Monday, December 15, 2025

Fact Check

Fact Check: शेरबहादुर देउवा भए भ्रामक सामग्रीको शिकार, देउवाविरुद्ध नारावाजी भएको दाबी

Written By Aakash Chhetri
May 23, 2023
banner_image

Claim

image

Fact

image

दाबी: शेरबहादुर देउवा र देउवा पत्नी आरजुविरुद्ध ‘मुर्दावाद’को नारा लागेको छ । नक्कली शरणार्थी प्रकरणमा ठूला नेता पक्राउ पर्दा देउवा डराएको दाबी गरिएको र उनले प्रश्नकर्ता
संचारकर्मीलाई शेरबहादुर देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने जवाफ दिएको दाबी । 
तथ्य: ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने शेरबहादुर देउवाको अभिव्यक्ति नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित छैन । पाँच वर्ष पूरानो र फरक सन्दर्भको घटनाको अडियोलाई नक्कली
शरणार्थी प्रकरणसँग जोड्दै भ्रामक सामग्री तयार पारिएको छ । अर्कोतर्फ अर्को दाबीसहितको सामग्रीमा भनिएजस्तो ‘निर्दोश जनतालाई न्याय दे, आरजु भाउजु मुर्दावाद’ ‘सेरवा देउवा
मुर्दावाद’ लगायतका नाराहरू नेपाली कांग्रेसको १४औँ महाधिवेशन लगाइएको थिएन ।   

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् । ती सामग्रीमा पूर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाबारे विभिन्न दाबी पेश गरिएको छ ।

Karki Hem Jung नामक फेसबुक आइडीमा एउटा रिल भिडियो पोस्ट गरिएको छ, जसमा कांग्रेस सभापति शेरबहादुर देउवाले भाषण गरिएका छन् । उक्त भाषणमा देउवाले भन्छन्- ‘साथीहरू अहिले धेरै भन्ने कुरा छैन’ । देउवाले प्रस्तुत वाक्या बोलिसक्दा अगाडिको भिडबाट नारा लगाएको आवाज सुन्न सकिन्छ । नाराका कारण शेरबहादुर देउवाको भाषण अवरोध हुन्छ र उनले हात जोड्दै नारा रोक्न आग्रह गर्छन् । उनले भन्छन्– भयो, भयो, प्लिज भयो, भयो, भयो प्लिज…।’  

उल्लेखित दृश्य देखिएको भिडियो सहितको सामग्रीमा केही थमनेलसमेत राखिएको छ । थमनेलमा शेरबहादुर देउवा र देउवा पत्नी आरजुविरुद्ध ‘मुर्दावाद’को नारा लागेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘निर्दोश जनतालाई न्याय दे, आरजु भाउजु मुर्दावाद भन्दै नारावाजी । र्‍याले बालाई घेरा हालेर सेरवा देउवा मुर्दावाद भनेर नारावाजी सुरु ।’

प्रस्तुत फेसबुक पेजमा करिब १० हजार फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ८ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई १४ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको प्रस्तुत सामग्रीको फैलावट व्यापक छ ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्धित अर्को सामाग्री टिकटकमा समेत फैलिएको देखिन्छ । Tirtha Raj Gautam love Yanikdl नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा शेरबहादुर देउवा गाडी चढिसकेको अवस्थामा देखिएका छन् । यतिकैमा एक व्यक्तिले उनलाई प्रश्न सोधेका छन् र सोही कुरा थमनेलमा पनि लेखिएको छ- ‘दवाव दिन र अनुसन्धान प्रभावित पार्न आउनुभएको हो?’ देउवाले उक्त प्रश्नको जवाफ दिएको समेत उक्त भिडियोसहितको सामाग्रीमा सुन्न सकिन्छ र सोही कुरा थमनेलमा पनि लेखिएको छ- ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।’

माथि उल्लेखित दुबै साममग्री कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्धित छन् । पूर्व प्रधामन्त्री भइसकेको व्यक्तिबारे गरिएका दुबै सामग्री महत्वपूर्ण भएकाले हामी यो जाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबी सहितका दुबै सामग्री शेरबहादुर देउवासँग सम्बन्धित छन् । पहिलो सामग्रीमा थमनेलमा शेरबहादुर देउवा र देउवा पत्नी आरजुविरुद्ध ‘मुर्दावाद’को नारा लागेको दाबी गरिएको छ । यस सामग्रीमाथि जाँच गर्ने क्रममा सबैभन्दा पहिले हामीले दाबीसहितको सामग्रीलाई पुन: एकपटक नियायौँ, जसमा इकागज संचार माध्यमको लोगो देख्न सकिन्छ । 

लोगो देखिएकै आधारमा हामीले eKagaj फेसबुक पेजमा पोस्ट गरिएका भिडियोहरू खोज्न थाल्यौँ । खोजीकै क्रममा नेपाली कांग्रेसको १४औं महाधिवेशनको भिडियो फुटेज फेला पर्‍यो । १० डिसेम्बर २०२१ मा पोस्ट गरिएको उक्त भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवाले भाषण गरिरहेका छन् । 

डेढ वर्ष पूरानो कांग्रेस महाधिवेशनको भिडियोलाई छाँटकाँट गरेर माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, फेला परेको सो भिडियोमा दाबी सहितको सामग्रीमा भनिएजस्तो नारा लागेको पाइएन । भिडियोको मूल सन्दर्भ फेला पनि शेरबहादुर देउवाको सम्बोधनका क्रममा के नारा लागेको थियो भन्ने प्रश्नको जवाफ अनुतिर्ण नै रह्यो । किनकि मूल भिडियोमा पनि नाराहरु प्रष्टसँग सुन्न सकिएन ।     

वास्तविक नारा सुन्न हामीले युट्युबमा थप किवर्ड सर्च पर्‍यौँ तर यो सर्चबाट कुनै उपलब्धिजनक नतिजा फेला परेन । त्यसपछि हामीले ‘कांग्रेस महाधिवेशन शेरबहादुर देउवा सम्बोधन लाइभ’ वाक्यांश फेसबुकमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप OnlinePana नामक फेसबुक पेजमा १० डिसेम्बर २०२१ मा पोस्ट गरिएको लाइभ भिडियो फेला पर्‍यो ।  

माथि उल्लेखित मूल स्रोतमा देखिएको दृश्यमा नाराहरू राम्रोसँग नसुनिएपनि दोस्रो स्रोतको लाइभ भिडियोमा पनि नाराहरू राम्रोसँग सुन्न सकिन्छ । उक्त भिडियोमा ‘शेरबहादुर देउवा जिन्दावाद्’ ‘नेपाली कांग्रेस जिन्दावाद्’ नाराहरू लगाइएको पाइयो । दाबीसहितको सामग्रीमा भनिएजस्तो ‘निर्दोश जनतालाई न्याय दे, आरजु भाउजु मुर्दावाद’ ‘सेरवा देउवा मुर्दावाद’ लगायतका नाराहरू उक्त महाधिवेशनमा लगाइएको छैन । यस तथ्यबाट के प्रष्ट हुन्छ भने माथि दाबीसहितको थमनेल भ्रामक छ ।

अब प्रवेश गरौँ दोस्रो दाबीतर्फ । दाबीसहितको यस सामग्रीमा ‘दवाव दिन र अनुसन्धान प्रभावित पार्न आउनुभएको हो?’ भन्ने प्रश्नको जवाफमा शेरबहादुर देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने जवाफ दिएको दाबी गरिएको छ । यो सामग्रीको क्याप्सनमा नक्कली शरणार्थी प्रकरणमा ठूला नेता पक्राउ पर्दा देउवा डराएको दाबी गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा पछिल्लो समय नेपालमा चर्चामा छ । हाइप्रोफाइल नेताहरू समेत यस प्रकरणमा मुछिएपछि यो मुद्दा चर्चामा आएको हो । 

प्रस्तुत दाबी सहितको सामग्रीको जाँच हामी पूरानो घटना स्मरण गर्‍यौँ । पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साझा सवाल नामक कार्यक्रममा ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने अभिव्यक्ति चर्चित भएको थियो । सोही घटनालाई ध्यानमा राख्दै हामीले ‘साझा सवाल शेरबहादुर देउवा’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप Sajha Sawal नामक युट्युब च्यानमा पोस्ट गरिएको उक्त कार्यक्रमको एउटा अंश फेला पर्‍यो, जसमा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको थियो ।  पाँच वर्षअघि अर्थात् २ जुलाई २०१७ मा युट्युबमा पोस्ट गरिएको उक्त कार्यक्रममा शेरबहादुर देउवाले प्रश्नकर्तालाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।  

साझा सवालको ५००औँ अंकमा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यक्रम प्रस्तोता विद्या चापागाईं र अडियन्स अहभागि सागर ढकालबीच भएको भनाभन यस्तो छ । 

सागर ढकाल : लि क्वान युलाई सिंघापुर दिँदा खेरी ढुङ्गा दिएको थियो, उनले हिरा बनाए तर नेपाललाई तपाइको हातमा दिँदा हिरा दिएको थियो तर तपाइले ढुङ्गा बनाएर छोड्नु भयो । यसको कारबाही कसलाई गर्ने ? र अर्को ऐतिहासिक प्रश्न सिंघापुर, अमेरिका, चाइना, बेलायत सबैका प्रधानमन्त्रीहररू देशका अति उत्कृष्ट विधार्थीहरु मात्र प्रधानमन्त्रीहरु भा छन्, एउटा उदाहरणका लागि बेलायतको विगत ७० वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरू अक्फोर्ड विश्वविधालयका छन्, नेपालको विगत ७० वर्षदेखि कुन चाहिँ प्रधानमन्त्री हामले कुन चाहिँ पायौँ ? तपाईंले कहिले विस्थापित हुने अति निराश भइसक्यौँ हामी ४ चोटी ५ चोटी प्रधानमन्त्रीको लागि मात्र प्रधानमन्त्री होइन, जनताको लागि तपाईं प्रधानमन्त्री कहिले कहिले हुने ?

शेरबहादुर देउवा : हेर्नुस्.., नेपालमा जस्तो विद्यालय छ, त्यही पढ्ने हो नि ।

 सागर ढकाल  : विद्यालय होइन, मैले भन्न खोजेको…।

शेरबहादुर देउवा :  हेर्नुस्, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ…। 

बाँकि रह्यो दाबीसहितको सामग्रीमा देखिने अडियोको सन्दर्भ । उक्त भिडियोको सन्दर्भ पत्ता लगाउन हामीले ‘सिंहदरबार शेरबहादुर देउवा’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Sutra TV HD नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

१० मे २०२३ मा पोस्ट गरिएको भिडियोसँगै युट्युब च्यानलमा दिइएको विवरण अनुसार नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताबीचको भएको छलफलपछि नेताहरु बाहिँरिदै गर्दा उक्त भिडियो खिचिएको देखिन्छ ।

सोही आकस्मिक छलफलबाट बाहिरिदै गरेका नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई संचारकर्मीले ‘दवाव दिन र अनुसन्धान प्रभावित पार्न आउनुभएको हो भन्ने छ नि?’ भन्ने प्रश्न गरेको देखिन्छ । तर, माथि उल्लेखित दाबीसहितको सामग्रीमा भनिएजस्तो प्रश्नकर्तालाई देउवाले कुनै जवाफ दिएका थिएनन् । प्रश्नकर्ता बेवास्ता गर्दै देउवा गाडीमा चढेको दृश्य मूल भिडियोमा देख्न सकिन्छ ।

उल्लेखित तथ्यबाट के पुष्टि हुन्छ भने ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने शेरबहादुर देउवाको अभिव्यक्त नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित छैन । पाँच वर्ष पूरानो र फरक सन्दर्भको घटनाको अडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक सामग्री उत्पादन गरिएको पाइयो र सोहि सामाग्री अहिले सामाजिक संजालमा फैलिएको छ ।

निष्कर्ष

पूराना र फरक सन्दर्भका दृश्य र अडियो जोडेर तयार पारिका भ्रामक सामग्रीलाई सामाजिक संजालमा फैलाइएको पाइयो । ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने शेरबहादुर देउवाको अभिव्यक्ति नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित छैन । पाँच वर्ष पूरानो र फरक सन्दर्भको घटनाको अडियोलाई नक्कली शरणार्थी प्रकरणसँग जोड्दै भ्रामक सामग्री तयार पारिएको छ । अर्कोतर्फ अर्को दाबीसहितको सामग्रीमा भनिएजस्तो ‘निर्दोश जनतालाई न्याय दे, आरजु भाउजु मुर्दावाद’ ‘सेरवा देउवा मुर्दावाद’ लगायतका नाराहरू नेपाली कांग्रेसको १४औँ महाधिवेशन लगाइएको थिएन । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Bbc
EKagaj
Sutra TV HD
Sajha Sawal
OnlinePana


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage