Saturday, December 13, 2025

Fact Check

Fact Check: के काठमाडौँका मेयर बालेन शाह प्रधानमन्त्रीबाट हटाइएका प्रचण्डलाई भेट्न पुगेका हुन्?   

Written By Aakash Chhetri
Jul 15, 2024
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्रीबाट हटाइने बित्तिकै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरका मेयर बालेन शाह भेट्न पुगेको दाबी (समाचार स्क्रिनसट)
तथ्य:  २०७९ सालमा प्रकाशित समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बालेन शाहसँग सम्बन्धित एउटा तस्बिर सहितको पोस्ट सामाजिक संजालमा भेटिएको छ । उक्त पोस्टमा प्रधानमन्त्रीबाट हटाइने बित्तिकै प्रचण्डलाई भेट्न बालेन शाह उनको निजी निवास पुगेको दाबी गरिएको छ । 

Chawaassai नामक टिकटक आइडीमा एउटा समाचार सहितको पोस्ट देख्न सकिन्छ । उक्त समाचारमा ‘प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह’ शिर्षकसँगै निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिर राखिएको छ । 

साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्रीबाट हटाइने बित्तिकै बालेन पुगे प्रचण्डलाई भेट्न, भावुक हुँदै बालेनले भने-साँच्चै राम्रो काम, भ्रष्टाचारका फाइल खोल्न थाल्दा हटाइनु भयो भन्दै भए भावुक ।’   

२०२४ जुलाई १३ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब दुई हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । के प्रचण्ड प्रधानमन्त्रीबाट हटेसँगै उनलाई भेट्न बालेन शाह निजी निवास पुगेका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

२८ असार २०८१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनी प्रधानमन्त्रीबाट स्वतः पदमुक्त भएका थिए । यही क्रममा ३० असार २०८१ मा संविधानको धारा ७६ (२) अनुसार  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदबाट बाहिरिएको सन्दर्भमा निवर्तमान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालेन शाह उनको निजी निवास पुगेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । दाबीसहितको सामग्रीमा सामाचारको एउटा स्क्रिनसट पनि जोडिएको छ । 

जाँचका क्रममा हामीले सबैभन्दा पहिले सोही समाचार स्क्रिनसटको शिर्षक ‘प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह’ लाई गुगलमा सर्च गर्‍यौँ । यसको नतिजास्वरुप newsofnepal.com संचार माध्यममा प्रकाशिस समाचार फेला पर्‍यो ।

२१ जेष्ठ २०७९ मा प्रकाशित समाचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेको जानकारी दिइएको छ । यही पुरानो समाचारको स्क्रिनसटलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको हो ।  

त्यस्तै himalkhabar.com ले पनि सोही तस्बिरसहितको सामाचार २१ जेठ २०७९ मा पोस्ट गरेको पाइयो । उक्त समाचार अनुसार काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन शाह विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गरिरहेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगसमेत भेटघाट गरेका थिए । 

निष्कर्ष

प्रधानमन्त्रीबाट हटाइने बित्तिकै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरका मेयर बालेन शाह भेट्न पुगेको दाबी भ्रामक छ । २०७९ सालमा प्रकाशित समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

समाचार, himalkhabar.com
समाचार, newsofnepal.com 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage