Thursday, December 11, 2025

Fact Check

विमान दुर्घटनाको पूरानो भिडियो सामाजिक संजालमा फैलियो

Written By Aakash Chhetri
Aug 31, 2022
banner_image

Claim

image

Fact

image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा राखिएको भिडियोमा आगलागी भइरहेकाे दृश्य देखिन्छ । विमानमा आगलागी भइरहेको दृश्यसहितको सामग्रीमा एकजना डाक्टरसहित ५९ ज्यानले गुमाएको दाबी गरिएको छ ।

its_Me_Rooshaan नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको दाबी गरिएको छ । भिडियोसहितको सामग्रीको थमनेलमा यस्तो लेखिएको छ – प्लेनमा सवार ५९ जनाको मृत्यु, नेपाली सेना उद्दार गर्दै । त्रिभुवन विमानस्थलमा नेपाली डाक्टरले ज्यान गुमाए ।’

मंगलबार (भदौ १४ गते) पोस्ट गरिएको उक्त भिडियोमा २६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेकका छन् भने यही अवधिमा भिडियोलाई सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब ३० जना रहेको छ ।

विमान दुर्घटना भएको दाबीसहितको उक्त सामग्रीले आम सामाजिक संजाल प्रयोगकर्तालाई त्रसित पारेको देखिन्छ । सोही कारण हामीले उक्त दाबीसहितको सामग्रीको वास्तविकताबारे खोजबिन गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

दाबीसहितको सामग्रीको वास्तविकता जाँच गर्न हामीले सबैभन्दा पहिले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’, ‘विमान दुर्घटना’ लगायतका किवर्ड सर्च गर्‍यौँ । जसको नतिजास्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएका दृश्यहरू भेटिए । तर, यो विमानस्थलमा हालसालै कुनै विमान दुर्घटना भएको तथ्य भेला परेन ।

यही क्रममा हामीले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ ‘Us Bangla दुर्घटना’ लगायतका किवर्ड युट्युबमा सर्च गर्‍यौँ । जसको नतिजास्वरुप थुप्रै भिडियोहरू फेला परे तर दाबीसहितको सामग्रीमा राखिएकाे भिडियो भने फेला परेन । दाबीसहितको सामग्रीसँग मिल्ने दृश्यहरू भने फेला परे । 

Sahi News नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । १२ मार्च २०१८ मा पोस्ट गरिएको उक्त भिडियोमा एउटा थमनेल तस्बिर राखिएको छ । सोही तस्बिर र माथि दाबीसहितको भिडियोका दृश्यहरु एक आपसमा मिल्न गएका छन् । तर, त्यो भिडियोभित्र वास्तविक दृश्य भने छैन ।

 

यही कारण हामीले उक्त थमनेल तस्बिरको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्‍यौँ । जसको नतिजास्वरुप हामीले थुप्रै स्रोतहरु फेला पार्‍यौँ । १३ मार्च २०१८ मा प्रकाशित BBC को आफ्नो समाचारमा पनि सोही तस्बिर प्रयोग गरिएको छ । त्यस्तै abcnews ले पनि आफ्नो समाचारमा सोही तस्बिरको प्रयोग गरेकाे छ । 

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने माथि दाबीसहितको भिडियो हालसालैको होइन । यो साढे ४ वर्षअघिको दुर्घटनाको दृश्य हो । २०७४ सालमा ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा उक्त तस्बिर खिचिएको थियो । फागुन २८ (२०७४) गते युएस-बाङ्ला एयरसाइन्सको फ्लाइट २११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए । 

सोही दुर्घटनाको भिडियो राखेर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको दाबी गरिएको छ ।

निष्कर्ष

दाबीसहितको भिडियोमा देखिएको दृश्य साढे ४ वर्षअघि भएको दुर्घटनाको हो । यसरी पूरानो दुर्घटनाको दृश्यलाई दाबीसहित सामाजिक संजालमा फैलाउँदा भ्रम सिर्जना भएको देखिन्छ ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Bbc

Abcnews


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage