Tuesday, January 27, 2026

Fact Check

Fact Check : संसारको सबैभन्दा उत्कृष्ट ‘क्यान्सर दबाई’ बेसारबाट बन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरको दबाई बेसारबाट बनाइने र नेपालको बेसार संसारकै उत्कृष्ट रहेको दाबी ।
तथ्य: बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन्, बेसार लगायत
कुनैपनि खानेकुराले क्यान्सर निको पार्न सक्दैन ।

क्यान्सर रोग र बेसारसँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरको दबाई बेसारबाट बनाइने र नेपालको बेसार संसारकै उत्कृष्ट रहेको दाबी गरिएको छ ।

मन थिएन मरी मेटी धन कमाउन नामक फेसबुक पेजमा पोस्ट गरिएको रिल (भिडियो)मा एक व्यक्ति देखिएका छन् । ती व्यक्तिले भिडियोमा संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरको दबाई बेसारबाट बनाइने दाबी गरिएको छ ।

भिडियोमा ती व्यक्तिले भनेका छन्– ‘संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरीको दबाई बेसारबाट बनाउँछन् । त्यसमा पनि नेपालको बेसार भनेको संसारकै उत्कृष्ट बेसारमा पर्छ । चाउचाउ, बिस्कुट, कुरकुरे, भिभा, बूस्ट, बर्नभिटा, हर्लिक्स यिनिहरु भन्दा त दारु (मदिरा पदार्थ) धेरै राम्रो । दारुभन्दा खतरनाक चिज भन्दा यिनिहरु खतरनाक छन्…।’

फेसबुकमा व्यापक फैलिएको प्रस्तुत दाबीसहितको सामग्री क्यान्सर रोगी, स्वास्थ्य क्षेत्र र नेपाली किशानहरुका लागि अत्यन्तै संवेदनशील छ । त्यसैले प्रस्तुत सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

बेसार (Turmeric) बाट क्यान्सरको उत्कृष्ट औषधि तयार हुने दाबी अपूर्ण छ । बेसारलाई औषधीको रूपमा नभई खानाको रूपमा प्रयोग गरिन्छ । यसमा रहेका कर्क्युमिन, एन्टी-इन्फ्लेमेटरी गुणहरूले क्यान्सर उपचारमा पूरक फाइदाहरू प्रदान गर्न सक्छन् तर बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् ।

बेसारको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो, जसलाई पहेँलो रंगको मसलाका रुपमा उपभोग गर्ने गरिन्छ । फरक स्वाद र रंगका लागि एसियाली खानामा बेसारको व्यापक रूपमा प्रयोग गरिन्छ । पाक परिकार बाहेक, बेसारको परम्परागत चिकित्सामा सदियौँदेखि एक औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।

एन्टी-इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूका लागि समेत बेसारपरिचित छ, जसले विभिन्न स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ । खाना पकाउँदा प्रयोग हुने एवं सम्भावित चिकित्सीय गुणहरूले बेसारलाई विश्वव्यापी लोकप्रिय मसला बनाएको छ । 

कर्क्युमिन युक्त बेसार आदिकालदेखि नै औषधिका रुपमा प्रयोग हुँदै आएको छ । क्यान्सर रोगमा यसका प्रभावहरू बारे अनुसन्धान भइरहेको छ । यद्यपि, बेसार वा कर्क्युमिनलाई क्यान्सर निको पार्ने औधषीका रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पूर्ण अनुसन्धान भइसकेको छैन । बेसारले क्यान्सरलाई रोक्न सक्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन ।

नेपाल उच्च गुणस्तरको बेसार उत्पादनको लागि परिचित छ तर यहाँको उत्पादिप बेसार नै विश्वको उत्कृष्ट हो भनेर निश्चित रूपमा तोक्न मिल्दैन । माटोको अवस्था र प्रशोधन विधि जस्ता कारकले बेसारको गुणस्तर निर्धारण गर्ने गर्दछन् ।

माथि उल्लेखित दाबीका विषयमा हामीले परामर्शदाता प्याथोलोजिस्ट डा. शालिन नागोरीसँग परामर्श गर्‍यौँ । उनका अनुसार दैनिक एक चम्चा बेसारको सेवनले सम्भावित फाइदाहरू प्रदान गर्न सक्छ, जसले सैद्धान्तिक रूपमा क्यान्सर रोकथाममा योगदान दिन सक्छ । यद्यपि, बेसारले क्यान्सरलाई रोक्न सक्छ भन्ने समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् ।

त्यसैगरी स्वास्थ्य र पोषण भूमिका मुखर्जीले क्यान्सरबाट जोगिन चिनी, क्याफिन, नुन र मदिराको सेवन कम गर्न सुझाव दिएकी छन् । उनका अनुसार कुनै पनि खानेकुराले क्यान्सर निको नहुने उनको भनाइ छ ।

निष्कर्ष

बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन् । बेसारमा रहेका कर्क्युमिन, एन्टी-इन्फ्लेमेटरी गुणहरूले क्यान्सर उपचारमा पूरक फाइदाहरू प्रदान गर्न सक्छन् तर बेसार लगायत कुनैपनि खानेकुराले क्यान्सर निको पार्न सक्दैन ।

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, cancer.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage