Monday, December 15, 2025

Fact Check

‘एमसिसी पास गर्ने’ विषयमा ललितपुरवासी र प्रहरीबीच झडप भएको होइन !

banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ, जसमा ‘एकसिसी पास गर्न लागेपछि ललितपुरवासी र प्रहरीबीच दोहोरो भिडन्त’ भन्ने दाबी गरिएको देखिन्छ। मंगलबार एउटा सार्वजनिक ग्रुपमा पोस्ट गरिएको उक्त भिडियोको क्याप्सनमा लेखिएको छ,‘एमसिसी पास गर्न लाग्यो भनेर पुलिस र ललितपुरवासीबीच दोहोरो भिडन्तको यो भिडियो सवै माझ पुराइदिनूहोला…।’

यो भिडियोलाई २४ घण्टामा करिब साढे ४ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले शेयर गरिसकेका थिए भने १९ हजार प्रयोगकर्ताले हेरिसकेका थिए। त्यस्तै यही समयमा भिडियोमाथि एक सय ३० फेसबुक प्रयोगकर्ता बहसमा उत्रिएको देखिन्थ्यो। 

फेसबुकमा भेटिएको भिडियो।

टिकटकमा हालिएको पोस्ट।

फेसबुकभन्दा पहिला यो भिडियो टिकटकमा पोस्ट भएको थियो। २९ अगस्टमा राम वैद्य नामक टिकटक प्रयोगकर्ताले यो भिडियोलाई ‘भर्खरै ताजा खबर हेर्नुहोला’ भन्दै पोस्ट गरेका थिए। तर, यी प्रयोगकर्ताले यो भिडियोलाई एमसिसीसँग जोडेका थिएनन्। यो टिकटक भिडियो प्रयोगकर्ताले शेयर गरिसकेका छन्। 

तथ्य जाँच / प्रमाणीकरण

फेसबुक र टिकटकमा पोस्ट भएको यो भिडियोमा पूर्णत: सत्य छैन। किनकि यो भिडियो एमसिसी सम्झौतासँग सम्बन्धित छैन। न यो भिडियो यही अगस्टमा घटेको ताजा घटनामा आधारित छ। यो भिडियो एक वर्षअघिको हो। 

२० असार २०७७ मा ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको थियो। स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत चलाएको थियो। उक्त झडपको कारण एमसिसी भने थिएन।

काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) खन्नका लागि सरकारले खोकनाको जमिन अधिग्रहणको सूचना निकालिसकेको थियो। तर, स्थानीयले आफ्नो जमिन नदिने भन्दै विरोध गरिरहेका थिए। त्यही क्रममा स्थानीयले संयुक्त रोपाइ कार्यक्रम राखे। त्यही बेला प्रहरीले अवरोध गर्दा स्थानीय आक्रोशित भएका थिए।  

‘एमसिसी पास गर्ने’ विषयमा ललितपुरवासी र प्रहरीबीच झडप?

अहिले सामाजिक संजालमा तोडमोड गरेर देखाइएको उक्त भिडियो सुनगाभा टीभी नामक यूटुब च्यानलबाट झिकिएको हो। ४ जुन २०२० मा पोस्ट गरिएको उक्त भिडियो अर्कै सन्दर्भसँग जोडेर फैलाउन खोजिएको देखिन्छ।

के हो एमसिसी ?

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भनेको अमेरिकी सरकारले अन्य देशहरूलाई सहायता गर्न स्थापना गरेको एजेन्सी हो। आर्थिक संकटबाट जुध्न नेपालजस्ता मुलुकलाई आर्थिक अनुदान उपलब्ध गराउने संस्थाको रुपमा यसलाई चिनाइएको छ। 

एमसीसीको माध्यममार्फत् अमेरिकाले नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउने भनिएको छ। यो आर्थिक सहयोगलाई नेपालले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाउनुपर्ने सम्झौता गरिएको छ। यो सम्झौता नेपालको संघीय संसद्‍बाट पास गराउनुपर्ने सर्त छ। तर, अनेक कारण देखाउँदै नेपालमा यसको विरोध हुँदै आएको छ। 

निष्कर्ष :

सामाजिक संजालमा दाबी गरिएजस्तो यो झडप न एमसिसीसँग सम्बन्धित छ न यो भर्खरै घटेको घटना हो। 

नतिजा : भ्रामक

हाम्रो स्रोतहरू

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)

एमसीसी नेपाल कम्याक्ट

समाचार पोर्टल- अनलाइनखबर डटकम

यूट्युब च्यालन


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 

image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage