Tuesday, January 27, 2026

Fact Check

Fact Check: उखुको बाहिरी धुलोले क्यान्सर निको हुन्छ?

banner_image

Claim

image

Fact

image

दाबी: उखुको बाहिरी धुलोले क्यान्सर निको हुन्छ ।
तथ्य: उखुको बाहिरी भागमा हुने धुलोले क्यान्सर निको पार्न सक्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । क्यान्सर एक जटिल रोग हो, जसको  उपचार वैज्ञानिक विधिबाट गर्न जरुरी हुन्छ ।

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा उखुको बाहिरी धुलोले क्यान्सर निको हुने दाबी गरिएको छ । 

कालिको सेरोफेरो नामक फेसबुक पेजमा पोस्ट गरिएको रिलमा एकजना व्यक्ति बोलिरहेको अवस्थामा देखिएका छन् । स्वास्थ्य सम्बन्धित सल्लाह दिइरहेको भिडियोको थमनेलमा दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- ‘उखुको बाहिरी धुलोले क्यान्सर निको हुन्छ ।’  

प्रस्तुत सामाजिक संजाल पोस्टमा दाबी गरिएजस्तो उखुको बाहिरी धुलोले क्यान्सर निको हुन्छ कि हुँदैन भन्ने विषयमा हामीले तथ्यजाँच गर्‍यौँ । तर, दाबीसहितको सामग्रीमा गरिएको दाबी गलत रहेको पाइयो ।  

तथ्यजाँच/प्रमाणीकरण

उखुको बाहिरी भागमा हुने धुलोले क्यान्सर निको पार्न सक्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । उखु लगायतका फलफूल र तरकारीहरूले समग्र स्वास्थ्यमा योगदान पुर्‍याउन सक्छन् । तर, आहार मात्रै क्यान्सरको लागि एकल उपचार भने होइन ।

क्यान्सर एक जटिल रोग हो, जसमा शरीरका केही कोशिकाहरू नियन्त्रण बाहिर बढ्छन् र शरीरका अन्य क्षेत्रहरूमा फैलिन्छन् । यो मुख्यतया एक आनुवंशिक रोग हो र  जीनहरूमा परिवर्तन भएपछि यो रोग निम्तिने गर्दछ । प्रोटो-अन्कोजीन, ट्युमर सप्रेसर जीन, र डीएनए रिपेयर जीन तीन मुख्य जीन वर्गहरू हुन्, जसले क्यान्सर निम्तिन्छ । यिनीहरूलाई क्यान्सरको ‘चालक’ पनि भनिन्छ ।

क्यान्सरको उपचारमा सामान्यतया केमोथेरापी, विकिरण थेरापी, शल्यक्रिया, र लक्षित उपचार जस्ता चिकित्सा विधिहरू अवलम्बन गरिन्छ । उपयुक्त क्यान्सर निदान, उपचार र हेरचाहको लागि चिकित्सा पेशेवरहरूसँग परामर्श गर्न सधैँ आवश्यक छ।

दाबीसहितको सामग्रीका विषयमा हामीले डा.अमृता स्कुल अफ आयुर्वेदका अनुसन्धान निर्देशक पी.राममनोहरसँग परामर्श गर्‍यौँ । 

पी.राममनोहरले भने,‘क्यान्सरको कुनै उपचार छैन । केमोथेरापीका विभिन्न प्रक्रियाहरूद्वारा विभिन्न प्रकारका क्यान्सरहरूको उपचार गरिन्छ । एउटा औषधिले सबै क्यान्सरहरूमा काम गर्दैन । यद्यपि केही अध्ययनहरूले सोर्सपले प्रोस्टेट, स्तन, कोलोरेक्टल र प्यान्क्रियाटिक क्यान्सरहरूको लागि क्यान्सर प्रतिरोधी फाइदाहरू हुन सक्ने देखाएको छ तर यो बोट बिरामीहरूको उपचार गर्न प्रयोग गर्न सकिँदैन । कारण मानवमा क्यान्सर बिरूद्ध बोटबिरुवाको प्रभाव देखाउन सक्ने पर्याप्त अध्ययनको अभाव छ । उपलब्ध अनुसन्धानहरू प्रायः जनावरहरूमा गरिन्छ ।

गुजरातको वडोदरास्थित एचसीजी क्यान्सर सेन्टरका ओन्कोलोजिस्ट डा.सार्थक मोहरिर थप्छन्,‘विशेष आहार वा आहार परिमार्जनले क्यान्सर निको हुँदैन । क्यान्सरको उपचार गराइरहेका बिरामीहरूका लागि आहार धेरै महत्त्वपूर्ण छ र उनीहरूलाई आहार सल्लाहकारले तोके बमोजिम सबै म्याक्रो र सूक्ष्म पोषक तत्वहरूसँग सन्तुलित भोजन लिन सल्लाह दिइन्छ ।’

क्यान्सर एक जटिल रोग हो, जसको  उपचार वैज्ञानिक विधिबाट गर्न जरुरी हुन्छ । घरेलु उपचारमा मात्र भर पर्नु र उचित चिकित्सा उपचार नखोज्दा क्यान्सर निको नहुने अवस्थामा पुग्नसक्छ । क्यान्सर चाँडै बढ्छ र छोटो अवधिमा शरीरभर फैलिन्छ । त्यसैले उपचारमा कुनै पनि ढिलाइ गर्दा स्वास्थ्य अवस्था गम्भीर बन्न सक्छ ।

निष्कर्ष

उखुको बाहिरी भागमा हुने धुलोले क्यान्सर निको पार्न सक्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । क्यान्सर एक जटिल रोग हो, जसको  उपचार वैज्ञानिक विधिबाट गर्न जरुरी हुन्छ । घरेलु उपचारमा मात्रै भर पर्नु र उचित चिकित्सा उपचार नखोज्दा क्यान्सर निको नहुने अवस्थामा पुग्नसक्छ । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

Cancer.gov
Cancer and cure: A critical analysis
Cancer and cure: A critical analysis


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage