Tuesday, December 16, 2025

Fact Check

Fact Check: संसद्काे भिडियोमा भ्रामक दाबी  

Written By Aakash Chhetri
Feb 22, 2023
banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त भिडियोसहितको सामग्रीमा संघीय संसद्मा धक्कामुक्की भइरहेको दृश्य देख्न सकिन्छ र  धक्कामुक्कीको प्रस्तुत दृश्य सदनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्दा देखिएको दाबी गरिएको छ । 

Mukesh Mairta नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा संघीय सांसदको सदन देख्न सकिन्छ । केही सांसदले एकजना महिला सांसदलाई आउकोभन्दा माथि उचालिरहेका छन् । यतिकैमा संसद्का मर्यादापालकहरुले सांसदलाई नियन्त्रण गर्ने कोशिस समेत गरिरहेका छन् ।

भिडियोसहितको सामग्रीमा राखिएको थमनेलर्फत् दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- ‘नयाँ नेपाल, राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने बेलाको दृश्य ।’

प्रस्तुत दाबीसहितको सामग्रीलाई ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरेको दाबीसहितको सामग्रीलाई २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

पछिल्लो समय नेपाली राजनीति राष्ट्रपतिको निर्वाचनमा होमिएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय यसअघि नै भइसकेको छ । राष्ट्रपति पदलाई आफ्नो पोल्टामा पार्न मुलुकमा नयाँ राजनीतिक समिकरण बनिरहेका बेला सामाजिक संजालमा दाबीसहितको सामग्री फैलिएको छ । राष्ट्रपति निर्वाचन जस्तो सम्बेदनशील विषयमा गरिएको दाबीलाई हामीले जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

नेपालमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढिरहेका बेला संसद्मा धक्कामुक्की भइरहेको दृश्यसहितको सामग्री सामाजिक संजालमा फैलाइएको छ । सांसदहरूले सदनमा धक्कामुक्की गरिरहेको दृश्य राष्ट्रपतिको निर्वाचनको रहेको दाबी उक्त सामग्रीमा गरिएको छ । 

प्रस्तुत दाबीसहितको सामग्री राष्ट्रपतिको निर्वाचनकै हो कि अन्य कुनै सन्दर्भको हो भन्ने कुराको जाँच हामीले गरेका छौँ । जाँच गर्ने् क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको भिडियोलाई पुन: एकपटक राम्रोसँग नियाल्यौँ । उक्त भिडियोमा केही सांसद काँधमा समेत चढेको दृश्य देख्न सकिन्छ । 

काँधमा चढेको दृश्यलाई केन्द्रीत गरेर हामीले ‘संसदमा नाराबाजी’ ‘काँधमा चढेर’ लगायतका वाक्यांश युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Setopati नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो भेटियो । १ वर्षअघि अर्थात् १० सेप्टेम्बर २०२१ मा पोस्ट गरिएको उक्त भिडियोको शिर्षक छ- ‘जब एमाले सांसद काँध चढेर रोष्टममा पुग्न खोजे ।’

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने प्रस्तुत युट्युब भिडियो र माथि दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै हो । फेला परेको युट्युब भिडियोले दाबीसहितको सामग्रीलाई भ्रामक पुष्टि गरेपनि उक्त भिडियोको मूल सन्दर्भ भने अझै खुल्न सकेको छैन । 

मूल सन्दर्भ पत्ता लगाउन हामीले गुगलमा ‘संसदमा नाराबाजी’ ‘काँधमा चढेर’ ‘अर्थमन्त्री’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप हामीले nayapage नामक संचार माध्यममा प्रकाशित समाचार फेला पार्‍यौँ । २५ भाद्र २०७८ मा प्रकाशित समाचारमा राखिएको तस्बिर तथा विवरण माथि उल्लेखित दाबीसहितको सामग्रीसँग मिल्दोजुल्दो देखिएको छ ।

फेला परेको प्रस्तुत समाचार अनुसार २०७८ भाद्र २५ गते बसेको प्रतिनिधि सभाको बैठकमा उक्त दृश्य देखिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले रोष्टममा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक वाचन गरिरहेका बेला नेकपा (एमाले)का सांसदहरूले विरोध प्रदर्शन गरेको समाचारमा उल्लेख छ ।   

निष्कर्ष

राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दा देखिएको दृश्य भन्दै सामाजिक संजालमा फैलाइएको दृश्य राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दाकाे होइन । फरक सन्दर्भको भिडियोलाई राष्ट्रपति निर्वाचनसँग जोड्दै भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage