Monday, December 15, 2025

Fact Check

Fact Check: बाढीपहिरोको विपद्‍मा फैलिए भ्रामक सामग्री, विदेशका भिडियोलाई काठमाडौँसँग जोडियो 

banner_image

Claim

image

Fact

image

दाबी: बाढी-पहिरोका भिडियोहरु काठमाडौँसँग सम्बन्धित छन् ।
तथ्य: जापान र फिलिपिन्समा घटेका पुराना घटनाका भिडियोहरुलाई काठमाडौँसँग जोडिएको छ ।

बाढी पहिरोजन्य घटनाका केही भिडियोहरु सामाजिक संजालमा पोस्ट गरिएको छ । भिडियोमा देखिएका दृश्यहरु नेपालको प्राकृतिक प्रकोपसँग सम्बन्धित रहेको दाबीसमेत गरिएको छ । 

श्री पाँच सरकार (Vista Kaji) नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पहिरो गएको र सडक लगायतका पूर्वाधारहरु बगाएको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँको हालत, बनाउ अझ भीर पाखामा घर । Heavy Rainfall Kathmandu Nepal’ ।  

२९ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको भिडियो सामग्री संजालमा व्यापक फैलिएको छ । पोस्ट गरिएको एक दिनमै दाबीसहितको भिडियोमा साढे १५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो २ हजार ३ सयभन्दा बढी पटक सेयर भइसकेको छ । 

त्यस्तै बाढीको प्रकोपसँग सम्बन्धित अर्को भिडियो पनि सामाजिक संजालमा फेला परेको छ । tahirkhantahirkh20 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नदीको बाढीले नौकाहरु बगाएको दृश्य जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘काठमाडौँको सुकुम्बासी बस्तीमा प्रधानमन्त्रीले चलाए पानीजहाज ।’  

२९ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको दाबीसहितको भिडियो पनि सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । एक दिनअघि पोस्ट गरिएको भिडियोमा १३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो १६ सयभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ । 

के सामाजिक संजालमा हालसालै पोस्ट गरिएका भिडियोहरु नेपालकै हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउँन हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

केही दिनदेखि नेपालमा बाढी पहिरोजन्य घटनाहरु घटिरहेका छन् । मनसुनी वर्षाका कारण नेपालका विभिन्न क्षेत्रमा बाढी-पहिरो र डुबानका समस्याहरु देखा परेका हुन् । यही सन्दर्भमा बाढी पहिरोका केही भिडियोहरुलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

दाबीसहितको पहिलो भिडियोमा पहिरोले सडक लगायतका पूर्वाधारहरु बगाएको दृश्य देख्न सकिन्छ ।यो भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले केही स्क्रिनसट लियौँ र गुगल लेन्समा रिभर्स इमेज सर्च गर्‍यौँ । जाँचको नतिजास्वरुप CBS Evening News मा पोस्ट गरिएको भिडियो फेला पर्‍यो ।

३ जुलाई २०२१ मा पोस्ट गरिएको यो भिडियो र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो एकआपसमा मिल्दोजुल्दा छन् । तर, जाँचका क्रममा भेटिएको भिडियो नेपालको नभई जापानस्थित अटामीको पहिरोसँग सम्बन्धि छ । 

फेला परेको भिडियो र जानकारीका आधारमा हामीले ‘Atami Japan Landslide 2021’ वाक्यांशलाई जाँच गर्‍यौँ । जाँचको नतिजास्वरुप जापानको english.kyodonews.net मा प्रकाशित समाचार फेला पर्‍यो । ३ जुलाई २०२१ मा प्रकाशित समाचारमा जापानको अटामीमा वर्षाका कारण आवासीय क्षेत्रमा पहिरो खसेको थियो ।

फेला परेको समाचारमा एउटा भिडियो पनि उल्लेख गरिएको छ । KYODO NEWS नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा देखिने दृश्य र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो उस्तै देखिन्छन् । 

फेला परेका तथ्यहरुका आधारमा के प्रष्ट हुन्छ भने जुलाई २०२१ मा जापानस्थित अटामी शहरमा गएको पहिरोसँग सम्बन्धित भिडियोलाई नेपालसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । 

अर्कोतर्फ दाबीसहितको दोस्रो भिडियोमा भिडियोमा नदीको बाढीले नौकाहरु बगाएको दृश्य जोडिएको छ र उक्त दृश्यलाई काठमाडौँसँग जोडिएको छ । सोही भिडियोमाथि न्युजचेकर नेपालले यसअघि पनि तथ्यजाँच गरिसको थियो । 

यसअघि हामीले The Weather Channel, INQUIRER.net, Manila Bulletin Online लगायतका माध्यममा पोस्ट गरिएका भिडियो र जानकारीका आधारमा तथ्यजाँच गरेका थियौँ । युट्युब च्यानलमा समेत पोस्ट गरिएको देखिन्छ ।

फेला परेका जानकारी अनुसार टाइफुन क्यारिना (Typhoon Gaemi/Carina) ले फिलिपिन्सलाई आफ्नो चपेटामा लिएका बेला २४ जुलाई २०२४ मा राजधानी मनिला क्षेत्रको मारिकिना नदीमा पानीको सतह बढेको थियो ।

फिलिपिन्सको मारिकिना नदीमा बाढी आएका कारण क्युजोन शहरमा रहेको कारुन्चो पुलमा नौकाहरु (Barges) ठोक्किन पुगेका थिए । सोही दृश्यलाई काठमाडौँको बाढीसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।

​​निष्कर्ष

अत्याधिक वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य प्रकोप निम्तिएका बेला राजधानी काठमाडौँसँग जोड्दै पोस्ट गरिएका भिडियोहरु नेपालसँग सम्बन्धित छैनन् । जापान र फिलिपिन्समा घटेका पुराना घटनाका भिडियोहरुलाई भ्रामक तरिकाले नेपालसँग जोडिएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो,  KYODO NEWS 
भिडियो, CBS Evening News 
समाचार, english.kyodonews.net 
भिडियो, The Weather Channel
भिडियो, INQUIRER.net


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage