रोगका लक्षणहरू नियन्त्रण गर्न सक्दैनन् । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिपोर्ट, thip.media


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage