Monday, December 15, 2025

Fact Check

Fact Check: प्रधानमन्त्रीलाई स्वागत गर्न युएइका प्रतिनिधि विमानस्थल नआएको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता  

Written By Aakash Chhetri
Dec 26, 2023
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का कुनै प्रतिनिधि नआएको र नेपालीलाई नै अरबी पोषाक लगाएर स्वागत गर्न ल्याएको दाबी ।
तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीको टोलीले स्वागत गरेको थियो ।

सामाजिक संजालमा एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का कुनै प्रतिनिधि नआएको र नेपालीलाई नै अरबी पोषाक लगाएर स्वागत गर्न ल्याएको दाबी गरिएको छ । 

Bhuwan नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका व्यक्तिहरू हवाईजहाजबाट ओर्लिरहेको तस्बिर जोडिएको छ । साथै प्रधानमन्त्रीलाई स्वागत गर्न युएइका कुनै प्रतिनिधि नआएपछि नेपालीलाई नै अरबी लुगा लगाएर भ्रमण टोलीलाई स्वागत गरेको दाबी गरिएको छ । 

दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ- ‘प्रचण्डलाई स्वागत गर्न युएइका कुनै प्रतिनिधि नआएपछि एक जना नेपालीलाई नै अरबी लुगा लगाउन लगाएर स्वागत गर्न ल्याएको भन्ने हल्ला रहेछ बजारमा ।’

प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । अर्कोतर्फ प्रस्तुत दाबी नेपालका प्रधानमन्त्रीको विदेश भ्रामणसँग सम्बन्धित रहेकाले हामीले उक्त दाबीमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली १४ मंसिर २०८० मा संयुक्त अरब इमिरेट्स (युएइ) पुगेको थियो । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागीका लागि प्रधानमन्त्री प्रचण्ड बिहान करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

यही सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का कुनै प्रतिनिधि नआएको र नेपालीलाई नै अरबी पोषाक लगाएर स्वागत गर्न ल्याएको दाबी गरिएको छ । दाबीसहितको पोस्टलाई नियाल्दै गर्दा सबैभन्दा पहिले हामीले त्यस दिनको भिडियो जाँच गर्ने कोशिस गर्‍यौँ ।  

भिडियोको जाँच गर्नुअघि हामीले ‘PM Prachanda’ ‘UAE Airport’ लगायतका वाक्यांशहरुलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Nepal Raibar नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । 

३० नोभेम्बर २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली विमानबाट ओर्लिरहेको देख्न सकिन्छ । साथै भिडियो शिर्षक राखिएको छ- ‘Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ in Dubai प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबईमा’ ।  

फेला परेको भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको देखिन्छ । साथै भिडियोमा संयुक्त अरब इमिरेट्स (युएइ)को स्थानीय पोषाक लगाएका व्यक्तिले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् । 

दाबीसहितको पोस्टमा भनिए जस्तो प्रधानमन्त्रीलाई स्वागत गर्न आएका र अरबी पोषाकमा देखिएका व्यक्ति नेपाली हुन् त ? यही प्रश्नको जाँच गर्न हामीले पुन: गुगलमा ‘PM Prachanda’ ‘UAE Airport’ लगायतका वाक्यांशलाई सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप नेपालको सरकारी संचार माध्यम Rising Nepal Daily मा प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

३० नोभेम्बर २०२३ मा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे १ बजे नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सी लगायतको टोलीले स्वागत गरेको थियो ।

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री प्रचण्डलाई युएइमा स्वागत गर्न स्थानीय प्रतिनिधिका रुपमा नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सी लगायतको टोली विमानस्थल पुगेको थियो । माथि उल्लेखित दाबीसहितको सामग्री भ्रामक छ । 

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का कुनै प्रतिनिधि नआएको र नेपालीलाई नै अरबी पोषाक लगाएर स्वागत गर्न ल्याएको दाबी भ्रामक छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शम्सीको टोलीले स्वागत गरेको थियो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, Rising Nepal Daily
भिडियो, Nepal Raibar
समाचार, Onlinekhabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage