Monday, December 15, 2025

Fact Check

Fact Check: इलाम-२ को उपनिर्वाचनसँग जोडियो सात वर्ष पहिले प्रचण्ड बोलेको भिडियो

Written By Aakash Chhetri
Apr 2, 2024
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्रीको भाषणलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसँग जोड्दै उनलाई माओवादीले विरोध गर्नुको कुनै ‘तुक’ नरहेको दाबी । 
तथ्य: इलाम-२ मा हुन लागेको उपनिर्वाचनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडिएको भिडियो वर्तमान सन्दर्भको होइन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इलाम-२ मा हुन लागेको उपनिर्वाचनसँग जोडिएको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । प्रचण्डको उक्त भाषणलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसँग जोड्दै उनलाई माओवादीले विरोध गर्नुको कुनै ‘तुक’ नरहेको दाबी गरिएको छ ।

नन्दु रोका मगर नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको अवस्थामा देखिएका छन् । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘इलाम-२ मा मिलन लिम्बू रास्वपामा गयो भनेर माओवादीहरुले अवसरवादी भयो भनेर विरोध गर्नुको कुनै तुक छैन ।’   

दुई दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीलाई करिब पाँच सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । उपनिर्वाचनका सन्दर्भमा पोस्ट गरिएको उक्त दाबीसहितको भिडियो संवेदनशील छ । त्यसैले हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषणको वास्तविक सन्दर्भ पत्ता लगाउन तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणिकरण

१५ वैशाख (२०८१) मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मिलन लिम्बू उम्मेदवार बनेका छन् । माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बने ।  

इलाम-२ मा हुने उपनिर्वाचनको यही सन्दर्भमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिएको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोको सन्दर्भ जाँचका क्रममा हामीले  ‘प्रधानमन्त्री ओली’ ‘अविश्वासको प्रस्ताव’ ‘संसद्’ ‘प्रचण्ड’ लगायतका वाक्यांश तयार पार्‍यौँ ।

प्रस्तुत वाक्यांशहरुलाई युट्युबमा जाँच गर्दा एउटा भिडियो फेला पर्‍यो । News24 Nepal टेलिभिजनको युट्युब च्यानलमा फेला परेको भिडियो सात वर्ष पहिले अर्थात् २२ जुलाई २०१६ मा पोस्ट भएको देखिन्छ । साथै भिडियोमा प्रधानमन्त्रीविरुद्ध प्रचण्डद्वारा संसद् बैठक अविश्वास प्रस्ताव पेश गरेको जानकारी दिइएको छ ।

जुलाई २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका राजनीतिक दलले संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सोही अविश्वास प्रस्तावलाई सदनमा पेश गर्दै तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए । 

सोही सात वर्ष पूरानो राजनीतिक घटनासँग सम्बन्धित भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

निष्कर्ष

इलाम-२ मा हुन लागेको उपनिर्वाचनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडिएको भिडियो वर्तमान सन्दर्भको होइन । सात वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, News24 Nepal 
समाचार, BBC Nepali
समाचार, Nepalkhabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage