Saturday, December 13, 2025

Fact Check

भूकम्प सम्बन्धी भ्रामक भिडियोहरू भाइरल, ‘भर्खरै ठूलो भूकम्प’ भन्दै पुराना दृश्यका साथ गलत दाबी

Written By Aakash Chhetri
Oct 29, 2021
banner_image

Claim

image

Fact

image

पछिल्लो समय सामाजिक संजालमा केही भिडियोहरू फैलिरहेका छन्। उक्त भिडियोहरूमा नेपालमा ठूलो भूकम्प गएको र अझै ठूलो भूकम्प जानेसमेत दाबी गरिएको छ। जसमध्येको एउटा भिडियो वकिल आलम नामक टिकटक प्रयोगकर्ताले बुधबार पोस्ट गरेका छन्। भिडियोको थमनेलमा लेखिएको छ,‘भर्खरै नेपालको दोलखामा ठूलो भूकम्प।’

पोस्ट भएको २४ घण्टामै उक्त भिडियोमाथि करिब १ लाख ८० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन्। ३७ हजारभन्दा बढीले सेयर गरेका छन् भने १९ हजारभन्दा बढी प्रयोगकर्ताले भिडियोमा आफ्नो मत राखेका छन्। 

त्यस्तै नेपालमा ठूलो भूकम्प जाने दाबी गर्ने अर्को भिडियो पनि टिकटकमा पोस्ट भएको छ। बुधबार दिपेन नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको उक्त भिडियोमा कम्पनले जमिन हल्लिरहेको दृश्य देखिन्छ। उक्त भिडियोमाथि २४ घण्टामा करिब २ हजारले रियाक्ट गरिसकेका छन् भने करिब डेढ सय प्रयोगकर्ताले सेयर गरिसकेका छन्। भिडियोको थमनेलमा लेखिएको छ,‘नेपालमा जुनसुकै बेला ठूलो भूकम्प आउन सक्ने, आज गोर्खामा गयो हेर्नुस्।’

भर्खरै नेपालमा ठूलो भूकम्प गएको र अझैँ ठूलो भूकम्प जाने दाबी गर्ने यी दुई भिडियो दाबी सही छ कि छैन भनेर हामीले तथ्यजाँच गरेका छौँ। जसको नतिजा भिडियोको दाबीसँग मिल्दैन।

टिकटककम फैलिएका दुई भिडियो।

तथ्य जाँच / प्रमाणीकरण

२०७२ वैशाख १२ गते नेपालमा ठूलो भूकम्प गएको थियो। जसलाई महाभूकम्प भनियो। नेपालको गोरखा जिल्लास्थित बारपाक केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पको मापन ७ रेक्टर स्केलभन्दामाथि गरिएको थियो। त्यतिबेला गएको महाभूकम्पका पराकम्पनहरू अहिलेसम्म रोकिएका छैनन्।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार कत्तिक १ गतेदेखि १० गतेको बिचमा भूकम्पका पाँचवटा पराकम्प गएका थिए। यी पराकम्पहरू ४ देखि ५ रेक्टर स्केलको बिचमा मापन गरिएको छ। यसबाट के प्रस्ट हुन्छ भने अहिले पनि नेपालका विभिन्न भू-भागमा भूकम्प गइरहेका छन्।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबाट प्राप्त भूकम्पको विवरण।

यसबाट के प्रस्ट हुन्छ भने नेपालमा भूकम्प जाने क्रम रोकिएको छैन। तर, सामाजिक संजालमा फैलिरहेका भिडियोहरुले भने भ्रामक सन्देश दिएका छन्। माथि राखिएको पहिलो भिडियोमा  भर्खरै दोलखामा ठूलो भूकम्प गएको दाबी गर्दै एउटा केही दृश्यहरूसमेत चलाइएको छ। तर, पछिल्लो दुई महिनामा दोलखा जिल्लालाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको देखिँदैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरण अनुसार भदौ २७ गते दोलखामा केन्द्रबिन्दू बनाएर ४‍ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो।

भर्खरै राखिएको भिडियोमा  ‘भर्खरै दोलखामा ठूलो भूकम्प’ भन्ने दाबी गलत छ। त्यस्तै सोही भिडियोमा जमिन कम्पनको दृश्यसमेत राखिएको छ। भिडियोमा दाबी गरे अनुसार यो दृश्य ‘भर्खरै’को पनि होइन र दोलखा जिल्लाको पनि होइन्। भिडियोमा देखिएको दृश्य २०७२ सालमा महाभूकम्प जाँदाको हो। द इभेन्ट रेकर्डर नामक युट्यूब च्यानलले यो भिडियो २०१५ मा पहिलोपटक पोस्ट गरेको थियो। भिडियोमा काठमाडौँभित्र चल्ने सफा टेम्पोसमेत कैद भएको देखिन्छ। यो दृश्य २०७२ सालमा भूकम्प जाँदाको हो। यो दृश्य दोलखाको नभइ काठमाडौँको हो। त्यही दृश्यलाई पछिल्लो समय दोलखाको भन्दै सामाजिक संजालमा भ्रामक ढंगले प्रस्तुत गरिएको छ। 

सक्कली भिडियो।

दोस्रो भिडियोमा गरिएको दाबी पनि सही छैन। नेपालमा ठूलो भूकम्प जाने चेतावनी दिँदै ‘आज गएको भूकम्पको दृश्य’ हेर्न अनुरोध गरिएको छ। तर, भिडियोमा दाबी गरेजस्तो यो दृश्य ‘आज’ (टिकटक पोस्ट गरेको दिन)को भने होइन। यो भिडियो पनि २०७२ सालमा महाभूकम्प जाँदाको हो। यो दृश्य गोरखाको पनि होइन्।

यो भिडियो ‘yetifootprints’ नामक युट्यूब च्यानलले सन् २०१५ मा पोस्ट गरेको थियो। उक्त युट्यूब च्यानलका अनुसार महाभूकम्पको कम्पनबाट काठमाडौँको कपनस्थित सात तले भवन ढल्दैगर्दा यो भिडियो खिचिएको हो। पहिलो झट्कामै ढलेको यो भवन त्यतिबेला चर्चामा थियो।

सक्कली भिडियो।

दुवै भिडियोमा नेपालमा ठूलै भूकम्प जाने दाबीसमेत गरिएको छ। नेपाललाई जतिबेला पनि भूकम्प जान सक्ने क्षेत्रको रुपमा वैज्ञानिकहरूले व्याख्या गरेका छन्। भूकम्प र त्यसका पराकम्पहरू अझैँ पनि नरोकिएको पुष्टि हामीले माथी नै गरिसकेका छौँ। तर, भविश्यमा जाने भूकम्प कति ठूलो हुन सक्छ भन्ने अनुमान पुष्टि भइसकेको छैन। 

निष्कर्ष : 

भिडियोमा प्रयोग गरिएका दृश्य दाबी अनुसार छैनन्। अर्कै सन्दर्भका दृश्यहरू ‘भर्खरै’ भनेर सामाजिक संजालमा भ्रामक ढंगले फैलाइएको देखिन्छ। अर्कोतिर ठाउँको नामै तोकेर ठूलो भूकम्प गएको दाबी गर्ने र जाँदैछ भनेर यस्ता पूराना दृश्यहरू देखाउने भिडियोहरू भ्रामक छन्।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Nepal Earthquake – Visible Lateral Ground Movement

Nepal Earthquake – Visible Lateral Ground Movement

बीबीसी नेपाली

नागरिक न्युज डटकम

अनलाइन खबर डटकम

राताेपाटी डटकम


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage