Saturday, December 13, 2025

Fact Check

Fact Check: के गोलभेडाको पातको प्रयोगले दाद निको हुन्छ? 

banner_image

Claim

image

Fact

image

दाबी: गोलभेडाको पातको पेस्टलाई प्रयोग गर्दा जुनसुकै किसिमको दाद निको हुने दाबी ।
तथ्य: गोलभेडाको पातको पेस्ट जस्ता प्राकृतिक उपचारहरू आकर्षक लाग्न सक्छन् तर यी विधिहरु भरपर्दा छैनन् । दादको लागि चिकित्सकीय रूपमा प्रमाणित उपचारहरू प्रयोग गर्नु उचित हुन्छ । 

छालामा देखिने दादको समस्यासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा गोलभेडाको पातको पेस्टलाई प्रयोग गर्दा जुनसुकै किसिमको दाद निको हुने दाबी गरिएको छ ।

Uddhav_ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा गोलभेडाको बोटको दृश्य जोडिएको छ । साथै उक्त भिडियोमा एकजना महिला बोलिरहेको आवाज सुन्न सकिन्छ । उक्त आवाजमा भनिएको छ-  

 ‘कोही मानिसको दाद आएर धेरै नै खर्च गर्दा पनि निको भएको छैन भने आज तपाईंहरुको लागि एउटा टिप्स हेर्नुहोस् है । अनुहारमा घाँटीमा चिलाउने नचिलाउने जुनै दादको पनि काम गर्छ । यो मैले देखाइराको गोलभेडाको पात सिलौटामा पिसेर रेगुरल दुई हप्तासम्म तपाईंको दादमा लगाउने गर्नुहोला, दिनको एक पटक लगाए हुन्छ । दुई हप्तापछि तपाईंको यो दाद च्वाट्टै निको बनाउँछ । भन्दा नपत्याउने कुरा छ, एक पटक प्रयोग गरेर हेर्नु आफैँ थाहा पाउनुहुन्छ ।’

तथ्यजाँच/प्रमाणीकरण

दाद (Ringworm) छालाको फङ्गल संक्रमण हो । यो डर्माटोफाइटहरूका रुपमा चिनिने कवकहरूको समूहले गर्दा विकसित हुन्छ । यो सामान्यत: रातो, चिलाउने, उठेको किनारा भएको गोलाकार रूपमा देखिन्छ । यसले शरीरको कुनै पनि भागलाई असर गर्न सक्छ । साथै यो एक संक्रमित व्यक्ति, जनावर वा दूषित छालाको प्रत्यक्ष सम्पर्कद्वारा सजिलैसँग फैलिन्छ ।

२०१८ मा गरिएको एक अध्ययनबाट गोलभेडाको पातबाट निकालिएको जुसले छालामा हुने संक्रमणको उपचारमा प्रभावकारी भूमिका खेल्ने कुरा पत्ता लागेको छ । गोलभेडाको पातमा एल्कालोइड्स र सोलानिनजस्ता केही यौगिकहरू हुन्छन्, जसमा एन्टिफङ्गल गुणहरू पाइनसक्छन् । यद्यपि, यसले छालामा देखिने दादको उपचार गर्न सक्छ भन्ने होइन । छालामा गोलभेडाको पातहरू प्रयोग गर्दा सम्भावित जलन वा एलर्जी प्रतिक्रियाको जोखिम हुनसक्छ । यसले छालाको अवस्थालाई सुधार्नुको सट्टा बिग्रन सक्छ ।

दादको उपचारमा एन्टिफङ्गल औषधिहरू समावेश गरिन्छ । दादको उपचारमा क्लोट्रिमाजोल र टेरबिनाफाइन जस्ता ओभर-द-काउन्टर क्रिमहरू प्रयोग गरिन्छ । यदि दाद बढी गम्भीर वा लगातार झल्झियो भने डाक्टर अझै कडा औषधिहरू सिफारिस गर्न सक्छन् ।

अर्कोतर्फ गोलभेडाको पातको पेस्ट प्रयोग गर्नु छालाको लागि हानिकारक पनि हुनसक्छ । गोलभेडाको पातमा हुने सोलानिन एक विषाक्त पदार्थ हो, जसले छालामा जलन हुन सक्छ । काँचो गोलभेडाको पातको पेस्ट प्रयोग गर्दा छाला रातो हुनुका साथै एलर्जी प्रतिक्रियासमेत हुनसक्छ । 

जलनको जोखिमका साथै गोलभेडाको पातमा ब्याक्टेरिया वा अन्य रोगजनक पदार्थ हुन सक्छन् । जसले दादबाट प्रभावित छालाको कमजोर क्षेत्रमा थप संक्रमण बढाउन सक्छ । 

निष्कर्ष

दादको लागि चिकित्सकीय रूपमा प्रमाणित उपचारहरू प्रयोग गर्नु उचित हुन्छ । दादा सामान्य समस्या भएपनि अत्यधिक संक्रामक हुन्छ र सही उपचार बिना यो शरीरको अन्य भागहरूमा वा अन्य व्यक्तिहरूमा फैलिन सक्छ । गोलभेडाको पातको पेस्ट जस्ता प्राकृतिक उपचारहरू आकर्षक लाग्न सक्छन् तर यी विधिहरु भरपर्दा छैनन् । चिकित्सा उपचारहरू सुरक्षा र प्रभावकारिताको लागि राम्ररी परीक्षण गरिन्छ, त्यसैले सुरक्षाको सुनिश्चितताका लागि विज्ञानमा आधारित उपचार नै प्रभावकारी हुन्छ ।

नतिजा : आंशिक गलत

हाम्रा स्रोतहरू

रिसर्च लेख,nhs.uk
रिसर्च लेख, sciencedirect.com
स्वास्थ्य जानकारी, cdc.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage