Tuesday, December 16, 2025

Fact Check

Fact Check: राजेन्द्र लिङ्देनले राजतन्त्रको मुद्दा त्यागेका हुन्? शहीद दिवसको पोस्ट बन्यो भ्रामक 

Written By Aakash Chhetri
Feb 1, 2024
banner_image

Claim

image

Fact

image

दाबी: राजेन्द्र लिङ्देनले ‘राजतन्त्रको मुद्दा त्यागेको’ दाबी ।
तथ्य: शहीद दिवसका अवसरमा चार शहीदलाई श्रद्धान्जली व्यक्त गरिएको सामाजिक संजाल पोस्टमा भ्रामक दाबी जोडिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘राजतन्त्रको मुद्दा त्यागेको’ दाबी गरिएको छ । 

Santosh Bhattarai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा राजेन्द्र लिङ्देनको सामाजिक संजाल पोस्ट गरेको स्क्रिनसट जोडिएको छ । साथै राजेन्द्र लिङ्देनले ‘राजतन्त्रको मुद्दा त्यागेको’ जानकारी दिइएको छ । उक्त भिडियोको थमनेल लेखिएको छ- ‘राजेन्द्र लिङ्देनले त्यागे राजतन्त्रको मुद्दा ! रक्तपिपासु राणा, राजा र पञ्चेको सखाप पार्न नै हाँसीहाँसी मृत्यु रोजेका मस्सुर थिए ।’ 

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियो द्रुत गतिमा सामाजिक संजालमा फैलिरहेको छ । राजतन्त्र पुनर्स्थापनाको मुद्दाकै कारण परिचित नेताले ‘राजतन्त्रको मुद्दा त्यागेको’ जानकारी अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण आगामी दिनको फैलावटलाई मध्यनजर गर्दै हामीले दाबीसहितको पोस्टमाथि तथ्यजाँच गरेका छौँ ।    

तथ्यजाँच/प्रमाणीकरण

राजावादी खेमाको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष हुन्, राजेन्द्र लिङ्देन । राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष हुँदै राजावादीहरुका भएका लिङ्देन राजसंस्था पुनर्स्थापनाको पक्षमा कतिबद्ध भएर उभिने नेता मध्येका एक हुन् ।

यही सन्दर्भमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘राजतन्त्रको मुद्दा त्यागेको’ दाबी गरिएको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा राजेन्द्र लिङ्देनले शहीद दिवसका अवसरमा नेपालका चार शहीदलाई श्रद्धान्जली व्यक्त गरेका छन् । 

प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस पर्ने गर्दछ, यही अवसरमा शहीदको सम्मान स्वरुप उनीहरुलाई सम्झिने गरिन्छ । पोस्टमै देखिएको जानकारीका आधारमा हामीले राजेन्द्र लिङ्देनको फेसबुक पेज जाँच गर्‍यौँ । ३० जनवरी अर्थात् माघ १६ गते उक्त पेजमा नेपालका चार शहीदलाई तस्बिरसहित श्रद्धान्जली पोस्ट गरिएको देख्न सकिन्छ । 

फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने राजेन्द्र लिङ्देन शहीद दिवसका अवसरमा नेपालका चार शहीदलाई श्रद्धान्जली व्यक्त तस्बिर पोस्ट गरेका थिए । तर, उक्त पोस्टमा ‘राजतन्त्रको मुद्दा त्यागेको’ सन्दर्भ उल्लेख छैन ।   

अर्कोतर्फ हामीले राजेन्द्र लिङ्देनको ताजा अन्तर्वार्ता फेला पार्‍यौँ । उक्त अन्तर्वार्ता माघ १६ गते नै अनलाइन खबरमा प्रकाशित भएको थियो । उक्त अन्तर्वार्तामा राजेन्द्र लिङ्देनले खुलेरै राजसंस्था पुनर्स्थापनाको पक्षमा छलफल गरेका छन् । 

उल्लेखित तथ्य-प्रमाणहरुबाट के प्रमाणित हुन्छ भने राजेन्द्र लिङ्देन राजतन्त्र ल्यागेका छैनन् । उनी अझैपनि राजसंस्था पुनर्स्थापनाको पक्षमा कटिवद्ध रुपमा उभिएको तथ्यहरुले देखाएका छन् । 

निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘राजतन्त्रको मुद्दा त्यागेको’ दाबी भ्रामक छ । शहीद दिवसका अवसरमा नेपालका चार शहीदलाई श्रद्धान्जली व्यक्त गरिएको सामाजिक संजाल पोस्टमा भ्रामक दाबी जोडिएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, onlinekhabar.com
भिडियो, Onlinekhabar
राजेन्द्र लिङ्देन, facebook


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage