Thursday, December 11, 2025

Coronavirus

‘लकडाउन हुने’ दाबी गर्दै ९ महिनाअघिको समाचार सामाजिक संजालमा फैलियो

banner_image

Claim

image

Fact

image

नेपालमा  ‘लकडाउन हुने’ सूचना दिँदै केही सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । ती सामग्रीहरुमा टेलिभिजन समाचारको अंश राखेर बनाइरहेका टिकटक भिडियोहरूसमेत रहेका छन् । 

न्युज२४ टेलिभिजनले तयार पारेको एउटा समाचार बुलेटिनको अंश मंगलबार #Lollipopprince नामक टिकटक आइडीमा पोस्ट भयो । उक्त समाचारको अंशले लकडाउन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश हुन लागेको जानकारी दिइएको छ । समाचार वाचिकाले समाचार पढ्दै भनेकी छन् – 

“कोरोना संक्रमण नियन्त्रण बाहिर गएको भन्दै कम्तिमा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव, सीसीएमसीद्वारा निर्णयार्थ प्रधानमन्त्रीसमक्ष पेश, सर्वसाधारण लकडाउनको विपक्षमा”

पोस्ट भएको एक साता नबित्दै यो सूचना सामाजिक संजालमा आगोजसरी  फैलिरहेको छ । तीन दिनमै यो भिडियोमाथि करिब ६४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै पाँच सयभन्दा बढी प्रयोगकर्ताले कमेन्ट गरेको यो भिडियोलाई १८ सयभन्दा बढीले सेयर गरिसकेका छन् ।   

सोही ‘लकडाउन हुने’ अडियो सूचनालाई राखेर तयार पारिएको अर्को भिडियो पनि टिकटकमा फैलिरहेको छ । #ApsaraKhadka नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोको थमनेलमा पनि ‘चार साता लकडाउन हुने भयो है’ भन्ने सूचना राखिएको छ । 

पोस्ट भएको तीन दिनमै उक्त भिडियोमाथि ३३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ४ सयले उक्त भिडियोलाई सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुने भने ‘लकडाउन हुने’ अडियोसहितको सूचनाप्रति आम सामाजिक संजाल प्रयोगकर्ताको चासो छ, जसको कारण यो सूचना द्रुत गतिमा फैलिरहेको छ ।     

यतिमात्र होइन, सोही अडियो सूचनाबाट थुप्रै भिडियोहरू बनेका छन् । ‘लकडाउन हुने’ अडियो सूचनाबाट तयार पारिका टिकटक भिडियोहरू देखिने स्क्रिनस्ट हेर्नुहोस् :

तथ्य जाँच र प्रमाणीकरण

नेपालमा कोभिड-१९को ओमिक्रोन नामक नयाँ भेरिन्टको संक्रमण बढ्दो छ । यो अवस्थालाई मध्यनगर गर्दै सरकारले संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरिसकेको छ । हेर्नुहोस्, कोभिड आदेशपछि के गर्न पाइन्छ, के गर्न पाइँदैन ? 

यही संकटपूर्ण परिस्थितिको वरिवरी सामाजिक संजालमा ‘लकडाउन हुने’ अडियो सूचनासहितका सामग्रीहरू फैलाइएको छ । लकडाउन हुन लागेको हो कि हैन भन्ने कुरामा आम सामाजिक संजाल प्रयोगकर्ता अलमलिएपछि यी भिडियोमाथि तथ्यजाँच गरिएको छ ।

सबैभन्दा पहिले विषय प्रवेश हुन्छ, न्युज २४ टेलिभिजनले तयार पारेको समाचारको मूल स्रोतबाट । यसका लागि हामीलाई करिब पछिल्लो एक वर्षका समाचार बिन्नुपर्‍यो । जसबाट ९ महिना अगाडि News24 Nepal युट्युब च्यानलमा पोस्ट गरिएको मर्निन न्युज फटाफट नामक बुलेटिन प्राप्ट भयो । 

‘लकडाउन हुने’ अडियो सूचनाको मूल स्रोत :

सोही बुलेटिनको अंश नै पछिल्लो समय टिकटकमा फैलिएको ‘लकडाउन हुने’ सूचनासहितको अडियो/भिडियो हो । यसबाट के पुष्टि हुन्छ भने ९ महिना अगाडिको ‘लकडाउन हुने’ समाचारलाई अहिलेको उस्तै सन्दर्भमा फैलाइएको छ ।

यसबाट प्रश्न उठ्छ, अहिलेको अवस्था र सन्दर्भ के हो त ? कोभिड-१९ को संक्रमण तिब्र भएपनि सरकारले लकडाउन वा पूर्ण निषेधाज्ञन लगाउनतर्फ कुनै तयारी गरेकोजस्ते आधिकारिक अभिव्यक्ति सार्वजनिक भएको छैन । अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई लकडाउनका लागि आधिकारिक रुपमा सिफारिस गरेको पनि छैन ।

तर, कोभिड-१९ संक्रमणबाट सतर्कता अपनाउन सबै सरकारका सबै अंग र निकायले आम नागरिकलाई आग्रह गरिरहेका छन् । यसअर्थ माथि फैलाइएको सूचना अहिलेको नभएका कारण भ्रामक बनेको छ ।

निष्कर्ष : 

सामाजिक संजालमा ९ महिना पूरानो समाचारको अंशलाई भ्रामक तरिकाले फैलाइएको छ । नेपालमा कोभिड-१९ संक्रमणदर बढेपनि लकडाउनको आधिकारिक सूचना वा सिफारिस सार्वजनिक भएको छैन । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

नयाँ पत्रिका दैनिक : कोभिड आदेश : के गर्न पाइन्छ, के गर्न पाइँदैन ? 

न्युज २४ टेलिभिजन : MORNING NEWS FATAFAT 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage