Monday, December 15, 2025

Fact Check

Fact Check: सामाजिक संजालमा फैलिए बाढीका भ्रामक दाबी 

Written By Aakash Chhetri
Jul 17, 2023
banner_image

Claim

image

Fact

image

दाबी: बाढीका कारण नेपालको नयाँ पुल भत्किएको र नेपालको नदीले भारतको बिहार पुरै डुबानमा परेको दाबी गरिएको छ ।
तथ्य: उल्लेखित दाबीसहितका भिडियोहरू नेपाल र भारतसँग सम्बन्धित छैनन् । पाकिस्तानको स्वात नदीमा आएको बाढीको दृश्यलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । 

नेपालमा लगातार वर्षा भएसँगै सामाजिक संजालमा बाढी पहिरोसँग सम्बन्धित पोस्टहरू फेला पर्न थालेका छन् । यही क्रममा भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा नेपालको नदीले भारतको बिहार पुरै डुबानमा परेको दाबी गरिएको छ । 

Aasiq Kumar नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा नदीमा भयानक बाढी आएको भिडियो देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमार्फत् दाबी पेश गरेको छ । थमनेलमा लेखिएको छ- ‘नेपालको नदीले गर्दा इन्डियाको बिहार पुरा डुबानमा ।’  

एकदिन अघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा तीन हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ३० भन्दा बढीले प्रतिक्रिया दिएको उक्त सामग्रीलाई २७ भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

त्यस्तै दाबीसहितको अर्को सामग्री पनि टिकटकमै फेला परेको छ । भिडियोमा भयानक बाढीको दृश्य देख्न सकिन्छ । sapna singh नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा सात वर्ष लगाएर नेपालका नेताले निर्माण गरेको पुल बाढीले बगाएको दाबी गरिएको छ ।

 भिडियोको थमनेलमा लेखिएको छ- ‘छ सात वर्ष लगाएर नेपालका नेताहरू एउटा पुल बनाउन लगाउँछन् भने आज त्यही पुल पनि बाढी आएर बगाइिदयो ।’ एक दिनअघि पोस्ट गरिएको दाबीसहितको यो सामग्री पनि द्रुत गतिमा सामाजिक संजालमा फैलिरहेको छ ।

उल्लेखित त्राशदीपूर्ण दाबीसहितका भिडियोहरु आगामी दिनमा सामाजिक संजालमा व्यापक फैलिनसक्ने सम्भावना छ । त्यसैले प्रस्तुत दाबीसहितका भिडियोहरूको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित पहिलो सामग्रीमा बाढीको भिडियो जोडिएको छ र भिडियोसँगै नेपालको नदीले भारतको बिहार पुरै डुबानमा परेको दाबी गरिएको छ । हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । 

वास्तविकता पत्ता लगाउन हामीले बाढी सम्बन्धि विभिन्न किवर्ड तयार पारेर गुगलमा सर्च गर्‍यौँ । जसको नतिजास्वरुप samaaenglish संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पर्‍यो । अगस्ट २७, २०२२ मा प्रकाशित उक्त समाचारमा पाकिस्तानमा आएको बाढीसँग सम्बन्धित छ ।  

समाचारको सुरुवातमै लेखिएको छ- ‘स्वात नदीमा आएको भीषण बाढीका कारण रमणीय उपत्यकाको अर्को सडकमा रहेको पुल आंशिक रूपमा भत्किएको छ । बहराइनको स्वात नदी नजिकै निर्माण गरिएको खोलामाथिको पुरानो पुल पूर्णरुपमा बगेको छ भने बाढीको पानी बढेपछि नयाँ पुलमा आंशिक क्षति पुगेको छ ।’

समाचारसँगै एउटा भिडियो पनि जोडिएको छ । उक्त भिडियोमा पाकिस्तानको स्वात नदीमा आएको भीषण बाढी र त्यस बाढीले पुलमा पुर्‍याएको क्षतिको दृश्य देख्न सकिन्छ । 

प्रस्तुत तथ्यबाट के प्रमाणित हुन्छ भने दाबीसहितको सामग्रीमा देखिएको भिडियो नेपाल र भारतसँग सम्बन्धित नै छैन । दाबीसहितको भिडियोमा देखिएको बाढीको दृश्य भारतको नभई पाकिस्तानको हो । २०२२ मा पाकिस्तानको स्वात उपत्यकाका अचानक आएको बाढीका कारण सडक, पुल लगायतका पूर्वाधान नस्ट भएका थिए । सोही घटनाको भिडियोलाई भ्रामक दाबीका साथ वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो । 

अर्कोतर्फ दाबीसहितको दोस्रो सामग्रीमा पनि बाढीको भिडियो नै देख्न सकिन्छ । उक्त सामग्रीमा नेपालका नेताहरूले छ-सात वर्ष लगाएर एउटा पुल बनाउने गरेको र आज त्यही पुल पनि बाढी आएर बगाएको दाबी गरिएको छ । 

दाबीसहितको सामग्रीमा जोडिएको भिडियोलाई राम्रोसँग नियाल्यौँ । यो पनि पाकिस्तानको स्वात नदीमा आएको भीषण बाढीकै दृश्य रहेको पाइयो । दाबीसहितको सामग्रीलाई स्क्रिनसट गरेर गुगल लेन्समा सर्च गर्दा INFO LAB नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । ५ सेप्टेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियोमा पाकिस्तानको स्वात उपत्यकाका अचानक बाढी आएको जानकारी दिइएको छ । यो भिडियो पनि माथिकै भिडियोसँग सम्बन्धित रहेको पाइयो । तर, यहाँ देखिएको भिडियो नेपालसँग सम्बन्धित नै छैन । 

फेला परेका तथ्यहरूबाट के पुष्टि हुन्छ भने दाबीसहितको भिडियोमा देखिएको बाढीको दृश्य नेपालको नभई पाकिस्तानको हो । २०२२ मा पाकिस्तानको स्वात उपत्यकाका अचानक आएको बाढीका कारण सडक, पुल लगायतका पूर्वाधान नस्ट भएका थिए । सोही घटनाको भिडियोलाई नेपालसँग जोड्दै भ्रामक दाबीका साथ सामाजिक संजालमा पाइयो । 

निष्कर्ष :

उल्लेखित दाबीसहितका भिडियोहरू नेपाल र भारतसँग सम्बन्धित छैनन् । पाकिस्तानको स्वात नदीमा आएको बाढीको दृश्यलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । २०२२ मा पाकिस्तानको स्वात उपत्यकाका अचानक आएको बाढीका कारण सडक, पुल लगायतका पूर्वाधान नस्ट भएका थिए । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Samaaenglish.tv
INFO LAB
SAMAA TV


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage