Monday, December 15, 2025

Fact Check

Fact Check: एनसेल प्रकरणको आलोचना भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका हुन् ? सामाजिक संजालमा फैलियो तस्बिर

Written By Aakash Chhetri
Dec 12, 2023
banner_image

Claim

image

Fact

image

दाबी: एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी ।
तथ्य: गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको  र एनसेल प्रकारणको आलोचना भएको घटना फरक-फरक सन्दर्भसँग सम्बन्धित छन् ।

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी गरिएको छ । 

Jhapali_mind नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनकी छोरी गंगा दाहाल लगायत देखिने तस्बिर जोडिएको छ । साथै उक्त तस्बिरमा छेउकै बेडमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पल्टिरहेको देख्न सकिन्छ । 

प्रस्तुत भिडियो र तस्बिरको थमनेलमा एनसेल प्रकरणलाई जोडिएको छ । थमनेलमा लेखिएको छ- ‘एनसेल कान्डको आलोचनापछि गृहमन्त्री अस्पताल भर्ना ।’ 

केही दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु र एनसेल प्रकरणको आलोचना हुनुको सन्दर्भ एक आपसमा मेल खाएको छ कि छैन ?  गृहमन्त्री श्रेष्ठ के कारणले अस्पताल भर्ना भएका हुन् त ? यही सन्दर्भको वास्तविकता पत्ता लगाउन हामीले जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

पछिल्लो समय नेपालमा एनसेल प्रकरणले चर्चा पाएको छ । कानुनी रूपमा पूर्वस्वीकृति नलिई एनसेलको सेयर स्वामित्व खरिद–बिक्री गरिएको प्रकरणमा ‘सेटिङ’ भएको केही उच्च पदस्थ व्यक्तिहरुले गरिरहेका छन् । अर्कोतर्फ नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई यस विषयमा स्पष्टीकरण सोधिसकेको छ र कागजपत्र मागेको छ ।

कान्तिपुर दैनिक संचार माध्यमका अनुसार नेपालको दूरसञ्चार नियामक र प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई खबरै नगरी मंसिर १५ मा बेलायतको स्पेक्ट्रलाइट यूकेलाई आफ्नो हिस्सामा रहेको ८० प्रतिशत सेयर बेचेको घोषणा गरेको थियो ।

यस प्रकरणको छानविनका लागि मन्त्रिपरिषद् बैठकबाट यही मंसिर २१ (२०८०) गते एउटा समिति गठन गरिएको छ । टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठन भएको एनसेल प्रकरण छानविन समितिले आफ्नो काम समेत अघि बढाइसकेको छ । एनसेल प्रकरणसँग सम्बन्धित घटनाक्रमको यही सन्दर्भमा उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा फैलाइएको पाइयो ।

उक्त सामग्रीमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी गरिएको छ । तर, गृहमन्त्री श्रेष्ठ एनसेल प्रकरणका कारण अस्पताल भर्ना भएका होइनन् ।

यही मंसिर १९ (२०८०) गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौँको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए । सोही दिन गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको मुटुको धमनीको एन्जिओप्लास्टी गरिएको जानकारी दिइको थियो । गृहमन्त्रीलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरेका थिए । 

डेढ महिनाअघि अर्थात् असोज ३० मा चीन भ्रमणमा रहेका बेला छातीमा असहज महसुस भएपछि उनी त्यही अस्पताल भर्ना भएका थिए । त्यस क्रममा उनको मुटुको धमनीमा अवरोध पाइएपछि त्यसको शल्यक्रिया गरिएको थियो । पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उनको ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’को शल्यक्रिया भएको थियो ।

मंसिर २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यही क्रममा एउटा फोटो पनि सार्वजनिक गरिएको थियो ।

प्रस्तुत तस्बिरलाई जोडेर सामाजिक संजालमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी गरिएको छ । तर, यो दाबी कुनैपनि तथ्य प्रमाणहरुबाट पुष्टि हुन सकेन । अर्कोतर्फ हिमालखबरमा प्रकाशित सामग्री अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा जटिल समस्या देखिएको र एन्जियोप्लास्टी गरिएको जानकारी दिइएको छ ।

प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी भ्रामक छ । किनकि दाबीसहितको सामग्रीमा जोडिएको तस्बिर र दाबी एक आपसमा मेल खाँदैनन् ।

निष्कर्ष

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको  र एनसेल प्रकारणको आलोचना भएको घटना फरक-फरक सन्दर्भसँग सम्बन्धित छन् । यसमा एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी भ्रामक छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, ekantipur.com
समाचार, nepaltvonline
समाचार, nepaltvonline
समाचार, healthaawaj
समाचार, himalkhabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

841

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage