Saturday, March 28, 2026

Uncategorized

Fact Check: ब्राजिलमा बालेनलाई भब्य स्वागत ? सामाजिक संजालमा फैलाइयो मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो 

Written By Aakash Chhetri
Jun 24, 2024
banner_image

Claim

image

Fact

image

दाबी: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ब्राजिलमा भब्य स्वागत गरिएको भिडियो ।
तथ्य: युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो अंशलाई मेयर बालेन शाह ब्राजिल पुगेको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सम्बन्धित पोस्टहरु सामाजिक संजालमा फेला गरेको छन् । ती पोस्टमा मेयर बालेन शाहलाई ब्राजिलमा भब्य स्वागत गरिएको भन्दै एउटा छोटो भिडियो जोडिएको छ ।

Deepaksunar364 नामक इन्टाग्राम आइडीमा पोस्ट गरिएको भिडियोमा केही व्यक्तिहरु बसेको ठाउँबाट अचानक उठेको दृश्य देख्न सकिन्छ । साथै ती व्यक्तिहरु उठेपछि मेयर बालेन शाह हिँडिरहेको दृश्य जोडिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘ब्राजिलमा भब्य स्वागत बालेन शाहलाई ।’  

प्रस्तुत दाबीसहितको रिल फेसबुकमा समेत व्यापक फैलिसकेको छ । जसलाई करिब ४२ हजार इन्टाग्राम र फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । त्यस्तै उक्त रिल १२ सय पटक सेयर भइरहेको देखिन्छ । सोही भिडियोलाई विभिन्न टिकटक प्रयोगकर्ताले समेत पोस्ट गरेका छन् ।    

के विशिष्ट व्यक्तिहरु अचानक उभिएको दृश्य काठमाडौँका मेयर बालेन शाहसँग सम्बन्धित छ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

१९-२० जुन २०२४ मा आयोजित मेट्रोपोलिस डाइरेक्टर बोर्डको बैठकमा सहभागि काठमाडौँका मेयर बालेन शाह  ब्राजिलको साओ पाउलो गएका थिए । २०८१ असार ३ गते ब्राजिततर्फ प्रस्थान गरेका उनी बैठकमा सहभागि भएर स्वदेश फर्किसकेका छन् ।

मेयर शाह मेट्रोपोलिस डाइरेक्टर बोर्ड बैठकको समूह छलफलमा पनि सहभागि भएका थिए । पोलिसी डिबेट (POLICY DEBATE) शिर्षकको समूह छलफलमा शाहले आफ्नो भनाई ४ मिनेटमा राखेका थिए ।

जाँचका क्रममा हामीले मेट्रोपोलिस डाइरेक्टर बोर्ड बैठक सबै भिडियोहरु सरसर्ती नियाल्यौँ । तर बालेन शाहलाई स्वागत गर्न विशिष्ट व्यक्तिहरु अचानक उभिएको दृश्य भेटिएन । दाबीसहितको भिडियोबाट केही स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप बालेन शाहसँग जोडिएको भिडियो यसअघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । तर, उक्त भिडियो पाकिस्तानसँग पनि सम्बन्धित भएको छैन ।  

गुगल लेन्समार्फत् जाँचको क्रममा aplusme.me संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पर्‍यो । उक्त समाचारमा मोन्टेनेग्रो देशको क्याविनेट बैठकले गरेको एउटा निर्णयबारे जानकारी दिइएको छ । साथै समाचारमा क्याविनेट बैठकको तस्बिरसमेत राखिएको छ । समाचारसँगै प्रकाशित तस्बिर दाबीसहितको भिडियोसँग मिल्दो छ ।

जाँचका क्रममा फेला परेको समाचार २० अप्रिल २०२३ मा पोस्ट गरिएको प्रकाशित भएको देखिन्छ । यही आधारमा हामीले युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकका भिडियोहरु खोज्न खोज्यौँ । Vlada Crne Gore नामक युट्युब च्यानलमा मोन्टेनेग्रो सरकारको क्याविनेट बैठक लाइभ हुने गरेको पाइयो ।

२० अप्रिल २०२३ पछि बसेका क्याविनेट बैठकका लाइभ भिडियो जाँच गर्दा ९ फेब्रुअरी २०२३ मा लाइभ गरिएको बैठकको भिडियो फेला पर्‍यो । 

यो भिडियोमा देखिएको दृश्य र काठमाडौँका मेयर बालेन शाहसँग जोडिएको दृश्य उस्तै देखिएको छ । क्याविनेट बैठकको सुरुवातमा हलका सबै उच्च पदस्थ व्यक्तिहरु उठेर एकछिन मौन धारण गर्छन् । तर, उनीहरु कसैलाई स्वागत गर्न उभिएका भने होइनन् । 

निष्कर्ष

ब्राजिलमा भब्य स्वागत गरिएको भन्दै सामाजिक संजालमा फैलाइएको दृश्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सम्बन्धित छैन । युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो अंशलाई मेयर बालेन शाह ब्राजिल पुगेको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।  

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

तस्बिर, aplusme.me 
भिडियो, Vlada Crne Gore 
भिडियो, POLICY DEBATE
समाचार, myrepublica.nagariknetwork.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage