Saturday, December 13, 2025

Fact Check

Fact Check: राजसंस्था पुन:स्थापनाको पक्षमा जनसागर निस्किएको भ्रामक दाबी, पढ्नुस् वास्तविकता 

Written By Aakash Chhetri
Feb 27, 2024
banner_image

Claim

image

Fact

image

दाबी: राजा आउ देश बचाउ भन्दै सडकमा जनसागर निस्किएको दाबी (भिडियोसहित) ।
तथ्य: २०८० फागुन १२ गते आयोजित धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण चलिरहेका अवसरमा खिचिएको भिडियोलाई भ्रामक तरिकाले राजसंस्था पुन:स्थापनासँग जोडिएको पाइयो । 

जनसागर उर्लिएर सडकमा निस्किएको दृश्यसहितको एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोको दृश्य राजसंस्था पुन:स्थापनासँग सम्बन्धित रहेको र सडकमा ‘राजा आउ देश बचाउ भन्दै जनसागर निस्किएको दाबी गरिएको छ । 

Kapil_khadka नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा धेरै मानिसहरु सडकमा निस्किएको दृश्य देख्न सकिनछ । सोही भिडियोमा राजसंस्था पुन:स्थापना र राजावादी भीडका विषयमा संवाद भइरहेको आवाज पनि सुन्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘अब के हुन्छ ? राजा आउ देश बचाउ भन्दै निस्किएको जनसागर ।’

पोस्ट भएको दुई दिनभित्रमै प्रस्तुत दाबीसहितको भिडियोमा १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै सात सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको भिडियोलाई करिब तीन सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

राजसंस्था पुन:स्थापना जस्तो संवेदनशील विषय केन्द्रीत गरिएको प्रस्तुत दाबीसहितको दृश्यले महत्वपूर्ण सन्देश बोकेको छ । त्यसैले हामीले प्रस्तुत भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन यो तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

उल्लेखित भिडियोमा मानिसहरु दैडिरहेका छन् । उक्त दृश्य राजसंस्था पुन:स्थापनासँग सम्बन्धित रहेको तथा ‘राजा आउ देश बचाउ भन्दै सडकमा जनसागर निस्किएको दाबी गरिएको छ । सबैभन्दा पहिले हामीले यही दाबीलाई आधार बनाएर उक्त भिडियोलाई पुन: राम्ररी नियाल्यौँ ।

जाँचको नतिजास्वरुप दाबीसहितको भिडियोबाटै हामीले ‘धरान १० के रन’ भन्ने नाम भेट्टायौँ । फेलापरेको नामलाई गुगलमा जाँच गर्दा GorkhapatraOnline मा प्रकाशित एउटा समाचार फेला पर्‍यो । १० फागुन २०८० मा प्रकाशित उक्त समाचारमा धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण फागुन १२ गते सम्पन्न हुने हुने जानकारी दिइएको थियो । 

धरान नेवा च्यारिटी रनका संस्थापक सन्तोष राईका अनुसार ‘शिक्षाको निम्ति दौड’ नाराको साथ हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताको लागि दौडको माध्यमद्वारा निरोगी एवम् स्वस्थ गराउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको थियो ।

प्रस्तुत जानकारीका आधारमा हामीले ‘Dharan 10K Run’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । जाँचको नजितास्वरुप Puma shakty नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । दुई दिनअघि अर्थात् २४ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको उक्त भिडियो धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करणसँग सम्बन्धित छ । 

dharanrun.org.np का अनुसार धरान रन समूह सन् २०११ मा श्री सन्तोष राईले स्थापना गरेका थिए। यो एक गैर-लाभकारी परोपकारी संस्था हो जसले साप्ताहिक रूपमा चल्ने घटनाहरू जसलाई धरान रन भनिन्छ साथै कोष सङ्कलन उद्देश्यका लागि अन्य परोपकारी गतिविधिहरू आयोजना गर्दछ । 

धरान रनको कोष गरिब र खाँचोमा परेका बालबालिकालाई सहयोग गर्न प्रयोग गरिन्छ । साथै यो संस्था कुनै राजनीतिक दल वा राजनीतिक विचारसँग निर्देशित गर्दै धरान रनको स्थापना गरिएको होइन । फेला परेका तथ्य-प्रमाणबाट के पुष्ट हुन्छ भने राजा आउ देश बचाउ भन्दै सडकमा जनसागर निस्किएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो राजसंस्था पुन:स्थापनासँग सम्बन्धित छैन, फेब्रुअरी २०२४ मा आयोजित धरान रनसँग सम्बन्धित छ ।

निष्कर्ष

राजसंस्था पुन:स्थापनाको नारासहित जनसागर सडकमा निस्किएको दाबी गरिएको भिडियो सामग्री भ्रामक छ । २०८० फागुन १२ गते आयोजित धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण चलिरहेका अवसरमा खिचिएको भिडियोलाई राजसंस्था पुन:स्थापनासँग जोडिएको पाइयो । धरान रन र राजसंस्था पुन:स्थापनाको मुद्दा फरक-फरक मुद्दा र विषय हुन् । यी दुबैलाई एकै ठाउँमा राखेर राजा आउ देश बचाउ भन्दै सडकमा जनसागर निस्किएको दाबी गर्नुले भिडियोलाई भ्रामक बनाएको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, gorkhapatraonline.com
भिडियो, Puma shakty
धरान रन, ‍dharanrun.org.np


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage