Wednesday, December 17, 2025

Fact Check

Fact Check: चितवनको नारायणी नदिमा हवाइजहाज संचालमा ल्याइएको गलत दाबी 

Written By Aakash Chhetri
Sep 26, 2023
banner_image

Claim

image

Fact

image

दाबी: चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको छ ।
तथ्य: चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको दाबी गलत छ । माल्दिभ्सको समुद्री क्षेत्रमा उडान भरिरहेको (8Q-ISF) कलसाइन नम्बरको उक्त हवाइजहाज माल्दिभियन एयरलाइन्सको हो ।

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको र यस्तो विकास भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गरेको दाबी गरिएको छ । 

Durlav नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा पानीबाटै उड्ने हवाइजहाजको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘मेयर रेनु दाहालले गरेको विकास, नारायणी विच चितवनमा नयाँ पानी जहाज ब्याक गरेर पार्किङ गर्दै ।’    

केही दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । आगामी दिनमा झनै फैलिनसक्ने उक्त सामग्रीबारे हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित पानीबाटै उड्ने हवाइजहाज चितवनस्थित नारायणी नदिमा संचालन गरिएको हो त ? दाबीसहितको भिडियोमा देखिएको दृश्यको वास्तविकता के हो ? भन्ने प्रश्नमा केन्द्रीत रहेर हामीले यो तथ्यजाँच सुरु गरेका छौँ ।

जाँचका क्रममा सबैभन्दा पहिला हामीले दाबीसहितको भिडियोलाई पुन: एकपटक राम्रोसँग नियाल्यौँ । भिडियोमा पानीबाटै उड्न सक्ने हवाइजहाजको कलसाइन नम्बर देख्न सकिन्छ । सबैभन्दा पहिले हामीले ८क्यु-आइएसएफ (8Q-ISF) कलसाइन नम्बरलाई गुगलमा सर्च गर्‍यौँ । 

सर्चको नजिजास्वरुप थुप्रै विवरणहरु फेला परे । जसमध्ये jetphotos नामक वेबसाइटमा पोस्ट गरिएको विवरणमा उक्त हवाइजहाजको तस्बिरसमेत राखिएको छ । फेला परेको विवरण अनुसार उक्त हवाइजहाज माल्दिभियन एयरलाइन्सको हो । हामीले सोही कलसाइन नम्बरलाई उडान ट्रयाकरमा सर्च गर्‍यौँ ।

Flightradar24.com नामक उडान ट्रयाकरको नतिजा अनुसार भिडियोमा दखिएको (8Q-ISF) कलसाइनको हवाइजहाज माल्दिभ्समै छ । 

माल्दिभ्सकै विभिन्न समुद्री क्षेत्रमा उडान भरिरहेको उक्त जहाज नेपालको नारायणी नदिमा ल्याइकएको दाबी भ्रामक छ । अर्कोतर्फ भरतपुर महानगरपालिकाका उप– प्रमुख चित्रसेन अधिकारीले आफूहरुले नारायणी नदिमा  हवाइजहाज संचालनमा नलाएको जानकारी दिए ।   

निष्कर्ष

चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको दाबी गलत छ । माल्दिभ्सको समुद्री क्षेत्रमा उडान भरिरहेको (8Q-ISF) कलसाइन नम्बरको हवाइजहाज अहिले पनि माल्दिभ्समै छ । फरक सन्दर्भको भिडियोलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।     

नतिजा : गलत

हाम्रा स्रोतहरू

Jetphotos
Flightradar24.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage