Wednesday, December 10, 2025

Fact Check

Fact Check: के तस्बिरमा देखिएको दृश्य जनकपुरसँग सम्बन्धित छ? 

Written By Aakash Chhetri
Feb 25, 2025
banner_image

Claim

image

Fact

image

दाबी: जनकपुरमा भूकम्पले क्षति पुर्‍याएको (तस्बिर) 
तथ्य:२०१५ को महाभूकम्पबाट काठमाडौँको साँखुमा पनि घरहरु भत्किएका थिए, सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भमा जनकपुरसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो । 

भूकम्पले घरहरु भत्काएको एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त तस्बिरसँगै जनकपुरमा भूकम्पले क्षति पुर्‍याएको संकेत गरिएको छ ।

Bibek Yadav नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा घरहरुको भग्नावशेष दृश्य देख्न सकिन्छ । सोही तस्बिरको थमनेलमा लेखिएको छ- ‘Today Earthquake In Janakpur 6:50, Bhukanpa 5.3.’

प्रस्तुत दाबीसहितको सामग्रीलाई हजारौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् । त्यस्तै करिब १ हजार रियाक्ट आएको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । 

के तस्बिरमा देखिएको दृश्य जनकपुरसँग सम्बन्धित छ त? तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

घरहरु भत्किएको दृश्यसहितको सामग्री ७ जनवरी २०२५ मा पोस्ट गरिएको देखिन्छ । सबैभन्दा पहिले हामीले यही मितिमा गएको भूकम्पबारे जाँच गर्‍यौँ । 

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइटमा विवरण अनुसार जनवरी ७ मा तिब्बतको डिङ्गी नामक क्षेत्रमा ७ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसबाहेक यो तथ्यजाँच गर्दासम्म जनकपुर वा नेपालमै ४.४  म्याग्निच्युडभन्दा ठूलो भूकम्प गएको देखिएन । 

अर्कोतर्फ दाबीसहितको सामग्री पोस्ट भएकै दिन चीनको तिब्बतमा गएको भूकम्पको झट्का नेपालसँगै विभिन्न देशमा महसुस गरिएको थियो । सोही दिन पोस्ट गरिएको तस्बिरको जाँचका लागि हामीले रिभर्स इमेल सर्च गर्‍यौँ । 

जाँचको नतिजास्वरुप istockphoto.com मा राखिएको तस्बिर फेला पर्‍यो । फेला परेको तस्बिरसँगै २०१५ अप्रिल २५ मा गएको महाभूकम्पले नेपाल क्षतिग्रस्त गएको जानकारी दिइएको छ । २०२० मा पोस्ट गरिएको तस्बिर पनि २०१५ को महाभूकम्प गएका बेला खिएको थियो । 

जनकपुर लेखेर हालसालै पोस्ट गरिएको तस्बिर र फेला परेको पुरानो तस्बिर हुबहु मिल्दो छ । अर्कोतर्फ तस्बिर खिचिएको स्थान पत्ता लगाउन थप जाँच सुरु गर्‍यौँ ।

जाँचका क्रममा हामीले gettyimages.com मा राखिएका केही तस्बिरहरु फेला पार्‍यौँ । यी तस्बिर र दाबीसहित पोस्ट गरिएको तस्बिरबीच समानता देखिन्छन् । फेला परेको पहिलो तस्बिरको शिर्षकमा लेखिएको छ- ‘Collapse buildings in Sankhu village in, Kathmandu’ ।

त्यसैगरी दोस्रो तस्बिरको क्याप्सनमा पनि २०१५ अप्रिल २५ मा गएको भूकम्पबाट साँखु गाउँ नराम्ररी क्षतिग्रस्त भएको जानकारी दिइएको छ । 

फेला परेका तथ्यहरुले के पुष्टि गर्छन् भने जनकपुरमा भूकम्पले क्षति पुर्‍याएको संकेत गर्दै पोस्ट गरिएको तस्बिर वर्तमान सन्दर्भको होइन । फरक सन्दर्भको तस्बिरलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।

निष्कर्ष

जनकपुरमा भूकम्पले क्षति पुर्‍याएको संकेत गर्दै पोस्ट गरिएको तस्बिरले भ्रामक सन्देश दिएको छ । २०१५ को महाभूकम्पबाट काठमाडौँको साँखुमा पनि घरहरु भत्किएका थिए । सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भमा जनकपुरसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

तस्बिर, istockphoto.com 
तस्बिर, gettyimages.com
समाचार, kathmandupost.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


RESULT
जनकपुरमा भूकम्पले क्षति पुर्‍याएको संकेत गर्दै पोस्ट गरिएको तस्बिरले भ्रामक सन्देश दिएको छ । २०१५ को महाभूकम्पबाट काठमाडौँको साँखुमा पनि घरहरु भत्किएका थिए । सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भमा जनकपुरसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage