Saturday, March 28, 2026

Fact Check

Fact Check: काठमाडौँ महानगरपालिकासँग जोडियो मनालीको भिडियो 

Written By Aakash Chhetri
Feb 22, 2024
banner_image

Claim

image

Fact

image

दाबी: भिडियोमा देखिएको आक्रमण जेसीबी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको सन्देश दिन खोजिएको छ ।
तथ्य: भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा घटेको घटनाको दृश्यलाई काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहसँग जोड्दै भ्रामक सन्देश दिन खोजिएको पाइयो । 

काठमाडौँ महानगरपालिकाका मेयर बानेल शाह र एउटा डोजर (जेसीबी)सँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा देखिएको आक्रमण जेसीबी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको सन्देश दिन खोजिएको छ । 

Hamro washhh नामक फेसबुक पेजमा पोस्ट गरिएको रिलमा एउटा डोजर (जेसीबी)को दृश्य जोडिएको छ । साथै भिडियोमा उक्त जेसीबीले छेवैमा उभिएको अटो रिक्सालाई तहसनहस पारिदिएको देख्न सकिन्छ । दाबीसहितको भिडियोमा नेपाली भाषाको एउटा अडियो पनि जोडिएको छ । उक्त अडियोमा काठमाडौँ केन्द्रीत भनाईहरु सुन्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘बालेनको जोडरले भनेको मानेन भने…।’     

केही दिनअघि मात्रै पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब २३ हजार फेसबुक प्रयोगकर्ताले लाइक गरेका छन् । त्यस्तै करिब ४ सय प्रतिक्रिया आइसकेको दाबीसहितको भिडियोलाई करिब २ सय फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

दाबीसहितको भिडियोको फैलावट द्रुत गतिको रहेको प्रस्तुत तथ्यांकले देखाएको छ । अर्कोतर्फ आगामी दिनमा पनि उक्त भिडियो सामाजिक संजालमा फैलिनसक्ने देखिन्छ । सोही कारण हामीले माथि उल्लेखित दाबीसहितको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर (जेसीबी) चलाउने अभियान एक वर्षअघि नै सुरु गरेको थियो । यही अभियान अन्तर्गत महानगरले काठमाडौँका विभिन्न स्थानमा निर्माण गरिएका अनाधिकृत संरचनाहरु हटाइरहको छ । 

यही सन्दर्भमा सडकमा देखिएको आक्रमण जेसीबी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको दाबी गरिएको छ । जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको भिडियोका केही स्क्रिनसट लियौँ । ती स्क्रिनसट तस्बिरहरुलाई गुगल लेन्समा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप himachal_beauti_shoutout नामक इन्स्टाग्राम आइडीमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । करिब एक महिलाअघि पोस्ट गरिएको उक्त भिडियोमा भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा हिउँ पर्दाको दृश्य देखिएको छ । साथै यस भिडियोमा देखिएको दृश्य र दाबीसहितको भिडियोमा देखिएको दृश्य उस्तै छन् । 

इन्स्टाग्राममा फेला परेको भिडियोबाट तथ्यलाई पूर्णरुपमा प्रमाणित गर्न सकेन । त्यसैले हामी थप सहयोगी तथ्य-स्रोतको खोजीमा लाग्यौँ ।   

स्क्रिनसट एवं किवर्ड सर्चको क्रममा Wonder Girl Manali नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यौँ । करिब एक महिनाअघि पोस्ट गरिएको यो भिडियो पनि भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा हिउँ पर्दाको दृश्य देखिएको छ । दाबीसहितको भिडियोमा देखिएको जेसीबी यस भिडियोमा देखिन्छ तर थन्किएको अवस्थामा । 

फेला परेका तथ्य-जानकारीका आधारमा हामीले थप जाँच गर्‍यौँ । जाँचका क्रममा हामीले Officialabhifitness नामक युट्युब च्यालनमा अर्को भिडियो फेला पार्‍यौँ । यो भिडियोमा माथि उल्लेखित घटनास्थलकको भिडियो देख्न सकिन्छ तर यो भिडियो घटना भएको समयमा भने खिचिएको होइन ।

अन्तिममा हामीले Wonder Girl Manali नामक युट्युब च्यानलमा पोस्ट गरिएको अर्को रिल फेला पर्‍यौँ । यो रिलमा एउटा डोजर (जेसीबी)को दृश्य जोडिएको छ र उक्त जेसीबीले अगाडि उभिएको अटो रिक्सालाई कुच्याइदिएको दृश्य देख्न सकिन्छ । 

माथि उल्लेखित दाबीहसितको सामग्रीमा जोडिएको भिडियो भन्दा फेला परेको यो दृश्य फरक कोणबाट खिचिएको छ । तर, फेला परेका तथ्य-प्रमाणले ती दुबै दृश्य एकै सन्दर्भको रहेको पुष्टि गर्दछ । भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा घटेको दृश्यलाई नेपालसँग जोडेर सामाजिक संजालमा फैलाइएको देखिन्छ ।

निष्कर्ष

भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा घटेको घटनाको दृश्यलाई काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहसँग जोड्दै भ्रामक सन्देश दिन खोजिएको पाइयो । फरक सन्दर्भको घटनालाई फरक देश र फरक शहरसँग जोड्दै भ्रामक सन्देश फैलाउन खोजिएको देखिन्छ ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

भिडियो, Wonder Girl Manali 
भिडियो, Officialabhifitness
भिडियो, himachal_beauti_shoutout


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
No related articles found
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage