Saturday, December 13, 2025

Fact Check

विश्वकप उद्घाटन समारोहको मन्चमा बालेन पुगेको दाबी, यस्तो छ वास्तविकता

Written By Aakash Chhetri
Nov 24, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजाल फेसबुकमा एउटा सामग्री फेला परेको छ । एउटा तस्बिरमा स्ट्याटस लेखेर पोस्ट गरिएको उक्त सामग्री केही मानिसहरु देखिएका छन् । तस्बिरमा देखिने स्टेजमा बसेका मानिसहरु मध्ये एक जना व्यक्ति नेपालस्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) रहेको दाबी गरिएको छ । 

Troll Cricket Nepal नामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त तस्बिर कतारमा चलिरहेको फिफा विश्वकप २०२२ को उद्‍घाटन सत्रको हो । त्यहाँ एक व्यक्तिको अनुहारमा राताे चिन्हसमेत लगाइएको छ । तस्बिरसँगै पोस्ट गरिएको स्ट्याटसमा मेयर बालेन साह विश्वकपको उद्घाटन समारोहमा देखिएको दाबी गरिएको छ । प्रस्तुत तस्बिरसँगैकाे स्ट्याटसमा अंग्रेजी भाषामा लेखिएको छ,‘हाम्रा बलेन साहलाई विश्वकपको उद्घाटन समारोहमा देख्दा गर्व लाग्यो ।’

प्रस्तुत सामग्रीलाई ३६ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै करिब ५ सय फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेको यस पोस्टलाई ८ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक रहेको छ ।

 आगामी दिनमा उक्त सामग्री झनै द्रुत गतिमा फैलिन सक्ने परिस्थितिलाई आँकलन गर्दै हामीले तथ्यजाँच गर्ने जमर्को गरेका छौँ । दाबीसहितको तस्बिरमा देखिएका व्यक्ति बालेन साह नै हुन् त ? हामीले तस्बिरको वास्तविकता पत्ता लगाउने कोशित गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

हामीले जाँच सुरु गर्दा सबैभन्दा पहिले तस्बिरको वास्तविकता पत्ता लगाउने जमर्को गर्‍यौँ । माथि दाबीसहितको स्ट्याटसमा ‘विश्वकपको उद्घाटन समारोह’ भनिएपनि हामी आफै एकपटक विश्वस्त हुन चाह्यौँ । जसका लागि हामीले युट्युबमा ‘world cup opening ceremony speech’ वाक्यांश सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप हामीले केही भिडियो क्लीपहरु फेला पार्‍यौँ । जसमध्येको एउटा क्लीप Al Arabiya English युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो । ३ दिनअघि अर्थात् २० नोभेम्बरमा पोस्ट गरिपएको उक्त भिडियोमा देिखएको दृश्य र फेसबुकमा पोस्ट गरिएको तस्बिरमा एउटै आकृति देखिएको छ ।

भिडियोमा देखिएको दृश्य कतार विश्वकप २०२२ को उद्घाटन समारोहमा कतारका अमिर सेख तमिम विन हमाम अल थानीले सम्बोधन गरिएको देखिन्छ । सोही युट्युब च्यानलमा भिडियोबारे जानकारी दिँदै  लेखिएको छ – ‘कतार नेता विश्वकप २०२२ को उद्घाटन समारोहको उद्घाटन गर्दै यसो भन्छन् ।’ 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा फैलाइएको तस्बिर कतार विश्वकप कै हो । अब हामीले कतारका अमिरभन्दा माथिल्लो पट्टीको बसेका व्यक्तिको परिचय पत्ता लगाउनुपर्नेछ । किनकि ती व्यक्तिलाई नै फेसबुकमा बालेन साह भन्दै फैलाइएको छ ।

तस्बिरमा देखिएका व्यक्तिले फाैजी पोसाक लगाएको देखिन्छ । यही दृश्यलाई आधार मान्दै हामीले कतारका विभिन्न सुरक्षा निकायहरू र तिनिहरूका प्रमुखबारे जानकारी लियौँ । यसबाट हामीले के कुरा पत्ता लगायौँ भने तस्बिरमा देखिएका व्यक्ति बालेन साह नभई मेजर जनरल हज्जा बिन खलील अल शाहवानी हुन् । (स्रोत १, स्रोत २ )

कतार अमिरी गार्ड कतारी सशस्त्र बलको एक विशिष्ट सैन्य सुरक्षा इकाई हो । मेजर जनरल हज्जा बिन खलील अल-शाहवानी अमिरी गार्ड कमाण्डर हुन् । 

कतार विश्वकपको उद्घाटन समारोहमा मेजर जनरल हज्जा बिन खलील अल-शाहवानी पनि सहभागी भएको देखिन्छ र उनै देखिएको दृश्यलाई बालेन साह भन्दै भ्रामक बनाएर सामाजिक संजालमा फैलाइएको पाइयो । 

निष्कर्ष

कतार विश्वकपको उद्घाटन समारोहमा काठमाडौँ महानगरका बालेन साह उपस्थित भएका थिएनन् । तस्बिरमा देखिएका व्यक्ति अमिरी गार्ड कमाण्डर मेजर जनरल हज्जा बिन खलील अल शाहवानी हुन् । उनैको तस्बिरलाई बालेन साहको भन्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको देखियो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Al Arabiya English

koreatimes.co.kr

Government Communications Office


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage