Tuesday, January 27, 2026

Fact Check

के ‘बेसारको लेप’ छालामा लगाउँदा डन्डिफोर हट्छ ? 

banner_image

Claim

image

Fact

image

मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला पारेको छ, जसमा बेसारको लेप लगाउँदा डन्डिफोर हट्ने दाबी गरिएको छ ।

Stay18.com नामक फेसबुक पेजमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा अनुहारमा बेसारको लेप लगाइएको तस्बिर पोस्ट गरिएको छ । उक्त पोस्टमा अनेक किसिमका दाबी गरिएको छ । जसमध्ये डन्डिफोर हट्ने दाबीलाई प्रकाश पारिएको छ । 

तस्बिरसँगै थमनेलमा राखिएको वाक्यांशमा हिन्दी भाषामा दाबी पेश गरिएको छ । ‘बेसारसहितको तस्बिरमा हिन्दी भाषामा लेखिएको छ- हप्तामा एक पटक बेसारको लेप लगाउँनाले डन्डिफोर हट्नेछ ।’

दाबीसहितको प्रस्तुत सामग्रीमा अन्य दाबीहरूसमेत रहेका छन् तर यस सामग्रीमा बेसारको प्रयोग र छालाको समस्याबारे मात्रै जाँच गर्न सक्यौँ । मानव स्वास्थ्य जस्तो गम्भिर विषयसँग सम्बन्धित रहेकाले हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका हौँ । 

तथ्यजाँच/प्रमाणीकरण

बेसारमा एन्टिमाइक्रोबियल, एन्टि-इन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र ट्युमर विरोधी तत्वहरू पाइन्छन् । दाबीसहितको सामग्रीको जाँचका क्रममा हामीले २०१६ मा प्रकाशित एक अनुसन्धान फेला पार्‍यौँ । बेसारमा पाइने कर्क्युमिन नामक रसायनले छालाको स्वास्थ्य र यसको उपचारमा फाइदा गर्न सक्ने उक्त अनुसन्धानमा उल्लेख गरिएको छ । 

अर्को लेखमा पनि यसबारे उल्लेख गरिएको छ । कर्क्युमिनमा प्रोपियोनिब्याक्टेरियम एक्ने नामक ब्याक्टेरियाविरुद्ध एन्टिब्याक्टेरियल प्रभाव रहेको उक्त लेखमा उल्लेख गरिएको छ ।

फेला परेका तथ्यले जे देखाएपनि बेसारले छालामा एलर्जी निम्त्याउन सक्छ भन्ने तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन । भेटिएका प्रमाणले के देखाउँछन् भने बेसारमा पाइने कर्क्यूमिनसँग केही मानिसहरूलाई एलर्जी हुनसक्छ ।

 २०१५ मा प्रकाशित एक अनुसन्धानमा कर्क्युमिनबाट निम्तिएकाे एलर्जीले छालामा कन्ट्याक्ट डर्मेटाइटिसको कारण दागहरू देखिन सक्ने चेतावनी दिइएको छ ।त्यस्तै २०१८ मा प्रकाशित अर्को अनुसन्धानले के प्रष्ट पारेको छ भने बेसारको नियमित प्रयोगले छालामा पहेँलो दाग देखिन सक्छ ।

दाबीका विषयमा हामीले पोषण विशेषज्ञ डा. प्रियंकासँग परामर्श गर्‍यौँ ।

डा. प्रियंका भन्छिन्, ‘डन्डिफोर अत्याधिक हर्मोन बढ्नुको लक्षण हो । डन्डिफोरका अन्य कारकहरू जस्तै अस्वस्थ आहार, छालामा अनावश्यक चाप, तनाव, रिस, चिन्ता र धुम्रपान हुन् । जबसम्म तपाईं यी कारकहरूबाट बच्नुहुन्न, डन्डिफोर कम गर्न सकिँदैन। त्यसैले अनुहारमा बेसारको पेस्ट बाहिरी रूपमा प्रयोग गरेर मात्र फाइदा हुँदैन ।’ 

निष्कर्ष

बेसारमा एन्टिमाइक्रोबियल, एन्टि-इन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र ट्युमर विरोधी तत्वहरू पाइन्छन् । तर, बेसारले छालामा एलर्जी निम्त्याउन सक्छ । अनुहारको छालामा बेसारले नोक्सानसमेत गर्न सक्ने भएकाले दाबीसहितको सामग्री भ्रामक पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Effects of Turmeric on Skin Health

National Library of Medicine

Turmeric: A condiment, cosmetic and cure

Curcumin


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage