Monday, December 15, 2025

Fact Check

Fact Check: बंगलादेशको भिडियोलाई नेपाली महिला टोलीको जितसँग जोडियो, पढ्नुहोस् वास्तविकता

Written By Aakash Chhetri
Aug 5, 2024
banner_image

Claim

image

Fact

image

दाबी:  ‘नेपाली महिलाले भलिबल जितेपछि’, भागदौड मच्चिएको भिडियो ।  
तथ्य: बंगलादेशमा खिचिएको फरक सन्दर्भको भिडियोलाई नेपालमा सम्पन्न खेलसँग जोड्दै पोस्ट गरिएको पाइयो । 

सडकमा भागदौड मच्चिएको एउटा भिडियोसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै भिडियोमा ‘नेपाली महिलाले भलिबल जितेको’ दाबी गरिएको छ ।

Ramesh Gautam नामक फेसबुक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा तस्बिर र एउटा भिडियो जडिएको छ । उक्त तस्बिरमा भलिबल खेलको एउटा तस्बिर देख्न सकिन्छ भने भिडियोमा सडकमा मानिसहरु दौडिएको दृश्य देख्न सकिन्छ । सोही सामग्रीको थमनेलमा लेखिएको छ-  ‘नेपाली महिलाले भलिबल जितेपछि ।’ 

३ अगस्ट २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई ८ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । पोस्ट भएको छोटो समयमै द्रुत गतिमा फैलिरहेको सामग्री आगामी दिनमा झनै फैलिनसक्ने देखिएको छ । 

के सडकमा भागदौड मच्चिएको भिडियो नेपाली महिला टोलीको जितसँग सम्बन्धित छ त ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

१९ साउन २०८१ मा नेपाली महिला भलिबल टोलीले भारतीय टोलीलाई हराएको थियो । काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो । यो जितपछि नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको समाचार संचार माध्यममा प्रकाशित भएका थिए ।

खेलको नतिजा सार्वजनिक भएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सामाजिक संजालमार्फत् नेपाली टिमलाई बधाई दिएका थिए । प्रधानमन्त्रीले बधाई दिँदै पोस्ट गरेको तस्बिर र दाबीसहितको पोस्टमा जोडिएको तस्बिर हुबहु देखिन्छ । तर, तस्बिरसँगै पोस्ट गरिएको भिडियो भने फरक देखिन्छ । 

‘नेपाली महिलाले भलिबल जितेको’ भन्दै पोस्ट गरिएको भिडियोबाट हामीले केही स्क्रिनसट लियौँ र ती स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप Today  Murshidabad युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोमा बाङ्ला भाषामा ‘बंगलादेश दृश्य’ लेखिएको छ । 

पछिल्लो समय बंगलादेशमा सडक आन्दोलन चर्किरहेको छ । सरकारी सेवामा विशेष आरक्षणको विरोधमा सुरु भएको आन्दोलन  हिंसात्मक बनेको हो । सडक आन्दोलन चर्किरहेकै बेला यो भिडियो युट्युबमा पोस्ट गरिएको देखिन्छ ।  

युट्युबमा फेला परेको भिडियो र ‘नेपाली महिलाले भलिबल जितेको’ दाबीसहित पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ । तर, भिडियो पोस्ट गर्ने च्यानलको विश्वसनीयता पुष्टि हुन नसकेपछि हामीले सोही भिडियोका स्क्रिनसटलाई रिभर्स इमेज सर्च गर्‍यौँ ।  

जाँचको नतिजास्वरुप The Daily MIST नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।  १८ जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोमा ECB Chattar Under Attack लेखिएको छ ।

फेला परेको भिडियो र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोमा समानता देख्न सकिन्छ । यो भिडियोमा बंगलादेशको राजधानी ढाकास्थित ईसीबी छत्तर पनि भनिएकाले हामीले उक्त स्थानलाई गुगल म्याममा जाँच गर्‍यौँ ।

२०२३ अक्टोबरमा अपडेट गरिएको गुगल म्याप ‘स्ट्रिट भ्यु’मा हेर्दा पनि केही दृश्यहरु दाबीसहितको भिडियोसँग मिल्दा देखिन्छन् । वरिपरी देखिएका दृश्यहरुका आधारमा नेपालमा फैलाइएको दाबीसहितको भिडियो ईसीबी छत्तर क्षेत्रमै खिचिएको हो भन्ने निष्कर्षमा पुर्‍यौँ ।

​​निष्कर्ष

‘नेपाली महिलाले भलिबल जितेको’ जानकारीसहित पोस्ट गरिएको भिडियो नेपाल र नेपालको कुनैपनि खेलसँग सम्बन्धित छैन । बंगलादेशमा खिएको भिडियोलाई नेपाली महिला भलिबल टोलीले भारतीय टोलीलाई हराएको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।  

नतिजा : भ्रामक  

हाम्रा स्रोतहरू

समाचार, neplays.com
भिडियो, Today  Murshidabad 
भिडियो, The Daily MIST
दृश्य, गुगल म्याप ‘स्ट्रिट भ्यु’
फेसबुक पोस्ट, K P Sharma Oli 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage