Wednesday, December 10, 2025

Coronavirus

Fact Check: चिनियाँ नागरिकले जिउँदा किरा-फट्याङ्ग्रा खाँदा कोभिड-१९ फैलिएको हो? 

banner_image

Claim

image

Fact

image

दाबी: चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलियो ।
तथ्य: चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी वैज्ञानिक प्रमाणहरूबाट पुष्टि हुँदैन ।

सामाजिक संजालमा एउटा मानव स्वास्थ्यसँग सम्बन्धित सामग्री फेला परेको छ, जसमा चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी गरिएको छ । 

Kissland Ramechhap KR नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एक महिला देखिएकी छन् र उनले जिउँदा किरा-फट्याङ्ग्रा सेवन गरिरहेकी छन् । यही सामग्रीको क्याप्सनमा चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर सन्देश दिन खोजिएको छ ।

क्याप्सनमा लेखिएको छ- ‘चाइनाको मान्छेहरू यस्तो किरा फट्याङ्ग्रा खान्छन् अनि कोरोना भाइरस नआएर के आउँछ त ।’  हामीले तथ्य-जाँचका क्रममा यो दाबी भ्रामक रहेको पाएका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी वैज्ञानिक प्रमाणहरूबाट पुष्टि हुँदैन । 

नोभेल कोरोना भाइरस सार्स-कोभ-२ (Sars-CoV-2) का कारणले कोभिड-१९ रोग मानिसमा लाग्ने गदर्छ । यो भाइरस मुख्य रूपमा चमेरो लगायतका स्तनधारी जनावरहरूमा संक्रमण हुने गरेको पाइन्छ । सार्स-कोभ-२ (Sars-CoV-2) को उत्पत्ति र संक्रमणबारे प्रयाप्त अनुसन्धान हुने क्रममै छ । तर, यो भाइरस सम्भवतः जनावरको स्रोतबाट उत्पन्न भएको र त्यसपछि मानिसमा फैलिएको अनुमान गर्ने गरिन्छ । 

कोभिड-१९ को प्रारम्भिक माहामारी चिनियाँ शहर वुहानको समुद्री खाना बजारबाट सुरु भएको थियो, जहाँ विभिन्न जीवित जनावरहरूको बेचबिखन गरिन्थ्यो । वैज्ञानिकहरुले यस तथ्यबाट कोभिड-१९ भाइरस जनावरबाट मानिसमा जुनोटिक स्पिलओभरमार्फत् सरेको हुन सक्ने अनुमान लगाएका हुन् ।यद्यपि, यसको पर्याप्त वैज्ञानिक अनुसन्धान भने टुंगिएको छैन ।  

सार्स-कोभ-२ को संक्रमण सुरुमा श्वासप्रश्वासका थोपाहरूमार्फत् हुन्छ, जब संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा अरूसँग नजिक रहेर कुरा गर्दा यो भाइरस सर्ने गर्दछ । संक्रमित व्यक्तिका थुकका थोपाहरू नजिकका व्यक्तिहरूले फेर्ने सासमार्फत् शरीरभित्र प्रवेश गर्दा भाइरस संक्रमण हुन्छ । भाइरस रहेका दूषित सतहहरू वा वस्तुहरूलाई छोएर अनुहार र विशेष गरी आँखा, नाक वा मुख छुँदा पनि भाइरस फैलिन सक्छ ।

कोभिड-१९ को संक्रमण र फैलावटलाई बुझ्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) र अन्य विश्वव्यापी स्वास्थ्य एजेन्सीहरूले संकलन गरेका विवरणलाई अध्ययन गर्न सकिन्छ । यी संस्थाहरूले व्यापक अनुसन्धान गरेर डाटा सङ्कलन गर्छन् र भाइरसको फैलावटलाई कम गर्न प्रमाणमा आधारित निर्देशिका सार्वजनिक गर्छन् ।

वैज्ञानिक प्रमाण बिना कुनै खास खाना वा सांस्कृतिक अभ्यासलाई दोष दिनुले गलत भ्रामक प्रवाह गरेको छ । यतिमात्र होइन, यस्ता दाबीहरूले सामाजिक विभाजन र भेदभावलाई पनि बढावा दिने गर्दछ । रोग सर्ने समस्यालाई वैज्ञानिक प्रमाणका आधारमा हेर्न आवश्यक छ । वैज्ञानिक प्रमाण बिनाका निराधार धारणाहरू बनाउन वा कसैको सांस्कृतिलाई आरोपित गर्ने काममा संलग्न हुनबाट जोगिन आवश्यक छ ।

निष्कर्ष

चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलिएको दाबी वैज्ञानिक प्रमाणहरूबाट पुष्टि हुँदैन । वैज्ञानिक प्रमाण बिना कुनै खास खाना वा सांस्कृतिक अभ्यासलाई दोष दिनुले गलत भ्रामक प्रवाह गरेको छ ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Who.int
Pbs.org
Cdc.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage