Thursday, December 11, 2025

Fact Check

Fact Check: आठ वर्ष पूरानो अन्तर्वार्तासँग जोडियो भ्रामक दाबी, को हुन् अमेरिकी दलाल?   

Written By Aakash Chhetri
Mar 21, 2024
banner_image

Claim

image

Fact

image

दाबी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका व्यक्तिहरु सबै अमेरिकी दलाल रहेको तथा प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नेपालका सबै कुराहरु विदेशीलाई सुनाइरहेको दाबी ।
तथ्य: आठ पूरानो र फरक सन्दर्भमा दिइएको अन्तर्वार्ताको अंशलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक र अपुष्ट दाबीसहित पोस्ट गरिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका व्यक्तिहरु सबै अमेरिकी दलाल रहेको तथा प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नेपालका सबै कुराहरु विदेशीलाई सुनाइरहेको दाबी गरिएको छ ।

Politics478 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा बीबीसी वर्ल्ड न्यूजको एउटा दृश्य जोडिएको छ । उक्त भिडियोमा नेपालका उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने र डा.स्वर्णिम वाग्ले देखिने तस्बिर जोडिएको छ । 

प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘घण्टीहरु सबै अमेरिकी दलाल एमसीसीवाला हुन्, नेपालमा के-के भएको सबैकुरा विदेशीहरुलाई सुनाउँदै स्वर्णिम वाग्ले एमसीसी हिरो ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुलाई ‘अमेरिकी दलाल’ भन्दै एमसीसीसँग जोडिएको भिडियो सामाजिक संजालमा फैलँदो छ । उक्त फैलावटलाई मध्यनजगर गर्दै हामीले दाबीसहितको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन यो तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिनिधि सभा सदस्य  डा.स्वर्णिम वाग्लेसँग जोडिएको भिडियो करिब दुई साताअघि सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपप्रधान तथा गृहसहित अन्य चार मन्त्रालय लिएर सरकारमा सहभागि भएको केही दिनपछि माथि उल्लेखित दाबीसहितको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । उक्त दाबीसहितको भिडियोको सन्दर्भ जाँचका क्रममा हामीले ‘Nepal Earthquake’ ‘BBC’ ‘Swarnim Wagle’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप Swarnim Wagle नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । आठ वर्षअघि अर्थात् १३ मे २०१५ मा पोस्ट गरिएको उक्त भिडियोमा तत्कालीन राष्ट्रिय योजना आयोगका सदस्य रहेका डा.स्वर्णिम वाग्लेले अन्तर्वार्ता दिइरहेका छन् ।  

२०७२ वैशाख १२ गते गोरखा जिल्लाको बार्पाकलाई केन्द्रविन्दु बनाई महाभूकम्प गएको थियो । उक्त महाभूकम्पपछि त्यसका कयौँ पराकम्पहरु गएका थिए । ती पराकम्पहरुबाट समेत नेपालमा ठूलो जनधनको क्षति भएको थियो । यही सन्दर्भमा डा.स्वर्णिम वाग्ले बीबीसी वर्ल्ड न्यूजलाई संक्षिप्त अन्तर्वार्ता दिएका थिए ।

महाभूकम्पपछि राष्ट्रिय योजना आयोगका सदस्यकाे रुपमा आठ वर्षअघि डा.स्वर्णिम वाग्लेले दिएको अन्तर्वार्तको अंशलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । वाग्लेले उक्त अन्तर्वार्तामा २०१५ को महाभूकम्पपछि नेपालको अवस्थाबारे जानकारी दिएका छन् ।

तथ्यजाँचका क्रममा फेला परेको प्रस्तुत भिडियो मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित छैन । 

निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका व्यक्तिहरु सबै अमेरिकी दलाल रहेको तथा प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नेपालका सबै कुराहरु विदेशीलाई सुनाइरहेको दाबी भ्रामक र अपुष्ट छ । आठ वर्ष पूरानो र फरक सन्दर्भमा दिइएको अन्तर्वार्ताको अंशलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, youtube
समाचार, ekantipur


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage