Saturday, March 28, 2026

Fact Check

Fact Check: नरेन्द्र मोदीले नेपालतर्फ लक्षित गर्दै ‘तिम्रो पैतला मुनि जमिन छैन’ भनेका हुन्? 

Written By Aakash Chhetri
Jun 22, 2023
banner_image

Claim

image

Fact

image

दाबी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको ।
तथ्य: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको दाबी भ्रामक छ र उनले बोलेका शब्द नेपाल र नेपालीसँग सम्बन्धित छैनन् । 

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ, उक्त भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्तव्य दिइरहेका छन् । भिडियो सामग्रीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको दाबी गरिएको छ ।

बिचारा नेपाली नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बोलिरहेका छन् । उक्त दृश्य भारतीय संसद् जस्तो देखिएको छ । भिडियोमा मोदीले हिन्दी भाषामा भनेका छन्- ‘तिम्रो पैतला मुनि जमिन नै छैन ।’ नरेन्द्र मोदी उक्त वाक्यांश बोलेसँगै संसद्मा ताली बज्छन् ।

प्रस्तुत भिडियोमा राखिएको थमनेलमार्फत् दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- ‘धिरज राई र इन्डियाको कडा प्रहार, इन्डियन आतंकविरुद्ध १ खर्ब तिर्नुपर्ने अन्तर्राष्ट्रिय न्यायाधिकरणको फैसला, मोदीले बालेनलाई जिस्काए ।’

पोस्ट गरिएको ६ दिनमै दाबीसहितको सामग्रीमा ६० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा तीन हजारभन्दा बढी प्रतिक्रिया आइसकेको भिडियो सामग्रीलाई करिब सात सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको प्रस्तुत सामग्री छाेटो समयमै व्यापक फैलिएको छ । 

नेपाल-भारतको सम्बन्धमाथि गरिएका हरेक दाबी अत्यन्तै महत्वपूर्ण हुने गर्दछन् । त्यसैकारण यो सामग्री पनि अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ ।  

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियो सामग्रीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा अन्य विषयहरूसमेत देखिएका छन्, अन्य विषय प्रष्ट नभएका कारण यो जाँच ती विषयहरुमा प्रवेश गरेको छैन । 

भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी भाषामा ‘तिम्रो पैतला मुनि जमिन नै छैन’ वाक्यांशको प्रयोग गरेका छन् । मोदीले उक्त वाक्यांश नेपाल र केही नेपालीलाई केन्द्रीत गरेर प्रयोग गरेको दाबी माथि उल्लेखित सामाग्रीमा छ । यही दाबीमा केन्द्रीत रहेर हामीले नरेन्द्र मोदीको वाक्यांशलाई किवर्डको रुपमा प्रयोग गर्‍यौँ ।

हामीले युट्युबमा ‘Tumhare Pav Ke Niche Koi Zameen Nahi’ भन्ने वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Jansatta नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । ८ फेब्रुअरी २०२३ मा पोस्ट गरिउको उक्त भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय संसदमा सम्बोधन गरिरहेका छन् । यो भिडियो माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो अंशको मूल रुप हो ।

प्रस्तुत युट्युब च्यानलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनबारे जानकारी दिँदै लेखिएको छ- प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीलाई काव्यात्मक ढंगले प्रहार गरेका छन्, उनले चर्चित कवि दुष्यन्त कुमारका पङ्क्ति पढ्दै भनेका छन्- ‘तिम्रो पैतलामूनि जमिन नै छैन, यो अचम्मको छ, तैपनि तिमीलाई विश्वास लाग्दैन ।’

संसद्‍मा विपक्षीले हल्ला गरेर सम्बोधन पूरा गर्न नदिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुष्यन्त कुमारले रचेको कवितांश सुनाउँछन् । सोही भिडियोलाई काँटछाँट गरेर भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त भलाई नेपालसँग सम्बन्धित नभई भारतीय विपक्षी दलका सांसदप्रति लक्षित छ ।

निष्कर्ष

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको दाबी भ्रामक छ र उनले बोलेका शब्द नेपाल र नेपालीसँग सम्बन्धित छैनन् । भारतीय विपक्षी दलका सांसदप्रति लक्षित मोदीको भनाईलाई नेपालसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Jansatta 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co



image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage