Monday, December 15, 2025

Fact Check

Fact Check: काठमाडौँमा ढल सफा भइरहेको भन्दै अमेरिकाको पूरानो भिडियो टिकटकमा फैलाइयो 

banner_image

Claim

image

Fact

image

दाबी: बागमती, विष्णुमती, टुकुचा खोलामा रहेको ढल मेसिनमार्फत् सफा भइरहेको छ ।
तथ्य: बागमती, विष्णुमती, टुकुचाको ढल सफा गरिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो अमेरिकास्थित बाल्टिमोर शहरको हो । 

सामाजिक संजालमा एउटा भिडियो सहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा एउटा मेसिनले खोलामा रहेका फोहरहरु सफा गरिरहेको देखिन्छ । बागमती, विष्णुमती, टुकुचा खोलामा रहेको ढल सफा भइरहेको दाबी पनि यो भिडियोमा गरिएको छ ।

Samiksha नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा खोला/नहरको दृश्य देख्न सकिन्छ । त्यहाँकाे पानीमा रहेका फाेहरलाई डुङ्गा आकारको एउटा सफाइ मेसिनले सफा गरिरहेको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘बागमती, विष्णुमती, टुकुचाको ढल सफा गरिँदै ।’

पोस्ट गरिएको एक दिनमै भिडियोमा ६० भन्दा बढी टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् । जसमध्ये अधिकांश टिकटक प्रयोगकर्ताले काठमाडौँ महानगरका मेयर बालेन शाहले राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् । यही अवधीमा उक्त भिडियोमा दुई हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् भने ३० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

आगामी दिनमा उक्त भिडियोसहितको सामग्री झनै द्रुत गतिमा फैलिनसक्ने देखिएको छ । काठमाडौँका खोलाहरुमा ढल सफा भइरहेको सन्देश दिन खोजिएको भिडियो काठमाडौँकै हो त? प्रस्तुत प्रश्नमा केन्द्रीत रहेर हामीले तथ्यजाँच गरेका छौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

पछिल्लो समय काठमाडौँ महानगरका मेयर बालेन शाह युवाहरूमाझ चर्चामा छन् । यही सन्दर्भमा बागमती, विष्णुमती, टुकुचा खोलामा रहेको ढल मेसिनमार्फत् सफा गर्न थालिएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ । उक्त भिडियो काठमाडौँको हो कि फरक सन्दर्भको हो भन्ने तथ्य पत्ता लगाउन हामीले तथ्यजाँच सुरु गर्‍यौँ ।

जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘Trash Skimmer Boat’ ‘Kathmandu Metropolitan City’ ‘Bagmati Khola’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । विभिन्न तरिकाले पटकपटकको सर्चपछि हामीले केही नतिजा फेला पार्‍यौँ । सर्चका क्रममा Adam Lindquist नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो पनि भेटियो ।    

१० वर्षअघि अर्थात् १२ अप्रिल २०१३ मा पोस्ट गरिएको उक्त भिडियो र सामाजिक संजालमा फैलाइएको भिडियोबीच धेरै समानता पाइयो । तर, हामीले किवर्ड सर्च गरेर फेला पारेको उक्त भिडियो नेपालको नभई संयुक्त राज्य अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोर शहरको हो ।भिडियोसँगै दिइएको जानकारी अनुसार १२ अप्रिल २०१३ को वर्षा कारण जोन्स फल्स र बाल्टिमोर बन्दरगाहमा फोहोर भएपछि फोहर सोर्ने डुङ्गाहरू ल्याइएको थियो ।  जोन्स फल्स र बाल्टिमोर बन्दरगाहको फोहोर सोर्ने काम चलिरहेका बेला उक्त भिडियो खिचिएको थियो ।

प्रस्तुत तथ्य फेला परेपछि के पुष्टि हुन्छ भने भिडियोमा देखिएको सरसफाईको काम नेपालको नभई अमेरिकाको पूरानो दृश्य हो । ‘बागमती, विष्णुमती, टुकुचाको ढल सफा गर्न उक्त मसिनको प्रयोग गरिएको छैन । 

निष्कर्ष

काठमाडौँस्थित बागमती, विष्णुमती, टुकुचाको ढल सफा गरिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो नेपालको होइन । १० वर्ष अगाडि संयुक्त राज्य अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोर शहरमा खिचिएको भिडियोलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : गलत 

हाम्रा स्रोतहरू

Adam Lindquist


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage