Saturday, March 28, 2026

Fact Check

रुस-युक्रेन युद्धमा अमेरिका-युरोपले सैन्य सहभागिता जनाएको हो ? युरोप-अमेरिकी सेना युक्रेन पुगेको दाबी

Mar 19, 2022
banner_image

Claim

image

Fact

image

रुस-युक्रेन युद्ध जारी छ । यही पृष्ठभूमिमा युद्धकका विषयमा नेपालभित्र पनि विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । यस चर्चा परिचर्चाबाट नेपालका सामाजिक संजाल प्रयोगर्कता पनि अछुतो रहन सकेका छन् । यही बेला सामाजिक संजाल टिकटकमा रुस-युक्रेन युद्धका विषय गरिएका दाबीसहितका सामग्रीहरू भेटिएका छन् । 

रुस-युक्रेन युद्धमा युरोप र अमेरिकी मुलुको भौतिक उपस्थिति देखिएको दाबीसहितको सामग्री भेटिएको छ । @susmi5011 नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोमा ‘अमेरिका र युरोपका सैनिकहरू भर्खरै युक्रेन आइपुगेको’ दाबी गरिएको छ । युक्रेनी भूमिमा भइरहेको रुस-युक्रेन युद्धका बिच यस्तो दाबी गरिएको हो ।

सेनाका जवानहरूको सैन्य परेडको दृश्य देखिएको भिडियोको थमनेलमा उक्त दाबी गरिएको छ । थमनेलमा लेखिएको छ,‘भर्खर युरोप-अमेरिकी सेना हातहतियारसहित युक्रेन पुगे, रुसको टाउको दुखाई बन्यो । प्रे फर युक्रेन ।’

करिब दुई साताअघि पोस्ट गरिएको यो भिडियोमा करिब ३४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १ सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरेका छन् । यसबाट के प्रष्ट हुन्छ भने भिडियोको फैलावट तिब्र छ ।

तथ्यजाँच/प्रमाणिकरण

रुस-युक्रेन युद्ध सुरु भएको चौबीसौं दिन (मार्च १९) पूरा हुँदै गर्दा कूटनीतिज्ञ र शान्ति वार्ताकारहरू युद्धविरामका लागि चरणवद्ध रुपमा छलफल र वार्ताहरू गरिरहेका छन् । विश्वको एक ध्रुव नै सैन्य युद्धमा होमिएको दाबी गर्ने उक्त सामग्रीमा अमेरिकी र युरोपका सैनिकहरू युक्रेनमा आइपुगेको जानकारी दिएको छ ।

तर, हाम्रो तथ्य जाँचका क्रममा यो दाबी भ्रामक रहेको देखियो । उक्त दाबीमाथि न्युजचेकरले विभिन्न सर्च टुल प्रयोग गर्‍यो । त्यससँगै भिडियोको फ्रेम निरीक्षण गर्दा भिडियोमा देखिएका संकेतको निरीक्षण पनि गरियो । भिडियोमा देखिएका सैनिकहरूले  लगाएको पोशाकमा देखिएको झण्डा रुसी सेना र चेचन्याको रहेको पाइयो । त्यसपछि हामीले ‘चेचन्या’, ‘रसिया’ र ‘मिलिटरी परेड’ जस्ता किवर्ड युट्युबमा सर्च गर्‍यौँ । त्यसपछि FM Images Albania नामक युट्युब च्यानलमा फेब्रुअरी २५ मा पोस्ट गरिएको एउटा भिडियो भेटियो । उक्त भिडियोमा चेचेन सेनाका सैनिकहरू रुसको तर्फबाट युक्रेन युद्धमा सामेल हुन लागेको दृश्य देखाइएको छ । 

उक्त भिडियो हेरेपछि हामीले चेचेन सैनिकहरूको अन्य सामूहिक भेलाका भिडियोहरू नियाल्यौँ । २८ फेब्रुअरीमा स्पेनिश टिभी LibertadDigital द्वारा पोस्ट गरिएको भिडियो भेटियो । उक्त युट्युब भिडियोमा देखिएका दृश्य टिकटकमा फैलिएको दाबीसहितको भिडियोमा देखिएका दृश्यसँग मिल्दाजुल्दा छन् ।

त्यसपछि हामीले युट्युबमा मार्च १ मा पोस्ट गरिएको ‘TigerTanks237’ नामक सोही घटनाको अर्को भिडियो फेला पार्‍यौं । जसमा रुसको चेचन्या क्षेत्रका नेता र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी रमजान कादिरोभले रुसमाथि आक्रमण गर्नुअघि सम्बोधन गरेको दृश्य देखाइएको छ।

युट्युब च्यानलका भिडियोहरू केलाएपछि हामी के विषयमा प्रष्ट भयौँ भने टिकटकमा फैलिएको दाबीसहितको भिडियो र आफ्ना सैनिकलाई चेचन नेताद्वारा सम्बोधन गर्दै गर्दा कैद गरिएको भिडियो एकै ठाउँको हो । तर, फरक कोणबाट कैद गरिएको हो ।

फेब्रुअरी २६ मा प्रकाशित रोयटर्सको सामग्री अनुसार रसियाको चेचन्या क्षेत्रका नेता र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी रमजान कादिरोभले चेचेन लडाकुहरूलाई युक्रेनमा तैनाथ गरिएको र युक्रेनी सरकारलाई नियमन्त्रण गर्न आग्रह गरेको बताएका छन् ।

निष्कर्ष : 

अमेरिकी र युरोपका मुलुकहरूले रुस-युक्रेन युद्धमा सैन्य सहभागिता जनाएका छैनन् । भिडियोमा देखिएका सैनिक अमेरिकी र युरोपका होइनन् । युक्रेन प्रवेश गर्नुअघि चेचेन-रुसी सैनिकहरूको दृश्य भिडियोमा देखिएका छन् । चेचन सेना देखिएको भिडियोमा भ्रामक तरिकाले अमेरिकी र युरोपेली सैनिक युक्रेन पुगेको दाबी गरिएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Chechen leader, a close Putin ally, says his forces have deployed to Ukraine (Reuters)

10,000 Chechen military personnel part of the Russian forces are going to Ukraine (FM Images Albania)

Miles de soldados chechenos se suman a las tropas de Putin en la guerra contra Ucrania (LibertadDigital)

Chechen leader, a Putin ally, says his forces deployed to Ukraine (Aljazeera)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage