Monday, December 15, 2025

Fact Check

एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गत अमेरिकी सेना नेपाल आएको दाबी, चार दृश्यको तथ्यजाँच

banner_image

Claim

image

Fact

image

पछिल्लो समय टिकटक प्रयोगकर्तामाझ एउटा भिडियो फैलिरहेको छ, जसमा अमेरिकी सेना धमाधम नेपाल भित्रिरहेको दाबी गरिएको छ । केही तस्बिरहरू जोडेर उक्त भिडियो बनाइएको छ र यसमा नेपाली सेना, प्रहरी र युएस आर्मीको पोशाक लगाएका व्यक्तिहरूको दृश्य देखिन्छ । भिडियोको थमनेलमा ‘नेपालमा अमेरिकी सेना धमाधम आउँदै’ लेखिएको छ ।

भिडियोमा एउटा अडियो क्लिप पनि बजिरहेको छ । जसमा स्रोतको हवाला दिँदै माथिकै दाबी दोहोर्‍याइएको सुनिन्छ । अडियोमा भिनिएको छ, नेपालमा एमसिसी पास हुनु अगावै एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गतका अमेरिकी सेनाहरू धमाधम आउन थालेका छन्, उनीहरूले विभिन्न बहानामा नेपाल प्रहरी र सेनालाई तालिम दिइरहेको विस्वस्त स्रोतले बताएको छ ।

चार दिनअघि महेश यादव नामक टिकटक आइडीमा पोस्ट गरिएको यो भिडियोमा साढे ३८ हजार प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै भिडियोमा कमेन्ट गर्ने टिकटक प्रयोगकर्ताको संख्या ६ सयभन्दा बढी रहेको छ भने  साढे ५ सयभन्दा बढीले भिडियोलाई सेयर गरिसकेका छन् । द्रुत गतिमा फैलिरहेको यो भिडियोको सत्यतामाथि टिकटक प्रयोगकर्ताले प्रश्न उठाएपछि हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्य जाँच र प्रमाणीकरण

‘एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गतका अमेरिकी सेनाहरू धमाधम नेपाल आउन थाले’ भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोमा मुख्यत: तीन दृश्य छन्, जसमा अमेरिकी सेनाले नेपालका सुरक्षाकर्मीहरुसँग रहेको देखिन्छ । जसले भिडियोमा गरिएको दाबी सही हो कि भन्ने पारेको छ । त्यसैहा हामीले यी तस्बिर र भिडियोमा गरिएको दाबीलाई एकै ठाउँमा राखेर जाँच गरेका छौँ ।

पहिलो दृश्य : यो तस्बिरमा नेपालको सशस्त्र प्रहरी र अमेरिकी सेनाका अधिकृतहरू एकै ठाउँमा उभिएर फोटो खिचाएको दृश्य देखिन्छ । यो तस्बिरमा देखिएका अमेरिक सेना ‘एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गत’ नेपाल आएका हुन् ? हामीले यस तस्बिरलाई काठमाडौंस्थित अमेरिकी राजदूतावासको वेबसाइटमा खोज्यौँ । तर, त्यहाँ यो तस्बिरलाई भेट्टाउन अफ्ठ्यारो भएपछि हामीले अमेरिकी राजदूतावासको सामाजिक संजाल नियाल्याैँ, किनकि अमेरिकी राजदूतावास सामाजिक संजालमा सक्रिय देखिन्छ ।

माथिको दाबीसहितको भिडियोमा प्रयोग गरिएको तस्बिर सामाजिक संजाल फेसबुकमै भेटियो । तस्बिरमा देखिएका अमेरिकी सेना एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गत’ नेपाल आएका थिएनन्, उनीहरू दुई वर्षअघि पीपीई सेटहरू अस्तान्तरण गर्न आएका थिए । दूतावासले मे १८, २२०२० मा उक्त तस्बिर पोस्ट गर्दै एक टिमले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पातलमा पुगेर पीपीई सेटहरू हस्तान्तरण गरेको जानकारी दिएको थियो ।

दोस्रो दृश्य : भिडियोमा प्रयोग भएको दोस्रो तस्बिरमा नेपाली सेना र अमेरिकी सेना एकैसाथ अभ्यास गरिरहेको देखिन्छ । तस्बिरको स्रोत पत्ता लगाउन विभिन्न ‘सर्च टुल’ प्रयोग गर्दा नेपाली संचार माध्येमले तयार पारेका केही समाचार भेटिए । २०७८ असोज ९ गते साँघु न्युजमा प्रकाशित समाचारमा उक्त तस्बिर प्रयोग गरिएको रहेछ ।

उक्त समाचारमा प्रयोग गरिएको तस्बिर नेपाली सेना र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने प्रविधिबारेको विज्ञता आदान प्रदान कार्यक्रमको थियो । एमसिसीलाई लिएर नेपालमा बहस चुलिरहेका बेला दुई देशका सैनिकबीच अनुभव आदान प्रदान भएको जानकारी दिइएको छ ।  यसबाट तस्बिरमा देखिएका अमेरिकी सेना ‘एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गत’का नै हुन भन्ने पुष्टि हुँदैन ।

तेस्रो दृश्य : यो दृश्यमा अमेरिका सेनाका केही अधिकृतहरू एउटा कार्यक्रममा आशनग्रहण गरिरहेको देखिन्छ । यो तस्बिरबारे थप जाँच गर्दै जाँदा एउटा समाचारको लिंक भेटियो । डिसी नेपालको उक्त समाचार अनुसार उक्त तस्बिर कैलालीस्थित धनगढीमा खुलेको सुदूरपश्चिम रक्त बैंक केन्द्रको हस्तान्तरण समारोहको हो । उक्त अस्तान्तरण कार्यक्रम जुलाई २०२१ मा भएको थियो । कार्यक्रममा अमेरिकी सेनाका कर्मचारीहरू पनि उपस्थित रहेका थिए । यो ब्लड बैंक अमेरिकी रक्षा विभागमार्फत् अमेरिकी नागरिको कोषबाट निर्माण गरिएको बताइएको छ । त्यसैले यो समारोहको तस्बिर राख्दै ‘एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गतका अमेरिकी सेनाहरू धमाधम नेपाल आउन थाले’ भन्नु भ्रामक छ ।

चाैँथो दृश्य : यो दृश्यमा अमेरिकी सेनाले मार्च पास गरिरहेको देखिन्छ । यो दृश्य नेपालको होइन । अमेरिकास्थित न्यूयोर्क शहरको म्यानहट्टनको मिडटाउन क्षेत्रको ५औँ एभिन्यूमा परेडमा गरिरहेका अमेरिकी सेनाको दृश्य भिडियोमा देखिन्छ । यसलाई नेपालसँग जोडेल सामाजिक संजालमा भ्रामक दाबी गरिएको छ ।

अब बाँकि रह्यो टिकटकमा फैलिएको उक्त क्लिप कहाँबाट आयो भन्ने विषय । Greater Nepal TV नामक एक युट्युब च्यानलले केही दिनअघि भ्रामक दाबीसहितको एउटा रिपोर्ट सारेवजनिक गरेको थियो । अहिले सामाजिक संजालमा फैलिरहेको भिडियो क्लिप सोही रिपोर्टबाट तानिएको हो । नेपाली निकाय र अमेरिकी सेनाबीच लामो समयदेखि एक आपसमा सहकार्य हुँदै आएको छ । तर, यस्तो सहकार्यलाई सो भिडियोमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । 

निष्कर्ष :

‘एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गतका अमेरिकी सेनाहरू धमाधम नेपाल आउन थाले’ भन्ने दाबी पुष्टि हुँदैन । भिडियोमा प्रयोग गरिका तस्बिरहरू पनि अलग-अलग सन्दर्भका हुन् ।

नतिजा : भ्रामक/अपुष्ट

हाम्रा स्रोतहरू :

U.S. Embassy, Nepal

First ever blood bank built in Dhanagadi

यतातिर नेपाली सेना र यूएस आर्मीबीच सहकार्य अर्काेतिर एमसीसी बहस

United States Army soldiers on 5th Avenue


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage